खोप उपलब्ध गराऊ

महामारीको दोस्रो लहरपछि तेस्रो लहरको सम्भावनाको कुरा गरिरहँदा पनि सरकारले पहिलो चरणको खोप सार्वजनिक रूपमा सबैलाई उपलब्ध गराउन सकिरहेको छैन । अझै पनि खोपको आशमा आमनागरिक पर्खेर बसिरहेका छन् । सरकारले अनुदान तथा खरिद गरी दुवै किसिमले जनताका लागि आवश्यक खोप समयमै पूरागरी छाड्ने भने पनि अझैंअढाइ करोड जनता पहिलो चरणको खोपको अपेक्षामै छन् । जनताबीच पहिलो चरणको खोप पनि पुग्न नसक्दा तेस्रो लहर चल्दासम्म पनि पहिलो चरणको खोप लगाउन नपाइने हो कि भन्ने आशंका बढेर गएको छ । पहिले केही प्राविधिक कारणवश उपलब्ध हुन नसकेको खोप अबका दिनमा उपलब्ध हुने भन्ने आशामा बसिरहेका जनता अब साँच्चिकै खोप उपलब्ध नहुने हो कि भन्ने आशंकाले सताइएका छन् । सरकारले कूटनीतिक पहलमार्फत धेरै देशसँग अनुदान तथा खरिद गरिने खोपको माग गरेपनि बीचमा सर्वसाधारण जनताका लागि आवश्यक खोप उपलब्ध हुन नसक्दा यसले साँच्चिकै चिन्ता जन्माएको छ । खोपलगाएका मानिसमा कोरोना संक्रमण कम भएको देखिएको छ ।कोरोना संक्रमण भए पनि खोप लिएका व्यक्तिले त्यसलाई सजिलै पचाएको देखिन्छ । तर, खोप नलिएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता पनि कम भएको र रोग लागिसकेपछि पचाउन पनि नसकेको देखिएको छ ।त्यसैले, जनता खोपकै आशामा देखिन्छन् । तर, दुर्भाग्य खोपको सम्भावना उल्टै सर्दै गएको देखिन्छ ।

खोप समयमै उपलब्ध हुन नसक्नुका पछाडि सम्बन्धित निकायको पहलमा तदारुकता नआउनुसरकार किचलोमा फस्नु, कर्मचारीको क्रियाशीलता मक रहनु तथा अनुगमन र नियमनको कमी रहनु देखिएको त । त्यसोत अन्तर्राष्ट्रिय स्वास्थ्य बजारमा महामारीविरुद्ध खोप अभाव रहने गरेको छ । खोप उत्पादनकर्ता देशले आफ्नै देशमा नागरिकका लागि आवश्यक खोप उपलब्ध गराउन सकिरहेका छैनन् । त्यसमा पनि अनुदान, सहयोग माग्ने देशहरूका लागि अनुदान खोप सहयोग पु¥याउन धौधौ परिरहेको देखिन्छ । त्यसमा पनि पहल गरिरहने, निरन्तर घच्घच्याइरहने र सम्बन्धित निकायमार्फत पत्राचार तथा अनुरोध गरिरहने देशहरूका लागि अनुदान सहयोग छिटो पुगेको देखिन्छ ।नेपालमा त्यो प्रक्रिया निकै कम गतिमा चलिरहेको हुनाले नेपालले अपेक्षाकृत खोप अनुदान सहयोग पाउन सकेको देखिँदैन । तर, नेपाली जनता रातदिन खोपको आशार अपेक्षामा बसिरहेका छन् ।महामारीको पहिलो र दोस्रो लहर पचाइसकेका, पचाइरहेका जनताहरूतेस्रो लहरबाट बच्नसक्ने भयले त्राहीमाम भइरहेका छन् । यतिबेला सरकारले खोपको व्यवस्था गर्नु निकै जरुरी छ । सरकारले लिएकोपहलकदमी आफैंमा सरहानीय छ तापनि भनेअनुरूपको प्रतिफल भने प्राप्त हुन सकिरहेको छैन ।यसका पछाडि रहेका कमीकमजोरी पहिल्याउँदै सरकारले बाँकी रहेको पहललाई गति दिन सक्नुपर्छ । आफूले खरिद गरेर ल्याउने खोप तथा अनुदान सहयोग खोप बेलैमा आउनसके आमनेपालीको कल्याण हुने कुरामा दुविधा छैन ।

त्यसैले, सरकारले महामारी नियन्त्रणसम्बन्धी आफूले सुरु गरेका कामको अनुगमन, निरीक्षण र समीक्षा गर्नु जरुरी भएको छ ।यसका लागि सरकारले निर्माण गरेका निकाय, गैरसरकारी निकाय र सम्बन्धित स्वास्थ्य संस्थामार्फत चौतर्फी पहल अघि बढाउन घचघच्याइरहनु जरुरी छ । काममा गतिशीलता देखिएमा मात्र परिणाम हात पर्ने कुरामा शंका रहँदैन । त्यसैले, पनि सरकार समय छँदै चनाखो रहनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 323 times, 1 visits today)

epaper

ताजा समाचार

एकाबिहानै भूकम्पको धक्का, महसुस काठमाडौं उपत्यकामा पनि