काठमाडौं । नियमित हवाई उडान सञ्चालनमा आएसँगै सरकारले विदेशबाट फर्कने हवाई यात्रुलाई क्वारेन्टिन होटलमा राख्नकालागि कुल १ सय १० वटा होटललाई अनुमति दिएको छ । पर्यटन विभागका अनुसार विभागमा दर्ता भएका २७ वटा र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ वटा गरी कुल १ सय १० वटा होटललाई क्वारेन्टिन होटलका रूपमा तोकिएको हो । यसरी छनोट गरिएका क्वारेन्टिन होटलमा पाँचतारेदेखि पर्यटकस्तरीय होटल रहेका छन् ।
पाँचतारेदेखि पर्यटकस्तरीय होटल छनोटमा
जसका लागि पर्यटन विभागको होटल शाखाले आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा होटलको सूची बुझाएको थियो । नेपाल सरकारले जारी गरेको पछिल्लो विदेशबाट नेपाल आगमन हुने हवाई यात्रुको व्यवस्थापनसम्बन्धी आदेश–२०७८ मा होटल क्वारेन्टिनको व्यवस्थापनको जिम्मा पर्यटन बोर्डलाई दिएको छ । यसअघि यो काम नेपाल पर्यटन बोर्ड समेतको सहभागितामा गरिएको थियो ।
पर्यटन विभागका अनुसार पछिल्लोपटक क्वारेन्टिन होटल तोकिएका होटलमा काठमाडौं उपत्यकाभित्र सञ्चालित पुराना पाँचतारे होटल र रिर्सोटदेखि पर्यटक स्तरीय होटलसमेत रहेका छन् । यसअघि ठमेल क्षेत्रमा घना बस्ती भएको भन्दै क्वारेन्टिन होटल नबनाउने भनिएकोमा व्यवसायीको विरोधपछि हाल ठमेल क्षेत्रका होटलहरूलाई समेत समावेश गरिएको छ ।
पर्यटन विभागको तथ्यांकअनुसार हायात रिजेन्सी होटल, द सोल्टी काठमाडौं होटल, काठमाडौं मेरियट होटल र ¥याडिसन गरी चारवटा पाँचतारे होटलले क्वारेन्टिनमा बस्ने हवाई यात्रु राख्नेछन् । यसैगरी, गोकर्ण फरेस्ट रिर्सोट, क्लब हिमालय (नगरकोट), समिट होटल र एयरर्पोट होटेलसमेत क्वारेन्टिन होटलको सूचीमा छन् ।
हाल सरकारले निश्चित गन्तव्य तोकेर नियमित हवाई उडान यात्रा खुला गरेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा क्वारेन्टिन होटलमा बस्नुपर्छ । खाडी मुलुकबाट आउने यात्रुलाई होटल बुकिङ नगरे पनि नेपाल आउन दिइन्छ । तर, उनीहरू नेपाल आइसकेपछि भने तोकिएका क्वारेन्टिन होटलमा आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।
पर्यटन विभागको तथ्यांकअनुसार हायात रिजेन्सी होटल, द सोल्टी काठमाडौं होटल, काठमाडौं मेरियट होटल र ¥याडिसन गरी चारवटा पाँचतारे होटलले क्वारेन्टिनमा बस्ने हवाई यात्रु राख्नेछन् ।
वैदेशिक रोजगारीबाट र्फकनेहरूले पाँच दिनपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा आफ्नो घर गन्तव्यमा जान पाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।
हाल सरकारले यसरी धमाधम होटललाई क्वारेन्टिन होटलको संख्या विस्तार गर्दै लगेपछि नयाँ भेरियन्टसहित फैलिएको कोरोना महामारिका कारण झन्डै दुई महिनाभन्दा बढी समय बन्द भएका होटल व्यवसायीलाई केही राहत मिलेको सम्बन्धित सरोकारवाला एवं व्यवसायीको भनाइ छ ।
उनीहरूले अझै कोरोना संक्रमण हुने जोखिम कायमै भएकाले हाल सञ्चालित सबै क्वारेन्टिन होटललाई डिसइन्फेक्ट गर्नेदेखि आवश्यक सम्पूर्ण स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइएको बताएका छन् ।
यसरी अनुमति दिइएका होटलको सूची आफ्नो वेबसाइटमा राखेर संसारको जुनसुकै कुनाबाट पनि हेरेर बुकिङ गर्न सकिने सहजता अपनाइएको विभागले जनाएको छ । कोरोना महामारीको उच्च संक्रमण दर कायमै भएको अवस्थामा यसअघि पनि सरकारले चाटर्ड उडानबाट आउने हवाई यात्रुका लागि यस्तो क्वारेन्टिन होटल तोकेर आवश्यक व्यवस्थापन र अनुगमन गर्दै आएको थियो ।






