Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksसुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

आफन्त एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि प्रहरीले ति युवालाई पक्राउ गरेको हो ।

गएको असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका–३ की सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका छन् । काठमाडौंमा पक्राउ परेका युवकलाई प्रहरीले शुक्रबार चितवन लगेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

शुरुमा परिवारका सदस्यले सुजिताको अपहरण भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । असार २० गते ब्रह्मास्थानी सामुदायिक वनको भीरको खोल्सामा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन् । शव भेटिएपछि स्थानीयले दोषीलाई पत्ता लगाउनुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध र प्रदर्शन समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 49 times, 1 visits today)

आजको समाचार

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

साताका लोकप्रिय समाचार

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

  काठमाडौं । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले...

चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि...

प्रतिपक्षको विरोधका बीच संसद् सञ्चालन

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा शुक्रबार तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । तर, सभामुख...

नक्कली अन्तःशुल्क स्टिकर प्रकरण : राजस्व अनुसन्धानको बेवास्तामाथि आन्तरिक राजस्वको प्रश्न

  काठमाडौं । भैरहवाबाट २३ दिनअघि झन्डै साढे २ करोड रुपैयाँबराबरको नक्कली स्टिकर बरामद घटनाका अभियुक्तलाई कारबाही गर्न राजस्व अनुसन्धान विभागले आनाकानी गर्दै आएको पाइएको...

एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु

  काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले...

ट्रेन्डिङ

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सहमतिअनुसार...

बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते

बैतडी । बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)