काठमाडाैं । पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३१६ जना निको भएका छन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् । जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५३९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)






