विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन भने सकेको छैन । अहिलेको स्थिति भनेको हाम्रो देशमा धानबालीको रोपाइँलगायत विभिन्न किसिमका बालीनालीहरू लगाउने समय पनि हो । हाम्रा छिमेकी देशमध्ये चीनमा सामान्य भए पनि भारतमा भने दिनहुँ भयावह रूपमा संक्रमण संख्यामा फैलिरहेको छ । जसले गर्दा नेपाल र भारतबीच १ हजार ७ सय ५१ किलोमिटर सिमाना खुला भएको कारणले पनि बन्दाबन्दी निकै प्रभावकारी हुने भएकाले नेपाल सरकारले पनि बन्दाबन्दीलाई केही खुकुलो बनाउँदै आएको छ । मूलतः जसले गर्दा हामी सबै घरभित्रै थुनिएको अवस्थामा छौं । यसर्थ मानिसहरूलाई दैनिक भान्सा चलाउन आवश्यक पर्ने तरकारीदेखि लिएर खाद्यान्नहरूको जोहो गर्नसमेत कष्टकर हुँदै गएको छ । यो समयमा कौसीखेती तथा करेसाबारीमा खेती गर्नेहरूका लागि भने निकै ठूलो राहत मिल्ने भएको छ ।
यसबाट शारीरिक व्यायामका साथसाथै सामाजिक सञ्जाल, टेलिभिजन हेरेर समय व्यवस्थापन गर्नुभन्दा बढी फाइदाजनक तरकारी खेती गरेर पाइन्छ । यसबाट दैनिक भान्साको समस्या समाधानका साथसाथै बन्दाबन्दीको समयमा पनि घरमा नै उपयुक्त व्यवस्थापन हुनुको साथसाथै तरकारी किन्नका लागि भौतारिनुपर्ने अवस्था नहुने र तरकारीलाई तिर्नुपर्ने दोब्बर, तेब्बर मूल्य तिर्नुपर्ने चिन्ताबट पनि मुक्त हुन सक्नुको साथसाथै विषादीजन्य तरकारीको मारबाट पनि टाढै रहन सकिन्छ । यो समय भनेको संकटपूर्ण घडीको समय हो यस सययको उपयोग गरी आआफ्नो कौसी तथा करेसाबारीमा खेती गर्नेहरूका लागि भने निकै ठूलो राहत भएको भएको महसुस हुन्छ । हाम्रो देशको कुल क्षेत्रफल १ करोड ४७ लाख १८ हजार १ सय हेक्टर रहेको छ । यसमध्ये खेतीयोग्य भूमि २१ प्रतिशतले ३० लाख ९१ हजार हेक्टरमा मात्र खेतीपाती गरिन्छ ।
यसमा पनि हिमाली क्षेत्रमा देशको कुल क्षेत्रफलको ३५ प्रतिशत अर्थात् ५१ लाख ८१ हजार ७ सय, पहाडी भागमा ४२ प्रतिशत अर्थात् ६१ लाख ३४ हजार ५ सय र तराई भागमा २३ प्रतिशत अर्थात् ३४ लाख १ हजार ९ सय हेक्टर पर्छ । यसर्थ खेतीयोग्य भूमिको ३४ दशमलव ५३ प्रतिशत अर्थात् १० लाख ६७ हजार ३ सय २३ हेक्टरमा सिञ्चित अवस्थाको स्वरूप हुँदाहुँदै पनि ६५ दशमलव ७ प्रतिशतभन्दा बढी मानिसहरू कृषि पेसामा लागेका छन् । यसमा राष्ट्रिय आयको ३५ प्रतिशत अंश प्राप्त हुन्छ भने कृषि एवं वन क्षेत्रबाट विदेशी व्यापारको ८० प्रतिशत अंश ओगटनुले नै एकातर्फ कृषिको विकासमा नै देशको विकासको विकल्पका रूपमा खडा भएको देखापर्छ भने अर्कोतर्फ प्रतिव्यक्ति सरदर आय केवल १ हजार ४ अमेरिकी डलर र २५.१६ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थाले कृषिको पर्छौटेपनको बोध स्वतः हुन जान्छ ।
जसले गर्दा कृषिमा आधुनिकरण तथा विविधिकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ । कृषिलाई विविधिकरण गरी व्यावसायीकरणमा रूपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चिता र गरिबी न्यूनीकरणमा योगदान गर्नु कृषिको मुख्य उद्देश्य रहेको छ । यसरी सर्वांगीण विकासमा कृषि क्षेत्र अझै पनि देशको आर्थिक मेरुदण्डका रूपमा रहेको कुरा आवधिक योजनामा यस क्षेत्रको विकासको निम्ति दिइएको महŒवबाट स्पष्ट हुन्छ । तसर्थ हाम्रो देशको विभिन्न घना सहरी क्षेत्रमा कौसी खेती त्यसको एउटा भरपर्दो विकल्प हो । आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँ आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने बालीनालीजस्तै तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ । विशेषगरी, सहरी क्षेत्र जहाँ खेती गर्ने खाली जग्गा हुँदैन, त्यस्तो स्थानका घरका कौसी, छत, भित्ताजस्ता खाली ठाउँमा थोरै परिश्रमले विभिन्न प्रकारका बालीनाली सजिलैसँग उत्पादन गरी दैनिक उपभोग गर्न सकिन्छ ।
कृषिलाई विविधिकरण गरी व्यवसायीकरणमा रूपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चिता र गरिबी न्यूनीकरणमा योगदान गर्नु कृषिको मुख्य उद्देश्य रहेको छ
यस्तो कौसीखेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्रांगारिक पदार्थ, भाडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ, दैनिक रूपमा आवश्यक पर्ने तरकारी, फलफूल, फूल र मसलाजन्य उत्पादन नियमित उपलब्ध भइरहन्छ । यसमा सागबाली, कोसेबाली, लहरेबाली, जरेबालीजस्तै चम्सुर, पालुंगो, धनियाँ, मेथी, सुप, गाँजर, सिमी, बोडी, काउली, बन्दा, ब्रोकाउली, मुला, सलगम, आलु, तरुल, घिरौंला, काँव्रmो, फर्सी आदि तरकारी वर्षैभरि लगाउन सकिन्छ । त्यस्तै फलफूलमा कागती, सुन्तला, नासपाती, हलुवावेद, मेवा, अम्बा, अनार आदि लगाउन सकिन्छ । लामो समयसम्म उत्पादन दिइरहने तरकारी बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ । कौसीबारीमा मिश्रित खेती अपनाउँदा परिवारलाई दैनिक उपभोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुको साथै सन्तुलित आहारका लागि पनि सहयोग पुग्छ ।
अन्त्यमा भन्नुपर्दा विश्व कोरोना भाइरस आतंकको लडाइँमा नेपाललगायत संसारको एक तिहाइ बढी मानिस बन्दाबन्दीको अवस्थामा रहेका छन् । मुख्यतया कौसी तरकारी खेती गर्दा चार÷पाँचवटा फाइदा सजिलैसँग प्राप्त गर्न सकिन्छ । पहिलो कुरा त घरमा बसेर टेलिभिजन, मोबाइल, कम्प्युटर, युट्युबमा बसेर फिल्म वा कुनै पनि सामाजिक सञ्जालहरू हेर्दा तनाव व्यवस्थापन हुनुको साटो झन् बढ्न सक्ने एकातिर छ भने अर्कोतिर शारीरिक व्यायाम नुहुनुको साथसाथै आलश्यता बढ्ने हुन्छ । जबकि करेसाबारी वा कौसीमा बोटबिरुवासँग रमाउँदा अर्कै आनन्द प्राप्त हुन्छ । जसले गर्दा शरीर निकै फुर्तिलो हुनुको साथै मानिसलाई विभिन्न प्रकारका रोगव्याधी पनि हट्दै जान्छ । आजकाल धेरै मानिसलाई सुगर, पे्रसर, मुटुरोगी छन् । उनीहरूका लागि यो रामवाणका रूपमा रहेको पनि सम्बन्धित क्षेत्रका जानकारले बताउँदै आएका छन् । देशको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएको हुँदा कृषि विकासबिना बहुसंख्यक जनताको जीवनस्तर उठ्न नसक्ने वास्तविकतालाई ध्यानमा राखी कृषिको विविध कार्यक्रम कृषकसमक्ष ल्याई कार्यान्वयन गर्दै आइरहेको छ । सीमित स्रोतसाधानको वैज्ञानिक उपयोग गर्दै उपजको उत्पादन र उत्पादकत्व वृद्धिका साथै कृषकको आय आर्जनमा वृद्धि भई गरिबी न्यूनीकरणमा योगदान पुग्नु नै कार्यक्रम कार्यान्यनको सफलता मान्न सकिन्छ ।
अतः देशमा स्पेक्ट्रो फोटोमिटर नामको उपकरणले देशविदेशबाट भित्रिएका कृषिउपजमा विषादी अवशेष परीक्षण गर्दा मानव स्वास्थ्यका लागि घातक रासायनिक विषादी व्यापक मात्रामा प्रयोग गरिएको फेला परेको चर्चाले सर्वत्र त्रास फैलाएको छ । विषादीको अवशेष रहेका तरकारी र फलफूल उपभोगले पाचन प्रणाली, रगत, मिर्गाैला, कलेजो, आँखा, मुटु, नसालगायत अंगमा जटिल रोग देखिन थालेका छन् । यस्तो हल्लासँगै भान्साघरमा पकाउन तरकारी के किन्ने र कहाँ किन्ने भन्ने अन्योलमा पर्नुको साटो हामीसँग त्यसको सजिलो विकल्प छ । अझ भन्नुपर्दा कौसी खेतीले हरियाली ल्याउनका साथै सहरी वातावरणमा स्वच्छता ल्याउन सहयोग पुग्न सक्छ । यसका साथै, यसबाट घरको शोभा बढाउन र मन बहलाउन पनि सजिलो हुन्छ । बाली उत्पादन गर्दा मन प्रफुल्ल हुने, शारीरिक कसरत पनि हुने भएकाले घरका सबै सदस्य महिला, पुरुषलगायत केटाकेटी र बूढाबूढीसम्म सबैले सजिलैसँग उत्पादनमूलक कार्यमा फुर्सदको समय सदुपयोग गर्न सक्छन् । बिरुवा तथा माटोसँग नजिक रही काम गर्दा छुट्टै आनन्द तथा ज्ञान प्राप्त गर्न सकिने हुँदा सहरी वातावरणमा हुर्केका केटाकेटीले पनि फुर्सदको समय सदुपयोग गरी सानैदेखि कृषिसम्बन्धी ज्ञान प्राप्त गर्न सक्छन् । यसरी कौसी खेतीबाट उत्पादित ताजा तरकारीले हाम्रो दैनिक आहार सन्तुलनमा महŒवपूर्ण भूमिका पनि खेलेको हुन्छ । मानिसको दैनिक आहारमा चाहिने पौष्टिक तŒवहरूमा कार्बोहाइडे«रट, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, खनिज पदार्थ, पानी तथा रेसाहरूको आवश्यकता पर्छ ।
विषादीको अवशेष रहेका तरकारी र फलफूल उपभोगले पाचन प्रणाली, रगत, मिर्गाैला, कलेजो, आँखा, मुटु, नसालगायतका अंगमा जटिल रोग देखापर्नेगर्छ
मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने प्रायः सबै तŒव प्रचुर मात्रामा तरकारीमा पाइन्छ । तरकारीमा पानीको मात्रा, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, खनिज पदार्थ र बढी मात्रामा रेसा हुन्छन्, जसले पाचन प्रक्रिया सुचारु राख्नमा सहयोग गर्छ । जसका लागि विभिन्न प्रकारका तरकारी जस्तै हरियो सागसब्जी, कन्दमुल तथा जरे तरकारी, कोसेबाली तरकारी, फल तरकारीको उपभोग गर्नुपर्छ । यसैैगरी धनियाँ, लसुन, अदुवा, खुर्सानी, पुदिना, मेथी, रायो, प्याज आदि तरकारीमा पनि मानव जीवनलाई स्वस्थ राख्न आवश्यक अनेक तŒव हुन्छन् । कौसीमा गरिने विषादीरहित तरकारी बालीमा विभिन्न किसिमका पौष्टिक तŒव दिने खालका बालीनाली हुनुपर्छ । यस्ता तरकारी सेवनबाट हामी कुपोषणबाट टाढा रहनुका साथै सूक्ष्म विषको असरबाट समेत बच्न सकिन्छ । यसैगरी उपत्यकाको बढ्दो सहरी जनसंख्यासँगै तरकारीको माग पनि बढ्दो छ । उपत्यकामा दैनिक १ हजार टन तरकारी तथा फलफूल खपत हुने गरेको छ ।
हाल उपत्यका कालीमाटी तरकारी तथा फलफूल बजारले दैनिक ५ सय देखि ६ सय टनसम्म तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ । वर्षौंदेखि सञ्चालनमा आएको कालीमाटी तरकारी बजार समितिले धादिङ, काभ्रेपलाञ्चोकलगायतबाट बढी मात्रामा तरकारी भिœयाउने गरेको छ । कालीमाटीले उपत्यकाको करिब ७० प्रतिशत बजार ओगटेको छ । सो बजार समितिका भनाइअनुसार मागबमोजिमा पूर्ति गर्न सकेको छैन । नेपालका विभिन्न जिल्लामा तरकारी तथा फलफूल कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सकेका छैनन् । तरकारी छिटो बिक्री गर्नुपर्ने वस्तु हो तर सहर पु-याउन समस्या भएकाले कतिपय कुहिएर बिग्रने गरेको किसान गुनासो गर्छन् ।