Monday, September 27, 2021
Your Ads Here
HomeEditor-Picksसेयर बजार हालसम्मकै उच्च बिन्दुमा

सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज ं(नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि जाने प्रमुख कारण हुन् । यस दिन बिमा र होटेल तथा पर्यटन समूहमा बढी आकर्षण देखिएको थियो ।

प्रायः साउन–भदौमा सेयर बजारमा रौनकता आउने गर्छ । यस समयलाई सेयर बजारको प्रमुख सिजनका रूपमा लिइन्छ । साउन मसान्तसम्म सबै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्ने र त्यसपछि लाभांश घोषणा हुने भएकाले सेयर बजारमा लगानीकर्ता सक्रिय हुने जानकारहरू बताउँछन् ।

३१ सयको बिन्दुपार गर्दै फर्कियो नेप्से

पछिल्लो समय नयाँ उचाइमा पुगेको बजारले हरेक दिन उच्च बिन्दुको रेकर्ड बनाउने र अर्को दिन घट्ने प्रवृति देखिएको छ । आइतबारको रेकर्ड मंगलबार र मंगलबारको रेकर्ड बुधबार तोडिएको छ । १५ दशमलव ३० अंकले बढेको बजारमा २ सय १९ कम्पनीको १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता सेयर कारोबार भएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये नौवटा उपसमूह बढेका छन् भने बाँकी घटेका छन् । बुधबार निर्जीवन बिमा समूह सर्वाधिक ४४९ दशमलव ५६ अंकले बढ्दा जीवन बिमा समूह ४३१ दशमलव ३८ अंकले बढेकोे छ । प्रतिशतका आधारमा भने सबैभन्दा बढी होटल तथा पर्यटन समूह ७ दशमलव शून्य ९ प्रतिशतले बढेको छ ।

त्यस्तै, फाइनान्स समूहसमेत ७० दशमलव १६ अंकले, विकास बैंक ४८ दशमलव ३६ अंकले, लघुवित्त ३७ दशमलव २४ अंकले, लगानी, व्यापार र अन्य समूहसमेत बढेका छन् । बाँकी जलविद्युत्, बैंकिङ, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड घटेका छन् ।

यस दिन नारायणी विकास बैंक, मल्टिपर्पोज फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य ठीक १० प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावरको ३६ करोड ५३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख र सानिमा माइ हाइड्रोको ३१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् शून्य दशमलव शून्य २ अंकले बढेर ५ सय ७४ दशमलव ३२ को बिन्दुमा आइपुगेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 90 times, 1 visits today)

आजको समाचार

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

काठमाडाैं ।  नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको...

कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका...

साताका लोकप्रिय समाचार

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल

  काठमाडाैं ।  सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद्...

ट्रेन्डिङ

भारतीय कलाकार सुशान्तको हत्या भएको आशंका गर्दै परिवारद्वारा अनुसन्धान माग

विहार । आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले...

लेवान्डोस्की फिफा वर्ष खेलाडी

लन्डन । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की फिफा वर्ष अवार्ड प्रदान गरिएको छ । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)