खाँचो नैतिकता र इमानदारिताको

आधुनिक मलेसियाका विकास सूत्रधार महाथीर मोहम्मद र सिंगापुरका असल पिता लिक्वान यूले आआफ्नो देशलाई समुन्नत बनाउन धेरै मिहिनेत र परिश्रम गरे । उनीहरूले लोभलालच पूर्णरूपमा त्यागे । यदि शासक इमानदार र नैतिकवान् भइदिने हो भने मुलुकले छोटो समयमा पनि उल्लेख्य विकास र प्रगति हासिल गर्न सकिन्छ भन्ने शिक्षा मलेसिया र सिंगापुरबाट लिन सकिन्छ ।

हाम्रा प्रमुख राजनीतिक दल तथा प्रधानमन्त्री र उनका सारथीले मलेसिया र सिंगापुरका शासकले कसरी छोटो समयमा नै विकास र प्रगति गर्न सके भन्ने’boutमा गहन जानकारी लिएर आफूहरू पनि सोही बाटोमा अग्रसर हुन सक्नुपर्छ । मलेसियाका महाथीर र सिगापुरका लिक्वानको पथमा हिँड्न सक्ने हो भने त मुलुक छिट्टै कायपलट हुन सक्ने विश्वास गर्न सकिन्छ ।

नेपालमा विकासका धेरै सम्भावना छन् । ती सम्भावनाको ढोकालाई दीर्घकालीन रूपमा खोल्न यहाँका राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व आमूल रूपमा सच्चिनुपर्छ । आमनागरिक समाजका सदस्य पनि सिर्जनशील बन्न सक्नुपर्छ । सधैं समस्या र विवादका विषयमा तर्कवितर्क गर्नुभन्दा पनि नागरिक समाजले समाधानका सही उपायहरू पनि सुझाइदिनुपर्छ । नागरिक समाजका सदस्यमा सकारात्मक सोचको विकास हुनुपर्छ । स्वस्थ्य आलोचना गर्दै समाधानका लागि उपायका बाटा आंैल्याइदिने बानीको विकास आमजनस्तर र नागरिक समाजका अगुवामा खासै हुन सकेको छैन ।

हामीकहाँ विविध कारणले गर्दा राजनीति स्थिर हुन सकेको छैन । अहिले पनि जनताले पाँच वर्षको लागि म्यान्डेट दिएको केपी ओली नेतृत्वको सरकार आफ्नै पार्टीभित्रको विवादका कारण पदच्युत भएको छ । नेताहरूको व्यक्तिगत इगोका कारण राजनीतिक कोर्स नै बद्लिएको छ । यो समस्या आउनुको मुख्य कारण भनेकै नेताहरूमा देखिँदै आएको नैतिक स्खलन हो । यदि नेताहरूमा नैतिकता, इमानदारिता र पारदर्शिताको भावना विकास भएको भए एकले अर्कोलाई सकाउने खेलमा कोही पनि लाग्दैनथ्यो एकले अर्काको अस्तित्वलाई पनि नराम्ररी नै स्वीकार्ने परिपाटीको विकाससमेत हुन सक्थ्यो र अहिलेको जस्तो समस्या आउँदैनथ्यो । अहिले ओली सरकारलाई विस्थापन गरी शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भए पनि यो सरकारप्रति आमजनतामा खासै विश्वास र भरोसा भने पलाउन सकेको छैन । त्यसैले पनि देउवा सरकारका लागि सबैभन्दा ठूलो चुनौती नै आमजनतामा भरोसा र विश्वास बढाउनु हो । यसका लागि सरकारले सुरुदेखि नै जनप्रिय कामको थालनी गर्नुपर्छ ।

अहिले पनि नेपाली शासक प्रशासक रातदिन काम गरेर जनताका असिमित आवश्यकता पूरा गराउन र सिंगो मुलुकलाई छोटो समयमा नै कायापलट गराउने अभियानमा होमिन सकेका छैनन् । यसमा उनीहरूको व्यक्तिगत स्वार्थ र लोभले बढी काम गरिरहेको छ । साँच्चै नै मुलुक बनाउने हो भने अब काम र जिम्मेवारी वहन नगर्ने तर सुविधा मात्रै खोजिरहने र भ्रष्टाचार, अनियमिततामा रमाइरहन चाहने राजनीतिक नेतृत्व (मन्त्रीहरू) र कर्मचारीतन्त्रको प्रवृत्तिमा आमूल सुधार जरुरी छ ।

नैतिक सिद्धान्त, अनुशासन र इमानदारितासम्बन्धी सिद्धान्तको पालना हुने अवस्थाको सिर्जना गर्ने विभिन्न संस्था, प्रणाली अवस्था र उपकरणलाई नै नैतिकता र सदाचारको पूर्वसर्तका रूपमा लिन सकिन्छ । यसका लागि राजनीतिक प्रतिबद्धता, असल आचारसंहिता, व्यावसायिक सामाजिकीकरण, स्वार्थहीनता, सच्चरित्रवान्, वस्तुपरकता, जवाफदेहिता, खुलापन, इमानदारिता र असल नेतृत्वशैली हुन आवश्यक छ । यसका साथै शासकलाई जिम्मेवार बनाउन नैतिक नियमसम्बन्धी समन्वयकारी संस्थाहरू, कानुनी संरचना, उत्तरदायी संयन्त्र, र सक्रिय नागरिक समाज आवश्यक पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले सार्वजनिक गर्यो घोषणापत्र, भन्यो– नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन