निर्माणमा गुणस्तर कायम गर

असार महिना सुरु गरिएको विकासी काममा गुणस्तरीयता निकै खस्कँदो पाइएको छ । हरेक आर्थिक वर्षको अन्तिममा गरिने विकास निर्माणका काममा तोकिएको मापदण्डअनुसार गुणस्तर भेटिएको छैन । हरेक वर्षझंै यो वर्ष पनि असारमा विकास निर्माणका काम सम्पन्न गरिरहँदा तीनमा गुणस्तरीयता भेटिएको छैन । सडक कालोपत्रे गर्दागर्दै उप्किएका छन् भने बाढी र पहिरोले बगाएर उत्तिकै विनास पनि भइरहेको छ । हरेक वर्ष नीतिका रूपमा भोग्नुपर्ने यो अवस्था अहिले पनि संकटका रूपमा निम्तिएको छ । एकातिर वर्षातले गर्दा बालुवा, सिमेन्टको मिसावट र प्रयोग गराइमा समस्या निम्त्याइरहेको छ भने अर्कोतिर आरसीसी ढलान गरिएका स्थानमा सिमेन्ट, बालुवा सटिङ हुन नपाउँदै पानी पर्नाले बगिरहेका छन् । सडकका किनारा भत्किरेहका छन् भने सडक निर्माणमा प्रयोग गरिएको हेभी इन्जिनले पनि बाटोमा पहिरोलाई निम्त्याउने काममा सहयोग गरिरहेका छन् । कटान तथा माटोको जथाभावी प्रयोगले पनि समस्या उत्तिकै निम्त्याइरहेको छ ।

मनसुनी हावाले यस वर्षको असारमा केही साथ दिए पनि निर्माणमा प्रयोग गरिएका सामग्रीको मापदण्डविपरीत प्रयोग र असावधानीले समस्या जटिल बनाइरहेको छ । एकातिर निर्माणमा यसरी समस्या निम्तिरहेको भने अर्कोतिर रातारात काम पूरा भएको देखाउने र बाँकी रहेको बजेट निकासा गर्ने हतारोले निर्माणकर्मी र ठेकेदारलाई हतारहतारमा काम गर्न बाध्य पारिरहेको छ । कर्मचारीहरूको अनुगमन पनि यतिबेला बाक्लै देखिन्छ । तर, पनि उनीहरूको अनुगमन काम सम्पन्न भएको देखाउनमा केन्द्रित छ । कामको गुणस्तरीयता हासिल गर्ने र मापदण्डअनुरूप काम भएको छ वा छैन भन्नेमा केन्द्रित भएको छैन । यसले गर्दा निर्माण पक्ष नितान्त औपचारिक र कागजी हुन जाने सम्भावना अत्यधिक बढेर गएको छ । यो जोखिमलाई न्यूनीकरण गर्न अन्य संयन्त्र क्रियाशील भएको देखिँदैन । बजेट फ्रिज हुन नदिने र काम भएको देखाउने ध्याउन्नमा ठेकेदार तथा निर्माण कम्पनी लागिरहेको देखिन्छ । सबैभन्दा दुःखको कुरो त असारमा असारे भेलसँगै बजेट बगाउने प्रवृत्ति र प्रक्रिया रोमिन सकेन । यसलाई कम गर्न र समयमै काम पूरा गर्न दिइनुपर्ने गरी निर्माण गरिएका नीति तथा सोच पनि यस वर्ष प्रयोगमा आउन सकेनन् । यसले देशको सम्पूर्ण निर्माण कार्यलाई अझैं पनि अपरिपक्व र कमजोर बनाइरहेको छ ।

निर्माणका लागि छुट्याइएको हरेक वर्षको बजेट अघिल्लो वर्षको अपूरो भएको काममा लगाउने र यो वर्षको ठेक्कापट्टाको काम उधारोमा गर्ने गरेकाले पनि निर्माण कम्पनीले कमसल खालका निर्माण सामग्रस्त प्रयोग गरिरहेको देखिन्छ । अर्कोतिर निर्माण गरिरहेका कुरामा तोकिएको मापदण्डअनुसार इमानदारिता देखाउनुभन्दा पनि कसरी मुनाफा कमाउने भन्ने प्रवृतिले काम गरिरहेकाले निर्माण कार्यमा बाधा पु¥याइरहेको देखिन्छ । यो नीति, नैतिकता र आचरणसँग जोडिएको कुरा हो । तर, पनि सुध्रन नसक्ने नेपाली बानी यसपटक पनि असारे भेलसँगै अभिव्यक्त हुन गएको छ । असारमा गरिएका निर्माण कार्य आफंैमा कमजोर त हुने नै भयो । त्यसमा कमसल सामग्री प्रयोगले झनै समस्या उत्पन्न गराएको छ । त्यसैले निर्माण कार्य जति हुन सक्ला यी सबैमा गुणस्तरीयता कायम गर्न प्रतिबद्ध रहनु हामी सबैको कर्तव्य हुन गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल