इदलिब । सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाई कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको जनाइएको छ । विद्रोही लक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको जनाइएको हो ।
रुसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीले जनाएका छन । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि
परेका मानवअधिकारवादी संघसंस्थाले जानकारी दिएका छन् । सिरियन अब्जरभेटरी अफ हयुम्यान राइटसले इदलिब प्रान्तमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ । सो आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुनसक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्षित गरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ ।
सिरियामा सन २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलनमा सुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।
वर्षौंदेखि जारी गृह युद्धका क्रममा सिरियामा हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यहाँको यस प्रकारको गृहयुद्धबाट लाखांैव्यक्ति घाइते भएका बताइएको छ । त्यसैगरी, यहाँको हिंसामा परी लाखौ व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।