Friday, September 24, 2021
Your Ads Here
HomeBreaking Newsसर्वोच्चले भन्यो– डीआईजी प्रविन श्रेष्ठको सेवाअवधि किन नथपेको ?

सर्वोच्चले भन्यो– डीआईजी प्रविन श्रेष्ठको सेवाअवधि किन नथपेको ?

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई सेवाबाट हटाउनुको कारण पेस गर्न आदेश दिएको छ । श्रेष्ठले अनिवार्य अवकासमा गएको पत्र पाएपछि सर्वोच्चमा ७ साउनमा रिट दर्ता गरेका थिए ।

कारण पेस गर्न आदेश

उनले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अवकास दिने निर्णय तत्काललाई यथास्थितिमा राख्न आदेश जारी गरेको हो । श्रेष्ठले एक महिनाअघि सेवाबाट अनिवार्य अवकाश पाएका थिए ।

सशस्त्र प्रहरी बलमा महानिरीक्षकको सिफारिसमा एक वर्ष समयावधि थप्न सक्ने प्रावधान छ । सशस्त्र प्रहरी नियमावलीमा डीआईजीको पदावधि चार वर्षको छ ।

उनको सेवा अवधि थप्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृह मन्त्रालयमा सिफारिस गरेका थिए । तर, गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको सो सिफारिसलाई अन्तिम समयमा मुख्य सचिवले हस्ताक्षर गर्न नमानेपछि उनले अनिवार्य अवकाश पाएका थिए ।

सशस्त्र प्रहरी नियमावली २०७२ आएपछि हालसम्म पाँच जना डीआईजी र दुई जना एआईजीको एक वर्ष सेवा अवधि थप भए पनि श्रेष्ठको भने थपिएको थिएन । नयाँ नियमावलीपछि एक वर्ष सेवा अवधि नथपिनेमा उनी मात्रै हुन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

हाल डीआईजीमा बहाल खड्गकुमार राई र मन्दीप श्रेष्ठ तथा अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय पुष्पराम केसी र राममशरण पौडेलको पनि एक एक वर्ष सेवा अवधि थपिएको हो । डीआईजीद्वय राई र श्रेष्ठ तथा एआईजीद्वय केसी र पौडेलको एक वर्ष सेवा अवधि थप नगरिएको भए रिक्त एआईजी पदमा वरिष्ठताका आधारमा प्रविण श्रेष्ठ नै एआईजी बन्ने थिए । तर, सरकारले उनीहरूको सेवा अवधि थप्दा र उनको नथप्दा उनी अवकाशमा जान बाध्य भएका थिए ।

९ असार २०७४ मा डीआईजीमा बढुवा भएका श्रेष्ठ नम्बर ७ बाहिनीका बाहिनीपति थिए । नियमावलीमा उल्लेख भएअनुसार एक वर्ष पदावधि थप गरिएको भए उनी सशस्त्र प्रहरी बलको नेतृत्वमा पुग्ने थिए ।

हालका महानिरीक्षक खनालले आगामी २८ चैतमा अनिवार्य अवकाश पाउने भएकाले तीन साताका लागि वर्तमान अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय केसी र पौडेलमध्ये एक जना सशस्त्रको नेतृत्वमा पुग्नेछन् । ३० वर्षे सेवा अवधिका कारण १८ वैशाख २०७९ मा उनीहरूले अवकाश पाउनेछन् ।

सर्वोच्चले श्रेष्ठको पक्षमा फैसला गरेको अवस्थामा उनी केसी र पौडेलमध्येबाट हुने एक आईजीपछि सशस्त्रको आईजी बन्ने बाटो खुल्नेछ ।

तपाइको प्रतिक्रिया

(Visited 78 times, 1 visits today)

आजको समाचार

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

साताका लोकप्रिय समाचार

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

  काबुल । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर...

एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने

  काठमाडौं । नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

ओमानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले आईसीसी विश्वकप लिग–२...

ट्रेन्डिङ

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी

 
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वायु प्रदूषणको अवस्था खतरनाक
काठमाडौं । आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ । आन्तरिक विवाद समाधान...

थप ३७८ जना कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ७३ पुग्यो

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात हजार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)