हिरासतमा रहेकालाई छुटाइदिन्छु भन्दै ६० हजार घुस खाने प्रहरी हवल्दार विरूद्ध मुद्दा

 

काठमाडाैं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएका अभियोगमा महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी सेवाग्राहीबाट प्रहरी हवल्दार श्रेष्ठले ६० हजार घुस लिएको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार घुस लिइ एक रेष्टुरेन्ट सञ्चालकलाई राख्न दिइएको थियो । गत फागुन २३ गते प्रहरी हवल्दार श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश श्रेष्ठलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उनीहरुले घुस लिएकोसमेत स्वीकार गरेका छन् । आयोगले थुनामा रहेको व्यक्ति छुटाउन सेवाग्राहीबाट श्रेष्ठले  रकम लिइ प्रहरी हवल्दार श्रेष्ठलाई दिइएको पाइएको छ । आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कार्यालय सहयोगी राम खड्कासमेत सो प्रकरणमा जोडिएको ठहर गरेको छ । आयोगले तीनै जनाविरुद्ध बिगोअनुसारको माग दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी