भारत र चीनका सामरिक मदभेदका आधार

चिनियाँ कम्युनिस्ट पार्टीले १० दशकको लामो यात्रा सफलतापूर्वक पूरा गरेको छ । कम्युनिस्ट पार्टीले आफ्नो भावी रणनीति र सफलता’bout व्यापक छलफल र गन्थन–मन्थन गरिरहेको छ । साथसाथै आफ्नो परराष्ट्रनीतिको आयाम’bout पनि व्यापक बहस चलाइरहेको छ । चीनको परराष्ट्र नीति’bout विभिन्न शोध संस्थानले पनि व्यापक बहस र छलफल चलाइरहेका छन् । अक्सफोर्ड र जवाहर लाल नेहरु विश्वविद्यालय हुँदै हाल ली क्वाउन विश्वविद्यालय सिंगापुरमा अध्यापन गराइरहेका विद्वान कान्ति बाजपेयीले चीन र भारतको विवाद र सम्बन्ध’bout एक महŒवपूर्ण पुस्तक लेखेका छन् । ‘चाइना भर्सेज इन्डिया’ शीर्षक रहेको सो पुस्तकमा उनले भारत र चीनबीच रहेको कटुता र विभेदका कारणलाई इंगित गरेका छन् । प्रस्तुत पुस्तक चारवटा ‘पी’बाट दिशानिर्देशित भएको छ ।

चारवटा ‘पी’मा अवधारणा (पर्सेप्सन), शक्ति (पावर), साझेदारी (पार्टनरसिप) र मापन (पारामिटर)का आधारमा उनले भारत र चीनबीचको कटुतालाई पुस्तकका माध्यमबाट दर्साउँदै उनले नयाँ विचार–विमर्शको थालनी गरेका छन् । चिनियाँ समुदायमा भारतप्रति सद्भाव र सहानुभूतिमा ह्रास आइरहेको छ । विगतका दिनमा बौद्ध धर्मले चिनियाँ र भारतीय संस्कृतिलाई जोड्ने काम गरे तापनि कम्युनिस्ट पार्टीद्वारा सञ्चालित मुख्य पत्रिका ग्लोबल टाइम्सलगायत विभिन्न छापाखानाहरूले भारतप्रति नकारात्मक भाष्य निर्माण गरिरहेको अवस्थामा भारत र चीनको सम्बन्ध लिकमा नभएको कुरा बाजपेयीले गरेको शोधबाट पुष्टि भएको छ । साझेदारी पनि कूटनीतिमा महŒवपूर्ण ठाउँ राख्छ ।

भारत र चीनको सामरिक साझेदारीको प्रयास माओ र नेहरुले सन् १९४९ देखि सन् १९५१ सम्म गरे तापनि सफल हुन सकेन । भारत र चीन फरकफरक धारमा रहेको छ । सत्तरीको दशकमा निक्सन र हेनरी किसिन्जरको सद्भाव र सहानुभूतिलाई पुञ्जीकृत गर्दै चीनले अमेरिकासँग व्यापारिक र सामरिक सम्बन्ध सघन बनाउन सफल भएको थियो । अमेरिका, सोभियत रुसको प्रभावलाई मत्थर पार्न चीनको सामिप्यता र मित्रता खोजेको थियो । भारतको कूटनीति विपरीत दिशामा परिचालित भयो । जवाहर लाल नेहरूलाई पश्चिमा पुँजीवादप्रति सहानुभूति थिएन ।

सोभियत रुसको आर्थिक कार्यक्रमबाट नेहरु सम्मोहित भएका थिए । चीन, अमेरिका र युरोपको शिविरमा जानु र भारत सोभियत रुसको शिविरमा जानुजस्ता परिघटनाले भारत र चीनको सामरिक ध्रुवीकरणलाई प्रस्ट्याउँछ । सन् १९९८ र सन् १९९९ को न्युक्लियर परीक्षणपश्चात् भारतले आफ्नो कूटनीतिको प्रारूप परिवर्तन गर्दै अमेरिका, सोभियत रुसको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्यो । सन् २००८ को आर्थिक मन्दीपछि चीन र अमेरिकाको सम्बन्धमा चिसोपनाको युग प्रारम्भ भयो । अर्को शब्दमा भन्ने हो भने चीन र भारत सदैव विपरीत धारमा नै रहेको छ । कान्ति बाजपेयीले आफ्नो तेस्रो सूत्रका रूपमा पारामिटर (मापन)लाई राख्छन् । भारत र चीनको विवादको प्रमुख कारक तŒव बोर्डरसम्बन्धी समस्या हो ।

चिनियाँ कूटनीतिज्ञलाई बेलग्रेडमा अमेरिकाले बम प्रहार गर्दा पनि चीन उत्तेजित नहुनु चिनियाँ कूटनीतिको संयमिता हो

माओ र नेहरुजस्ता मुर्धन्य नेताले पनि बोर्डर समस्यालाई छिनोफानो गर्न सकेनन् । चीन र भारत बोर्डर समस्याका करणले गर्दा नै सन् १९६२ मा युद्ध गर्नुपरेको थियो । बोर्डरको समस्याको अर्को प्रमुख कारण भारत र तिब्बतबीचको सम्झौता पनि हो । दलाई लामा भारतमा बास बस्नु, तिब्बतीहरूले विभिन्न किसिमका धार्मिक अनुष्ठान तथा अन्य गतिविधि भारतमा सञ्चालन गर्नुजस्ता परिघटनाले गर्दा चीनले भारतप्रति कठोर रूप लिँदै आएको छ । तर, भारतले खुला लोकतन्त्रमा जुनसुकै धर्म सम्प्रदायका धार्मिक गतिविधिलाई चल्न दिन सक्ने संवैधानिक व्यवस्थालाई अगाडि सारेको छ । दलाई लामा, आफ्नो जीवनको उत्तरार्धमा रहेको अवस्थामा नयाँ दलाई लामाको चयनमा भारतको भूमिका र सक्रियता’bout चीन बडो सशंकित रहेको छ । तिब्बत, चीनको कमजोर कडी भएकाले गर्दा भारतले यसलाई प्रयोग गर्न सक्ने चिनियाँहरूको बुझाइ रहेको छ ।

अर्कोतर्फ भारतलाई दबाबमा राख्न चीनले लद्दाखलगायत अरुणाचल प्रदेशको बोर्डर इलाकामा सैन्य भण्डारण गर्ने काम गरिरहेको छ । सन् २०१७ को डोकलाम घटना पनि यसकै प्रतिनिधि उदाहरण हो । भारत र चीनको कटुताका कारण पावर (शक्ति) पनि एक प्रमुख कारक तŒव हो । ८० को दशकमा भारत र चीनको आर्थिक आकार लगभग एकनासकै भए तापनि हालका दिनमा चिनियाँ अर्थतन्त्रको आकार भारतको अर्थतन्त्रको आकारभन्दा पाँच गुणा बढी रहेको छ । भारत आर्थिक रूपमा पक्कै नै चीनभन्दा पछाडि रहेको छ । तर, खुला लोकतन्त्र, जनसांख्यिक लाभांश (डेमोग्राफिक डिभिडेन्ड), पश्चिमा शक्तिसँगको सामिप्यताजस्ता सूचकांकले भारत चीनसँग जुध्ने सक्ने क्षमताको छ ।

डोकलामदेखि गलवानसम्म चिनियाँ सैनिकसँग आँखामा आँखा जुधाएर हेर्न सक्ने सामथ्र्य भारतीय सैनिकसँग छ । अर्थात् शक्ति परिचालनमा भारतले विश्व समुदायको दिलदिमागमा विजेताकै रूपमा रहेको छ । किन कि सैन्य शक्तिको मामिलामा भारत पनि संसारका मुर्धन्य देशको सूचीमा सूचीकृत रहेको छ । इन्डो–प्यासिफिक नीतिदेखि लिएर क्वार्डमा भारतले प्रजातान्त्रिक कित्तामा आफ्नो वर्चस्व बढाएको देखिन्छ ।

भारत र चीनको दूरी दिन प्रतिदिन किन बढिरहेको छ ? भन्ने कुरा कूटनीतिका विद्यार्थी तथा शोध गर्नेहरुका लागि चासोको विषय रहेको छ । भारत र चीनको सम्बन्धलाई आलोकित गर्दै ली क्वाउन विश्व विद्यालय सिंगापुरका एक जना प्राध्यापक किशोर मेहबुबानीले के भनेका छन् भने भारतको भावुकता भारतको कमजोर पक्ष हो । भारतीय मिडियाले सामरिक सम्बन्ध र कूटनीति अभ्यासलाई टेवा पु¥याउनुको साटो जनतामा भावुकता र उत्तेजना फैलाउँदै छ, जसले गर्दा राष्ट्रिय हितलाई सम्बोधित गर्न कूटनीतिज्ञलाई हम्मेहम्मे भएको छ । तर, चीनको दृष्टिकोण यसबाट पृथक देखिन्छ । चिनियाँ कूटनीतिज्ञलाई बेलग्रेडमा अमेरिकाले बम प्रहार गर्दा पनि चीन उत्तेजित नहुनु चिनियाँ कूटनीतिको संयमता हो ।

भारतीय सञ्चारमाध्यमले सामरिक सम्बन्ध र कूटनीतिक अभ्यासलाई टेवा पु-याउनुको साटो जनतामा भावुकता र उत्तेजना फैलाएका कारण राष्ट्रिय हितलाई सम्बोधन गर्न कूटनीतिज्ञलाई हम्मे–हम्मे भएको छ

पर्खपर्ख अनि हेर्दै जाऔं’ भन्ने नीतिलाई अवलम्बन गर्दै चीनले आफ्नो सामथ्र्य बढाउन भगीरथ प्रयास र मिहिनेत गरेको छ । किशोर मेहबुबानीको तर्कलाई केही जानकारले खण्डित गरेका छन् । लोकतन्त्रमा भावुकताको महŒवपूर्ण स्थान रहेको अन्य जानकारको कथन रहेको छ । सन् १९६५ को युद्धदेखि कारगिलको युद्धसम्म भारतीय जनताको भावनाले सरकारलाई दिशानिर्देश गरेको थियो । भारत र चीनको कटुतालाई न्यूनीकरण गर्न सबैभन्दा पहिले चीन र भारतको सोचाइमा परिवर्तन आउनुपर्छ । सन् १९७० ताका नरसिंहा रावले भारत र चीनको सम्बन्धमाथि प्रकाश पार्दै प्रस्ट गरेका थिए कि चीन र भारत अन्तर्राष्ट्रिय मुद्दा र मञ्चमा एक भएको खण्डमा कुनै पनि पश्चिमा शक्ति केन्द्रले आफ्नो स्वार्थलाई पूरा गर्न सक्दैनन् ।

आज चीन र भारतको मतभेदले गर्दा अमेरिकाको सक्रियता संसारभरि नै बढिरहेको छ । चीनले भारतसँगको सम्बन्धमा नयाँपन दिन आफ्नो चिन्तनमा परिवर्तन गर्नुपर्छ । आउने दिनमा भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुलुकका रूपमा स्थापित हुने भएको हुनाले भारतमा आफ्नो बजार कमजोर भएको खण्डमा चिनियाँ अर्थतन्त्रको महŒवाकांक्षा पूरा हुन सक्दैन ।

दक्षिणी चीन सागरमा अस्ट्रेलिया, मलेसिया, जापान, इन्डोनेसियालगायतका विभिन्न मुलुकसँग चीनको कटुता रहेको छ । न्युक्लियर सप्लायर्सको रूपमा भारतको विरोध गर्नु र सुरक्षा परिषद्को सदस्यताको लागि भारतको विरोध गर्नुजस्ता परिघटनाले भारतसँग चीनको दूरी बढिरहेको छ । यस अवस्थामा चीनले भारतसँगको सम्बन्धलाई नयाँ ढंगले व्याख्या विश्लेषण गर्दै कार्यरूप दिँदै सम्बन्धलाई उचाइमा पु¥याउन जरुरी रहेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी