Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picksकोरोनाका कारण २८ वटा सिनेमा हल बन्द

कोरोनाका कारण २८ वटा सिनेमा हल बन्द

डब्बु क्षत्री,
sharethis

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।
हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।

कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सातवटामध्ये चारवटा सिनेमा हल भत्काएको छ । गोपीकृष्ण मुभिजअन्तर्गतको गोपी, कृष्ण, राधा र मिरा गरी चारवटा सिनेमा हल भत्काइएको सो हलका म्यानेजर प्रदीप दाहालले बताएका छन् । हल भत्काएर सो ठाउँमा गोपीकृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ । गोपीकृष्णले अब ओम, नम र शिवाय गरी तीनवटा सिनेमा हल मात्र सञ्चालन गर्ने पनि दाहालले बताएका छन् ।

यस्तै, क्यूएफएक्स सिनेमा कम्पनीले सो समूहका तीनवटा सिनेमा हल बन्द गरेको छ । काठमाडौंको हात्तीसारस्थित जयनेपाल सिनेमा घर र कमलपोखरीस्थित कुमारी सिनेमालाई क्यूएफएक्सले बन्द गरेको हो । जयनेपाल सिनेमा घर नेपालकै अहिलेसम्मको जेठोमध्येको सिनेमा घर पर्छ । कुमारी सिनेमाले पनि चार दशकभन्दा लामो इतिहास बोकिसकेको छ । यसरी लामो इतिहास बोकेका सिनेमा घर कोरोनाको महामारीकै कारण बन्द गर्नुको विकल्प नरहेको क्यूएफएक्स सञ्चालकको भनाइ छ ।

काठमाडौंको बालाजुमा रहेको गंगा चलचित्र मन्दिर पनि कोरोना महामारीकै कारण सधंैका लागि बन्द भएको छ । यो सिनेमा हलमा गंगा ‘क’ र गंगा ‘ख’ गरी दुईवटा फिल्म हल रहेको थियो । यी दुवै हल सधंैका लागि बन्द गर्न बाध्य भएको सो हलका सञ्चालक मदनमान बज्राचार्यले बताएका छन् ।

कोरोना महामारीको अवस्था यसरी नै अझै केही वर्ष जाने हो भने सबै सिनेमा हल बन्द भएर भत्काउनुपर्ने अवस्था आउनेछ, कोरोनाको समयमा सबैभन्दा चाँडो बन्द हुने र सबैभन्दा ढिलो खुल्ने तर दर्शक नआउने व्यवसाय पनि सिनेमा हल नै भएको छ
– अशोक शर्मा, महासचिव एवं प्रवक्ता नेपाल चलचित्र संघ

तीन दशक लामो इतिहास बोकेको सिनेमा हल बन्द गर्नुपर्दा आफूलाई निकै दुःख लागेको बज्राचार्यले बताएका छन् । तर, सिनेमाको व्यापार कहिलेबाट सुरु हुने भन्ने निश्चित नरहेको र भाडा तिरेर हल राख्न सक्ने अवस्था नभएकै कारण यसलाई सधंैका लागि बन्द गर्नुको विकल्प नरहेको पनि बज्राचार्यको दुखेसो छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कपनमा ढलमा खसेर बालक बेपत्ता

कोरोना संक्रमणका कारण अनिश्चित भविष्य देखेरै काठमाडौं उपत्यकाका नौवटा सिनेमा हल बन्द गरिएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले राजधानीलाई बताएका छन् ।

प्रधानका अनुसार काठमाडौं उपत्यकाबाहिरका सिनेमा हल पनि कोरोनाको महामारीपछि धमाधम बन्द भएका छन् ।

यसैगरी, मोफसलका १९ वटा सिनेमा हल भत्काइँदै छ । बिर्तामोडको कृष्ण टाँकिज, धुलावारीको तृष्ण हल, मोरङको सुकुना सिनेमा हल, विराटनगरको बाबा चलचित्र मन्दिर, धनकुटाको केटिवी सिनेमा हल, इनरुवाको कमल टाँकिज, जनकपुरको मिलन फिल्म हल र लवकुश फिल्म हल भत्काउन लागिएको हो ।

यस्तै, चितवन टाँडीको नारायणी चलचित्र मन्दिर, नवलपुरको गणपति चलचित्र मन्दिर, बर्दघाटको मोहिनी चलचित्र मन्दिर, कैलालीस्थित पहलवानपुरको सिनेमा हल, दाङस्थित लमहीको सिनेमा हल, तुलसीपुरस्थित बिष्णु टाँकिज, पाल्पाको सन्तोष चलचित्र मन्दिर, बाग्लुङको कालिगण्डकी चलचित्र मन्दिर, नुवाकोटको त्रिशूलीमा रहेको सिनेमा हल र तनहुँको दमौलीमा रहेका उत्तरशिला हल, कुस्माको सिद्धेश्वर हल पनि बन्द भएको अध्यक्ष प्रधानले बताएका छन् ।

यी सबै सिनेमा हलले नेपाल चलचित्र संघ र चलचित्र विकास बोर्डमा पत्र पठाएर सधंैका लागि बन्द गरिएको जानकारी गराएका छन् । सरकारले सही नीति नल्याएको खण्डमा एक वर्षभित्र अझै अहिलेको भन्दा दोब्बर संख्यामा सिनेमा हल बन्द हुने अध्यक्ष प्रधानको भनाइ रहेको छ । यो आर्थिक वर्षमा सिनेमा हललाई विद्युत् शुल्क मिनाहा गर्ने घोषणा बजेटमा गरिए पनि अझै मिनाहा नगरिएको गुनासो अध्यक्ष प्रधानको रहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

नेपाल चलचित्र संघका महासचिव तथा प्रवक्ता अशोक शर्माले कोरोना महामारीको अवस्था यसरी नै अझै केही वर्ष जाने हो भने सबै सिनेमा हल बन्द भएर भत्काउनुपर्ने अवस्था आउने बताए । कोरोनाको समयमा सबैभन्दा चाँडो बन्द हुने र सबैभन्दा ढिलो खुल्ने तर दर्शक नआउने व्यवसाय सिनेमा हल नै भएको पनि उनको कथन छ । सोही कारण नेपाली सिनेमा हलको भविष्य कोरोनाका कारण अनिश्चित रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया

(Visited 216 times, 1 visits today)

आजको समाचार

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

साताका लोकप्रिय समाचार

कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म ९०३ जना लाई विभूषण

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गरेकी छन्।    नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

ओमानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले आईसीसी विश्वकप लिग–२...

इन्द्रजात्रा सुरु, हनुमान ढोकामा इन्द्रध्वजोत्थान सम्पन्न

काठमाडौं । काडमाडौंमा प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६:५१ बजेको शुभ...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

ट्रेन्डिङ

रेलमा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र

काठमाडौं । सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)