Wednesday, September 22, 2021
Your Ads Here
HomeNot-to-be-missedबेल्जियम र इटालीबीचको भिड्न्त रोचक हुने

बेल्जियम र इटालीबीचको भिड्न्त रोचक हुने

एजेन्सी,
sharethis

लन्डन । युरोकप २०२० अन्तर्गत आज शुक्रबार दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल स्वीट्जरल्यान्ड र स्पेनबीच हुँदैछ भने दोस्रो खेल इटाली र बेल्जियमबीच हुँदैछ । यूरोकपका सबै खेल उत्तिकै रोचक हुन्छन् । यद्यपि इटाली र बेल्जियमबीचको खेललाई आम दर्शकले विशेष रुचिका रुपमा हेरेका छन् ।

स्विजरल्यान्ड र स्पेनबीचको पहिलो क्वाटरफाइलन खेल हुँदै छ । युरोपियन च्याम्पियनसिपमा स्विजरल्यान्ड र स्पेन पहिलोपटक आमनेसामने भएका हुन् । यस अघि स्विजरल्यान्ड र स्पेनबीच १९६६, १९९४ र २०१० को विश्वकपमा भेट भएको थियो । जसमा अघिल्ला दुई भेटमा स्पेनले जित दर्ता गरेको थियो भने स्विजरल्यान्डले जितेको इतिहास छ ।

स्पेनले स्विजरल्यान्डसँग यसअघि २२ पटक भेट गरेको छ । जसमा १६ खेलमा जित र ५ खेलमा बराबरी खेलेको थियो । दक्षिण अफ्रिकामा भएको विश्वकपका एउटा खेलमा भने ऊ हारेको रेकर्ड छ । जुन रेकर्डका आधारमा पनि स्विजरल्यान्डविरुद्ध स्पेनको जित हुने विश्वास गरिएको छ ।

यो ठूलो प्रतियोगितामा स्विजरल्यान्डको चौथो उपस्थिति हो । जसमा युरोकप र वल्र्डकप रहेका छन् । युरोकपमा भने यो पहिलो क्वाटरफाइनल यात्रा हो । क्वाटरफाइलनका यस अघिका तीनवटै खेलमा हारेको छ ।

स्पेन युरोपकको इतिहासमा पहिलो टिम हो जसले लगातारको खेलमा ५ भन्दा बढी गोल गरेको थियो । यस अघिका प्रतिस्पर्धामा उसले ४ गोलभन्दा गरेको थिएन । स्पेनले ४२ खेलमा प्रतिस्पर्धा गरेको छ ।

स्विजरल्यान्डले पनि यस अघि २ गोलभन्दा बढी गर्न सकेको थिएन । यसपटक उसले पछिल्लो दुई युरोपियन म्याचमा ३ गोल गरेको थियो । स्पेनले तीनपटक युरोकपको उपाधि जितेको छ । त्यसैले बलियो टोली स्पेनविरुद्ध स्जिरल्यान्डले प्रदर्शन कस्तो हुन्छ भन्ने सबैको नजर रहेको छ । स्विजरल्यान्ड स्पेनलाई स्तब्ध बनाउँदै नयाँ इतिहास रच्न चाहन्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

बेल्जियम र इटालीबीच प्रतिस्पर्धा
बेल्जियम र इटाली जारी युरोकपको क्वाटरफाइलनमा नेपाली समयअनुसार मध्यरातमा भिड्दै छन् । बेल्जियम र इटालीबीच मेजर टुर्नामेन्टमो यो पाँचांै भेट हो । यसअघिको चार भेट समूह चरणमा भएको थियो । १९५४ को विश्वकप १९८०को युरोपियन च्याम्पियनसिप र २००० का र २०१६ को युरोपियन च्याम्पियनसिपमा यी दुई टिमको भेट भएको थियो । इटालीले तीन खेलमा जित र एकमा बराबरी खेलेको थियो । बेल्जियमविरुद्ध उसले हार स्विकारेको छैन । त्यसैले क्वाटरफाइनलको खेल रोमाञ्चक हुने स्पष्ट छ ।

इटाली लगातार चौथोपटक युरोपियन च्याम्प्यिनसिको क्वाटरफाइलनमा प्रवेश गरेको हो । अघिल्लो तीन क्वाटरफाइनलको खेलमा पेनाल्टी सुट आउटबाट निर्णय लिइएको थियो । जसमा सन् २००८ मा स्पेनले उसलाई पेनाल्टीमा हराएको थियो । २०१६ मा जर्मनीले इटालीलाई पेनाल्टीमा हराएको थियो भने २०१२ मा इल्यान्ड हावी हुन पुगेको थियो ।

बेल्जियम पनि युरोपियन च्याम्पियनसिपको बलियो टिम हो । आठ म्याचमध्ये सातमा उसले जितेको छ ।
इटालीले १९६८ मा युरोकप जितेको थियो । १९८०मा चौथो र १९८८मा तेस्रो भएको थियो । २०१६ पनि ऊ क्वाटरफाइलनबाट बाहिरिएको थियो । यसपटक भने ऊ अघि बढ्न चाहन्छ । बेल्जियमले १९७२मा तेस्रो स्थान लिएको थियो भने १९८०मा रनअप भएको बेल्जियमले त्यसपछि राम्रो पदर्शन गर्न सकेको छैन । यसपटक उत्कृष्ट प्रदर्शन गर्ने दाउमा छ ।

तपाइको प्रतिक्रिया

(Visited 169 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपालको चुनौती समाप्त

आजको समाचार

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

साताका लोकप्रिय समाचार

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीयमा त्रास

  पर्सा । संविधान दिवसका सन्दर्भमा वीरगन्ज कारागारबाट आममाफी पाउने २४ कैदीबन्दी मध्ये १५ जना ज्यान मुद्दाका छन् । सातौं संविधान दिवसको अवसरमा आममाफी पाउने...

३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक...

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

ट्रेन्डिङ

दाङमा गुडिरहेको गाडीबाट खसेर महिलाको मृत्यु

तुलसीपुर । गुडिरहेको विद्युतको गाडीबाट खसेर दाङमा एक महिलाको मृत्यु भएको छ । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार पूर्व पश्चिम राजमार्ग अन्र्तगत आइतबार...

परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास अनिवार्य

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)