सर्वोच्चको फैसला जनभावना अनुसार : सभामुख

 

काठमाडाैं ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् ।  “फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।” उनले भने ।

रासससँग कुरा गर्दै सभामुख सापकोटाले संविधानले केही मौलिक व्यवस्था गरेको र त्यसको स्पष्टसँग आजको फैसलाले व्याख्या गरेको समेत उल्लेख गरेकाे उनकाे भनाइ थियाे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले उक्त फैसला गरेको छ । सर्वोच्चको फैसलामा सात दिनभित्र प्रतिनिधिसभाको बैठकसमेत बोलाउन भनिएको छ ।

सभामुखले सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जीत भएको समेत टिप्पणी गरे । उहाँले भने “यसको बहुआयामिक दूरगामी महत्व छ ।” जनप्रतिनिधिमूलक संस्थाको प्रमुख भएको नाताले पनि आफूले यस फैसलालाई स्वागत गर्दै आगामी दिनमा प्रतिनिधिसभालाई अझै जनमुखी र प्रभावकारी बनाउन लागिपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा विघटनपछि पनि आफूले राजनीतिक दल, नागरिक समाज, पत्रकार, कानून व्यवसायीलगायत सबैसँग नियमित रुपमा छलफल गरेको उहाँले स्पष्ट पार्नुभयो । सभामुखले अन्ततः राजनीतिक दल नै शक्तिको स्रोत भएको र उनीहरुले नै जनताको प्रतिनिधित्व गर्ने बताए । रासस

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
मनोनयन आज अपराह्न ५ बजेसम्म