कालिका कन्सट्रक्सनले खनेकाे खाल्डाेमा परेर बालककाे मृत्यु

चुरे मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा निर्माण कार्यको शिलशिलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले निर्माण कम्पनीमा तोडफोड गरेका छन् ।

आक्रोशित स्थानीयहरुले निर्माण कम्पनी कालिका कन्ट्रक्सनमा आगजानी तथा तोडफोड गरेका हुन् । मंगलबार राती स्थानीयले सोही कन्ट्रक्सनको बोलेरोमा आगजनी गरेका थिए ।

मकवानपुरको बागमती गाउँपालिका वडा ८ स्थित कालिका कन्ट्रक्सन नजिकको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय फापरबारी शान्तिपुरका १० वर्षीय सागर सारुको मंगलबार दिउँसो मृत्यु भएको थियो । त्यसपछि स्थानीयले नजिक रहेको कन्ट्रक्सनमा आगजानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

कन्ट्रक्सनले बनाएको पोखरीको कारण बालकको मृत्यु भएको भन्दै गए राति ९ बजे कन्ट्रक्सनको एक बोलेरो सवारीमा आगजानी, जेसिबि र कार्यलय परिसरमा तोडफोड गरेको प्रवक्ता रिमालले बताए । उनका अनुसार आगजानी र ताडफोडमा संलग्न एक जनालाई पक्राउ गरिएको छ । घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरी मकवानपुरको बकैया गाउँपालिका ८ स्थित खजिलदमारमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

खेत जोत्ने क्रममा प्रदेश नं ३–००१ त २५२ नंबरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले थिचेर चालक बकैया–३ का २२ वर्षीय बुद्ध भोलोनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुर जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर