Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picksकोरोनाको पीडा भुलाउँदै हास्य शृंखला

कोरोनाको पीडा भुलाउँदै हास्य शृंखला

डब्बु क्षत्री,
sharethis

काठमाडौं । कोरोनाको महामारीपछि तीन महिना लामो निषेधाज्ञा केही खुकुलो भएको छ । यो खुकुलोसँगै टेलिभिजनबाट फेरि हास्य शृंखला प्रस्तुत हुन थालेका छन् ।

यसै क्रममा निर्देशक अर्जुन घिमिरे (पाडे बा) र कुमार कट्टेल (जिग्री)कोे संयुक्त निर्देशनमा हरेक साता हिमालय टेलिभिजनबाट हास्य शृंखला सक्किगोनी प्रसारण गर्दै आएका छन् । यो हास्य शृंखला निषेधाज्ञा खुकुलो भएपछि हिमालय टेलिभिजनबाट प्रसारण हुन थालेको हो । यो शृंखलाका निर्देशकद्वय पाडे र जिग्रीका अनुसार यतिबेला कोरोना संक्रमणका कारण नेपाली निकै पीडामा छन् । सो पीडालाई केही मात्रामा भए पनि शान्त गर्न यो शृंखलाले सघाइरहेको छ ।

हरेक बिहीबार बेलुका ८ः४५ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो हास्य शृंखलामा अर्जुन घिमिरे, कुमार कट्टेल, दीपक आचार्य, कमलमणि नेपाल, सागर लम्साल बलेलगायतको मुख्य भूमिका रहेको छ । कोरोनाको महामारीपछि निषेधाज्ञामा यो शृंखला दुई महिना बन्द भएको थियो ।

यस्तै कान्तिपुर टेलिभिजनबाट विगत ९ वर्षदेखि साप्ताहिक रूपमा प्रस्तुत हुँदै आएको हास्य शृंखला हर्के हल्दारले पनि अहिलेको अवस्थामा मनोरञ्जन प्रदान गर्दै आएको यसका निर्देशक विष्णु सापकोटाको कथन छ ।

निषेधाज्ञाका बेला नयाँ शृंखला दिन नसकी घरमै कैदी जस्तो भएर बस्नु पर्दाका पीडा र छटपटीबारे व्याख्या गर्ने शब्द कलाकार तथा निर्देशक विष्णु सापकोटासँग छैन । अहिले पनि जनजीवन सामान्य हुन नसकेको बेला आफूहरूले सामाजिक दूरी कायम गर्दै यो हास्य शृंखला निर्माण गरेर दर्शकको पीडा भुलाउने काम गरेको यी निर्देशकको कथन छ ।

हास्य शृंखला हर्के हल्दारमा विष्णु सापकोटा, शिवहरि बैरागी, इन्द्रदोङ लामा, रोशनी सापकोटा, सुरेन्द्र केसी, शिव शर्मा, सरु दाहाल, अनिता कार्की, अनु रुवालीसहितको अभिनय यो शृंखलामा रहेको छ । समसामयिक हास्य शृंखलाका रूपमा परिचित हर्के हल्दारलाई विष्णु सापकोटा र इन्द्रदोङ लामाले निर्देशन गर्दै आएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वायु प्रदूषणको अवस्था खतरनाक

यस्तै नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको हास्य व्यंग्य टेलिशृंखला मेरीबास्सैले पनि अहिलेको अवस्थामा दर्शकलाई सक्दो मनोरञ्जन दिने प्रयास गरिरहेको यो शृंखलाको निर्माण पक्षको कथन छ । यो शृंखलालाई दमन रुपाखेतीले निर्देशन गर्दै आएका छन् । यो शृंखला हरेक शुक्रबार बेलुका ८ः४५ बजे नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको छ । मेरी बास्सैमा लक्ष्मी गिरी, सुरवीर पण्डित, दमन रुपाखेती, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, सुरज चापागाईं, पल्पसा डंगोल, जानुका पौडेल, निरु खड्कासहितको मुख्य भूमिका यसमा रहेको छ । अहिलेको अवस्थामा आफूहरूले यो शृंखलाबाट दर्शकलाई थोरै भए पनि मनोरञ्जन दिन सकेको दाबी यसका निर्देशक रुपाखेतीको छ ।

नेपाल टेलिभिजनबाटै प्रसारण हुँदै आएको अर्को हास्यप्रधान टेलिशृंखला हल्का रमाइलो हो । यो शृंखला पनि एक महिनाअघिबाट पुनः प्रसारण हुन थालेको हो । कोरोना संक्रमणको निषेधाज्ञापछि यो शृंखला पनि दुई महिनाका लागि बन्द भएको थियो । यो शृंखलालाई राजु बल्छी अर्थात् राजु पौडेल र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले निर्देशन गर्दै आएका छन् । यो शृंखलामा राजु पौडेल, बल्छी धुर्वे, शारदा गिरी, कृष्ण शिवाकोटी, शम्भु थापा, कमला रेग्मी, स्टु कार्की, अनिता बस्नेतसहितको मुख्य भूमिका रहेको छ ।

यी मात्र हैनन्, अहिले अन्य टेलिभिजन र युट्युब च्यानलबाट पनि थुप्रै हास्य शृंखला धमाधम प्रसारण हुँदै आएका छन् । यी सबैको उद्देश्य भनेकै अहिलेको अवस्थामा दर्शकलाई मनोरञ्जन दिनु रहेको यी शृंखलाका निर्माताको कथन छ ।

तपाइको प्रतिक्रिया

(Visited 69 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

आजको समाचार

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

साताका लोकप्रिय समाचार

सेतीमा २ जना कोरोना संक्रमितको मृत्यु

  धनगढी । धनगढीमा दुई जना कोरोन संक्रमितको मृत्यु भएको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

भरतमणी पाैडेललाई कमेडी च्याम्पियनको उपाधी

  काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पाैडेलले जितेका छन् । फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले...

कांग्रेस महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । कांग्रेसले पहिलो चरणमा...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

ट्रेन्डिङ

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वास मत लिन चाहेकाले राष्ट्रपतिले आगामी २७ वैशाख...

क्वारेन्टाइनमा एक महिलाको मृत्यु

बैतडी । बैतडीमा एकजना क्वारेन्टाइनमा बसेका ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको पुरचौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका भटनाकै २२ बर्षिय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)