मोबाइल फोन प्रयोग गर्दा मुखको क्यान्सर हुन सक्छ !

 

आधुनिक सञ्चार प्रविधिको चमत्कार नै भन्नुपर्छ मोबाइल, जसले सञ्चारलाई अति नै सहज र छिटोछरितो बनाइदिएको छ । गल्लीदेखि सडकसम्म, घरदेखि कार्यालय घाटसम्म जतासुकै जहाँसुकै पनि बोक्न सकिने र सम्पर्क गर्न सकिने एसएमएस, गीत, एफएम, फोटो खिच्ने, भर्चुअल बैठक, स्थानको नक्साजस्ता सेवा दिने, साधन मोबाइल भएकाले लोकप्रियता दिन प्रतिदिन बढ्दो थियो नै, त्यसैमा लकडाउनले थप ऊर्जा दिएको छ । मोबाइल फोन एउटा व्यस्त जीवनको साथी भएको छ भने आधुनिक जीवनयापनको अत्यावश्यक वस्तु पनि भएको छ ।

मोबाइलले के गर्छ ?

विभिन्न प्रकारका प्राकृतिक र कृत्रिम विकीरण (रेडियसन) शरीरका लागि हानिकारक हुने गर्छन् । कम्प्युटरको निरन्तर प्रयोगबाट आँखामा क्षति पुग्ने, हात झमझमाउनेजस्ता समस्या देखिन्छन् । मोबाइलबाट निस्कने रेडियो फ्रिकवेन्सी परीक्षण गर्न चलिहरेको कम्प्युटरको मनिटरनिर बसेर मोबाइल फोन प्रयोग गर्दा मनिटरको डिस्प्लेलाई नै हल्लाइदिएको बाट प्रस्ट हुन्छ कि यो पनि कम हानिकारक छैन ।

मोबाइल र मोबाइल टावरबाट निस्कने विद्युतीय विकीकरण (इएमआर)ले नै यस्ता नकारात्मक असर पारेको हो । मोबाइलको गुणस्तर बढाउन सबै ठाउँमा नेटवर्क स्थापना गर्न घनावस्ती स्कुलको छेउछाउमा पनि टावर राखिँदै छ । जसले गर्दा मानिसलाई मोबाइल नै प्रयोग नगरे पनि टावरबाट निस्कने विकीरणले समेत असर पार्ने गरेको छ । त्यसैमा बालबालिकाको टाउको वयस्कभन्दा पातलो, सानो र पूर्ण विकसित नभएकाले विकीरणले सजिलै र छिटो असर पु-याउँछ ।

रोगको घर पनि

भारतको मुम्बईस्थित एमजीएम अस्पतालका कर्मचारीको मोबाइलमा गरिएको अध्ययनमा ८२ प्रतिशतभन्दा बढी जीवाणुवाहकका रूपमा पाइएको थियो । मोबाइलबाट छाला रोग, फुड प्वाइजनी, खटिरा, टकसिक सक सिन्ड्रोमलगायतका रोग हुने सम्भावना हुन्छ । मोबाइल फोनमा भएका जीवाणुले बिरामीको रोगलाई गम्भीर बनाउनुका साथै रोग निको हुने समय लम्ब्याउने गरेको पाइन्छ । काम गर्दा मोबाइल फोनको प्रयोगमा कमी, आफ्नो हात निरन्तर सफा राख्ने, फोन प्रयोग अघिपछि हात धुने गर्दा रोग सार्नमा कमी हुनेछ ।

मोबाइलको विकीरणले पुरुषमा शुक्रकीटको उत्पादनमा कमी मात्र नभई संरचना र क्षमतामा पनि परिवर्तन आउन सक्छ

फाइदासँगै बेफाइदा पनि

मानिसलाई अत्यन्तै काम दिने मोबाइल फोनको जति धेरै गुणहरू छन् त्यति नै अवगुण छन् । यसकोे अत्यधिक लोकप्रियताले गर्दा नै हाम्रो स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्दै छ । सो प्रभावको चरमोत्कर्ष मुटुको रोग, नपुंशकतादेखि क्यान्सरसम्म पर्छ । धेरैपटक यस्ता असरका ’boutमा कुरा उठेका छन्, उठिरहेका छन् र उठ्ने पनि छन् तर मोबाइल कम्पनीको प्रचारप्रसारले ओझेलमा पार्दै छ यसको नकारात्मक असरलाई ।

मोबाइल फोनमा धेरैबेर गफ गर्ने, मुटुनेर मोबाइल बोक्ने, दाहिने कानबाट फोन सुन्ने गरेको खण्डमा मोबाइलबाट निस्केको रेडियो फ्रिवेन्सीले सोझै मानव शरीरलाई नकारात्मक प्रभाव पार्छ । धेरैबेर कुरा गर्दा र दाहिने कानले सुन्दा टाउको दुख्ने, मष्तिस्क सुस्त हुने, मुटुमा च्वास्सच्वास्स दुख्न सक्छ

अध्ययनकर्ताहरू भन्छन् आगामी १० देखि २० वर्षमा मोबाइलकै कारण मस्तिष्कको क्यान्सर हुनेहरूको संख्या १ हजार गुणाले बढ्नेछ । समस्याहरूमा चर्को रूपमा टाउको दुख्ने, देख्ने शक्तिमा असर, स्नायु रोगहरू, मुटुसम्बन्धी रोग, नपुशंकता र विभिन्न क्यान्सर पर्छन् । जीएसएम मोबाइल फोनका विकीरण छाला, मस्तिष्क तथा शरीरका अन्य कोषका लागि हानिकारक हुन्छन् । मोबाइल फोनको अत्यधिक प्रयोगले ब्रेन ट्युमर, छालाको क्यान्सरको खतरामा बढोत्तरी हुन्छन् । मोबाइल फोनको विकीरणले शरीरको कोष तथा तन्तुहरूमा असर गरी कोषमा रहेको प्रोटिनको संयोजनलाई पनि प्रभाव पार्छ । सो प्रोटिनमा आएको परिवर्तन दीर्घकालीन भई मांसपेशी प्रणालीमा असर पार्न सक्छ ।

जीएसएम मोबाइलको विकीरण प्रजनन् कोषका लागि पनि हानिकारक मानिन्छ । महिलामा डिम्ब उत्पादन गर्ने डिम्बासय र पुरुषमा शुक्रकीट उत्पादन गर्ने अन्डकोष विकीरणबाट प्रत्यक्ष प्रभाव पर्ने अंग हुन् । शुक्रकीटको उत्पादनमा कमी मात्र नभई संरचना र क्षमतामा पनि परिवर्तन आउन सक्छ । तसर्थ कम्मरको वरिपरि मोबाइल फोन राख्नुहुँदैन । मस्तिष्कका कोष मर्ने, कोषीय संरचनामा परिवर्तन आउने र मस्तिष्कमा क्यान्सरको सम्भावना पनि बढ्ने खतरा रहन्छ मोबाइल फोनको विकीरण निरन्तर पर्दा ।

बेलायतमा गरिएको पछिल्लो अध्ययनले मोबाइल प्रयोगकर्तालाई मस्तिष्क र कानमा असर परी क्यान्सरसम्म हुने देखाएको थियो । अत्यधिक मोबाइल फोन प्रयोग गर्नाले स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने कुरा वैज्ञानिकले देखाएका छन् । त्यस्तै, स्विडेनमा भएको अध्ययनले पनि शरीरमा क्यान्सर हुन सक्ने देखाएको छ । त्यसैमा अझ लामो समयसम्म प्रयोग गर्दा खतरा अझ बढ्छ ।

क्यान्सर पनि

मोबाइल फोनमा धेरैबेर गफ गर्ने, मुटुनेर मोबाइल बोक्ने, दाहिने कानबाट फोन सुन्ने गरेको खण्डमा मोबाइलबाट निस्केको रेडियो फ्रिवेन्सीले सोझै मानव शरीरलाई नकारात्मक प्रभाव पार्छ । धेरैबेर कुरा गर्दा र दाहिने कानले सुन्दा टाउको दुख्ने, मष्तिस्क सुस्त हुने, मुटुमा च्वास्सच्वास्स दुख्न सक्छ । मोबाइल फोन प्रयोग गर्ने साइडमा गिर्खा देखिने, देखिएको गिर्खामा परिवर्तन भई मुखको क्यान्सर बन्ने गरेको अनुसन्धानबाट प्रमाणित भएको छ । दैनिक १ घण्टाभन्दा बढी मोबाइल फोनको प्रयोग गर्नाले स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन्छ । एक दशकसम्म मोबाइल प्रयोग गर्नाले विशेष प्रकारको मस्तिष्कको क्यान्सर एकस्टिक न्युरोमा हुने खतरा २० प्रतिशतले बढ्छ । त्यस्तै सामान्य किसिमको मष्तिस्क क्यान्सर ग्लियोमा हुने ३० प्रतिशत मोबाइल प्रयोगकर्तामा रहन्छ ।

लामो अवधिसम्म मोबाइल फोनको प्रयोग गर्दा मुखको क्यान्सर हुन सक्ने एक अध्ययनले देखाएको छ । सो अध्ययनअनुसार मुखमा सामान्य ट्युमर र हानिकारक ट्युमर भएका मोबाइल प्रयोगकर्ताको जीवनशैली हेरिएको थियो । सामान्यभन्दा धेरै मात्रामा मोबाइल फोन प्रयोग गर्ने व्यक्तिको मुखमा रहेको गाँठो कहिल्यै पनि मोबाइल नचलाएका व्यक्तिको तुलनामा ५० प्रतिशतले बढेको पाइयो ।

जोखिम न्यूनीकरण

मोबाइल फोनको अत्यधिक प्रयोगले स्वास्थ्य समस्या सिर्जना गर्ने भएकाले प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्छ । मोबाइलको अनावश्यक प्रयोगलाई घटाउनुपर्छ । प्रयोग, ब्लुटुथ, वायरलेस इन्फ्रारेडजस्ता डिभाइसको प्रयोग नगरौं । छातीको देब्रेतिर राख्नुको साटो दाहिनेतिर वा पाइन्टको पछिल्लो गोजीतिर मोबाइल राखांै । सम्भव भए मोबाइल शरीरका साथमा नराखी झोलामा राखांै । स्पिकर फोन, हेन्डफोनको प्रयोग गरांै । बच्चालाई मोबाइल प्रयोग गर्न नदिऔं । देव्रे कानबाट मोबाइल सुनौं र लामो कुराकानी मोबाइलमा नगरौं ।

अन्तमा, जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयवस्तुलाई नाफा र बढी राजस्व उठाउने माध्यमका रूपमा मात्रै नलिई यसका नकारात्मक असर र अँध्यारा पाटा’bout चिन्तन मनन् र सार्वजनिक बहस गर्नुपर्छ । तथापि खतरा रहँदारहँदै पनि मोबाइल कम्प्युटर फोनको प्रयोग बहिष्कार गर्न नसकिने भएकाले कसरी कम असर पार्ने गरी प्रयोग गर्ने भन्नेमा सरोकारवाला सबै सचेत बन्न र बनाउन जरुरी देखिन्छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 1,381 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?