म नारि हु नि

सबैसामु बाहिर हाँसी भित्र पिडा लुकाउने मै हु
गल्ती होस् नहोस् ठूलाको सामु शिर झुकाउने मै हु
अन्याय शोषण बलात्कार सबैको शिकार भएर पनि चुपचाप रहन्छु
किनकि म नारि हु नि

मैले पुरुष जस्तो भएर हिँड्दा उम्हु फिटिक्कै सुहाएन
आमा स्याहार्ने माईति बस्दा अपशब्द सुनाउने यो समाज छोराले एक थोपो पसिना चुहाएन
मन जतिनै सफा भएपनि राजस्वलामा अपवित्र ठहरिने म मनभरी पिडा लुकाएर मुस्कान ओगल्छु
किनकि म नारि हु नि

श्रीमती भएर श्रीमान् सासु ससुराको हरेक कुरा मान्छु
आमा भएर सन्तानको दुखलाई आफ्नै सरह ठान्छु
भौजु भएर देवर नन्दासँग साथि जस्तै बनेर सबैको कुरालाई न नकारिकन सधैं भुलिदिन्छु
किनकि म नारि हु नि

म कुनै घरको ईज्जत कहलाउने छोरि हु
कुनै घरको वंश चलाउने बुहारी हु
म बिना यो सृष्टि चल्दैन त्यही पनि म कमजोर कहलाएकि छु
किनकि म नारि हु नि

मैले सबैको घृणालाई मायामा बद्लिएर हाँसी हाँसी दुःख सहनुपर्छ
सबैबाट तिरस्कृत भए पनि घर धान्न त्यही निवासमा खुशी भएर रहनुपर्छ
छोराको लागि नचाहादा नचाहदै सयौ छोरीहरुको गर्भमै भुणहत्या गरेर पुर्खाको सँस्कार चलाउँछु
किनकि म नारि हु नि

 

 

 

तपाइको प्रतिक्रिया
(Visited 466 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएली पूर्वराष्ट्रपति मादुरोका २ तस्बिर सार्वजनिक