पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

गत २६ चैतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पत्रका आधारमा संसद् सचिवालयले आफूहरूलाई सांसद् पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद् पदमा पुनर्बहालीको माग गर्दै अदालत गएका हुन् ।

आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले २३ असारमा दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन् । पूर्वमाओवादीका चार जनाले दायर गरेको रिटको पेसी १४ साउन अर्थात् आजका लागि तोकिएको छ ।

उता, सांसदको पुनर्वहालीको माग गर्दै दायर रिटमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफू एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको दाबी गरेका छन् । एमाले पार्टीको सदस्यता नलिएको समेत उनले दाबी गरेका छन् ।

२३ फागुनमा सर्वोच्च अदालतले ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आधिकारिता दिँदै नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिएपछि रायमाझी एमालेमा रहेका थिए । रायमाझीले एमालेमै रहने निर्णय गरेसँगै माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफसमेत नदिएपछि माओवादी केन्द्रले रायमाझीलाई पार्टीबाट र सांसद पदबाट निष्कासन गरेको जानकारी संसद् सचिवालयमा गराएको थियो । माओवादी केन्द्रबाट निर्वाचित रायमाझीलाई कारबाही गरेसँगै २६ चैतमा संसद् सचिवालयले उनलाई सांसद पदबाट हटाएको थियो ।

उनले माओवादी केन्द्रले आफूलाई कुनै स्पष्टीकरण नसोधेको र सफाईको मौका पनि नदिएको दाबी गर्दै सर्वोेच्चमा रिट दर्ता गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी