Friday, September 24, 2021
Your Ads Here
Homeभर्खरैएमाले बैठकमा ओली नेपालप्रति आक्रोश रावलप्रति नरम

एमाले बैठकमा ओली नेपालप्रति आक्रोश रावलप्रति नरम

सुभाष साह,
sharethis

काठमाडौ । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् । देउवा सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतप्रति आक्रोश पोखेका हुन् ।

बैठकमा ओलीले कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने, आफंै मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको आरोप लगाए । उनले आफ्नो नेतृत्वको सरकार बहिर्गमनपश्चात बनेको गठबन्धनको देउवा सरकारलाई ‘टालाटुली’को संज्ञा दिए । ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन् । देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको हो,’ ओलीले भने ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई ‘विषवृक्ष’ को संज्ञा दिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले भने, ‘पार्टीमा उहाँ (माधव)लाई सम्मान भएन रे । विषवृक्षलाई अझै सम्मान ?’

माओवादी केन्द्रका दाहालप्रति प्रहार गर्दै ओलीले भने, ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । हुन त प्रतिपक्ष कसरी अगाडि बढ्छ भन्ने कुरा हो । विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्छ ।’

बैठकमा अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष भीम रावलको भने प्रशंसा गरेका थिए । अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएका एमाले उपाध्यक्ष रावलले देउवालाई विश्वासको मत नहालौं पार्टी एकताबद्ध बनाउनभन्दा नेता नेपालले म विधि निर्णय मान्दिनँ एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाएको ओलीको भनाइ छ ।

ओलीले रावललाई आग्रह गर्दै भने, ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने ? अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

२२ सांसदसँग २४ घण्टे स्पष्टीकरण
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी निर्णयविपरीत फ्लोर क्रस गरेर विश्वासको मत दिएको भन्दै उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ पेस गर्न भनिएको हो ।

ललितपुर च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी निर्णयविपरीत फ्लोर क्रस गरेर विश्वासको पक्षमा मतदान गर्ने २२ जना सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय भएको बताए ।

एमालेको संसदीय दल र स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । पार्टी निर्णयविपरीत विश्वासको पक्षमा मतदान गरेपछि बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए । मंगलबार बस्ने केन्द्रीय कमिटीको बैठकले बाँकी प्रक्रिया अघि बढाउने उनले बताए ।

बैठकले पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले अघि सारेको १० बुँदे प्रस्ताव अनुमोदन गरेको छ । गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णयसमेत बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताए ।

यी हुन् स्पष्टीकरण सोधिएका सांसदहरू
१. माधवकुमार नेपाल
२. विरोध खतिवडा
३. मेटमणि चौधरी
४. गोपाल बम
५. भवानी खापुङ
६. कलिला खातुन
७. मुकुन्द न्यौपाने
८. रामकुमारी झाक्री
९. प्रेम आले
१०. विनादेवी बुढाथोकी
११. किसान श्रेष्ठ
१२. समिना हुसेन
१३ कल्याणी खड्का
१४. सरला यादव
१५. धनबहादुर बुढा
१६. लक्ष्मी चौधरी
१७. जीवनराम श्रेष्ठ
१८. पुष्षाकर्ण कायस्थ
१९. निरा जैरु
२०. पार्वती विसङ्खे
२१. हिराचन्द्र केसी
२२. कृष्णलाल महर्जन

तपाइको प्रतिक्रिया

(Visited 270 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

आजको समाचार

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

साताका लोकप्रिय समाचार

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित...

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

चीन तर्फका नाका बन्द हुँदा खर्कमै बुढा भए नेपाली चाैंरी

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका -७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चाैंरी थिए। तर अहिले उनीसँग चाैंरीकाे संख्या ६४ पुगेकाे छ । शेर्पासँग...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

ट्रेन्डिङ

कोरोनाबाट विश्वमा ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

जेनेभा स्वट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख...

भैरवकुण्ड हाइड्रोपावर

काठमाडौं । सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको भैरवकुण्ड जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)