‘नेताका छोराले मात्रै अब कांग्रेस चल्दैन’

 

इटहरी । नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले नेताका छोराछोरी भएर मात्रै पार्टी चलाउन नसकिने बताएका छन् । सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता खतिवडाले नेताका छोराछोरी मात्रै भएर पार्टी नचल्ने बताएका हुन् ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै खतिवडाले भने, ‘नेताका छोराले मात्रै पार्टी चल्दैन, वंशाणुगत राजनीतिको अन्त्य हुन आवश्यक छ ।’ नेपाली कांग्रेसले देशमा विपत्ती पर्दा नेतृत्व गरेको उल्लेख गर्दै कांग्रेसमा भएको समस्या’bout पनि बोलेका थिए । उनले कांग्रेसमा वंशाणुगत राजनीति रहेकाले त्यसको अन्त्य हुनुपर्ने बताएका थिए । वर्तमान सरकारले लोकतन्त्रमाथि प्रहार गरेको उल्लेख गर्दै अबको महाधिवेशनमा कांग्रेसले फुटको भन्दा पनि जुटको अवस्था सृजना गर्ने उनले बताए ।

हाल देशको राजनीतिक अवस्था अत्यन्तै जटिल रहेको उनको भनाइ थियो । ‘जनताले वर्तमान ओली नेतृत्वको सरकाबाट धेरै आश्वासन पाएपनि सबै झूठो साबित भएको छ,’ खतिवडाले भने, ‘६ महिनामा दुईपटक संविधानको उल्लघंन गरी प्रतिनिधिसभा भंग गर्नुले सरकार तानाशाही भएको पुष्टि हुन्छ ।’

खतरा पैदा भएकाले विपक्षी गठबन्धन एकजुट बनेको बताएका छन् । सोमबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पहिले पनि परिवर्तनको विपक्षमा रहेको प्रवृत्तिलाई परास्त गर्न गठबन्धन बनेको उल्लेख गरे ।

खतिवडाले अब केही दिनमा दोश्रो प्रतिगमन पनि सर्वोच्चले सच्याउने भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश आउनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले दोश्रो पटक प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि प्रश्नचिह्न खडा भएको बताए । ‘राष्ट्रपति ज्यू पनि प्रधानमन्त्रीलाई राति १२ बजे ढोका खोलिदिनुहुन्छ, उहाँको भूमिकामाथि प्रश्नचिह्न खडा भएको छ ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको पूर्वखोला गाउँपालिकामा सवै पदमा एमाले विजयी