कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । यस्तै, सभा सम्मेलनसमेत सुरु हुन थालेका छन् ।

विगत एक सातायता संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको छ ।

– जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रह
– दैनिक २५३१ संक्रमित थपिँदै
– सक्रिय संक्रमित २७ हजार नाघे

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, कास्की, रूपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५ सयभन्दा बढी पुगेको छ । यस्तै, २ सयभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शøया र अक्सिजन चुस्त दुरुस्त राख्न आग्रह गरिएको छ ।

यस्तै, दैनिक २ हजार ५ सय ३१ जना संक्रमित थपिने गरेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो एक हप्तालाई आधारमान्दा दैनिक २ हजार ५ सय ३१ संक्रमित थपिने गरेका हुन् । एक हप्ताको अवधिमा १७ हजार ७ सय १७ संक्रमित थपिएका हुन् । गत शुक्रबार २ हजार ९ सय ३६, शनिबार १ हजार ८ सय ७५, आइतबार १ हजार ८ सय १, सोमबार २ हजार ४ सय ४५, मंगलबार ३ हजार १ सय ८, बुधबार २ हजार ८ सय ३८ संक्रमित थपिएका छन् ।

यस्तै, बिहीबार देशभर थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरी ९ हजा १ सय २२ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ । पीसीआर विधिबाट नमुना परीक्षण गर्दा १ हजार ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ७ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ७४ हजार ७ सय २६ र एन्टिजेन परीक्षणबाट ५३ हजार ४ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म देशभर ६ लाख ३७ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ सय १ जना क्वारेन्टाइनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 361 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

ओली–नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो