जबरजस्ती करणी गरेर भागेका मोक्तान आठ महिनापछी पक्राउ

 

संखुवासभा । संखुवासभाको राम्बेनीबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी आठ महिना पछि पक्राउ गरेका छन् । जबरजस्ती करणी गरेर फरार भएका मादी नगरपालिका –५ का ३१ बर्षीय ज्ञान बहादुर मोक्तानलाई आठ महिना पछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

३१ बर्षीय मोक्तानलाई सोमबार मादी राम्बेनीबाट पक्राउ गरिएको प्रहरी निरिक्षक खतिवडाले बताए । २०७७ मङ्सिर १८ गते ३६ वर्षीया महिलालाई जबरजस्ती आरोपमा पीडित पक्षले मोक्तान विरुद्ध मङ्सिर २२ गते ईलाका प्रहरी कार्यालय चैनपुरमा किटानी जाहेरी दिएका थिए । ईलाका प्रहरी कार्यालय चैनपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भए लगत्तै मोक्तान फरार भएका थिए ।

लामो समय देखि फरार रहेका मोक्तानलाई गाउँमा लुकिछिपि बसेको अवस्थामा मादी राम्बेनी प्रहरी चौकीले पक्राउ गरेको प्रहरी निरिक्षक खतिवडाले बताए । पक्राउ परेका मोक्तानलाई सोमवार नै जिल्ला अदालत संखुवासभा बाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरीएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

कुरी-कुरी