Thursday, September 16, 2021
Your Ads Here
Homeबिचारनिजामती सेवामा नागरिक बडापत्र

निजामती सेवामा नागरिक बडापत्र

लक्ष्मीविलास कोइराला,
sharethis

जनताले आफ्नो सुरक्षा र आवश्यक सेवा उपलब्ध गराउन जनताले राज्य र सरकारको स्थापना भएको हो । प्रजातान्त्रिक, अधिनायकवादी, कम्युनिस्ट, तानाशाहीजस्तो प्रकारको सरकार भए पनि त्यो सरकारको सिद्धान्ततः मुख्य धर्म र कर्तव्य जनताको सेवा गर्नु र जनताको सुरक्षा गर्नु हो । सरकार भनेको निर्वाचित वा वंश परम्परा वा विद्रोहबाट स्थापित राजनीतिक पदाधिकारी तथा नियुक्त कर्मचारीतन्त्रको योग हो । जनताले सरकार बनाए पनि सरकार जनतालाई सेवा, सुरक्षा र सुविधा दिन चुक्दै गयो । कर्मचारीतन्त्रको अनुत्तरदायी, अपारदर्शी ढिलासुस्ती तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, जनतामाथि शासन गर्न उद्यत हुनेजस्ता आलोचना भए । कर्मचारीतन्त्रलाई निकम्मा भन्दै विकल्प खोज्ने र अपनाउने प्रयास पनि भए । कर्मचारीतन्त्रका विकल्प पनि प्रभावकारी बन्न सकेनन् कर्मचारीतन्त्रको नै सुधार गरेर जानुपर्छ भन्ने अवधारणाको विकास भयो ।

सार्वजनिक सेवा प्रवाहमा प्रक्रियामूलक र परिणाममूलक दुई धार छन् । प्रक्रियामूलक सेवाप्रवाह धारले प्रक्रिया, विधि र कागजपत्र पुगे नपुगेको सूक्ष्म रूपमा हेर्ने गर्छ र जनताको सुविधा वा आफ्नो कामको नतिजा हेर्दैन । परिणाममूलक सेवा प्रवाहको धारले जनताको सुविधा र परिणाम हासिललाई मुख्य मान्छ । परिणाम प्राप्त गर्ने भन्दैमा प्रक्रिया र कानुन मिचेको भने हुँदैन । परिणाम प्राप्त गर्न प्रक्रिया, विधि र कागजपत्रको झन्झटलाई मात्र सरलीकरण गर्छ । प्रक्रियामूलकबाट परिणाममूलक सेवाप्रवाहमा रूपान्तरण गर्ने भनेको नै कर्मचारीतन्त्रका दोषको सुधार गर्नु हो ।

सार्वजनिक प्रशासनको कर्मचारीतन्त्रीय दृष्टिकोणको सुधारले नयाँ सार्वजनिक व्यवस्थापनको अवधारणाको विकास भयो । कर्मचारीतन्त्रको सुधार गर्दै जनतालाई सेवा प्रवाह गर्ने सरकारी प्रक्रिया छोट्याउन, जनतालाई निजी क्षेत्रले ग्राहकलाई सेवा दिएझंै सेवा दिन र सार्वजनिक कार्य प्रणालीमा निजी क्षेत्रका विशिष्ट विधि अपनाउन प्रेरित ग¥यो । जनतालाई सरल र गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक प्रशासनमा विकेन्द्रीकरण, निजीकरण र कार्यविधि सरलीकरणजस्ता सिद्धान्तनुरूप सुधार भए । राज्यशासन प्रणालीमा जनता मुख्य (प्रिन्सिपल) र सरकार एजेन्ट भएकाले जहिले पनि एजेन्ट प्रिन्सिपलप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्यताको विकास भयो । नयाँ सार्वजनिक सेवाले जनतालाई ग्राहक मानेर होइन कि नागरिक मानेर सेवा प्रवाह गर्नुपर्छ भन्ने अवधारण अगाडि सार्दै सार्वजनिक क्षेत्रको भूमिकालार्ई बढी जोड दियो ।

सार्वजनिक प्रशासनले जनतालाई आवश्यक सेवा नियमित, गुणस्तरीय पारदर्शी रूपमा उपलब्ध गराउनु मुख्य जिम्मेवारी हो

सार्वजनिक सेवा प्रवाहमा आएको नीतिगत फड्कोले सेवा प्रवाहलाई नागरिकको नगिज पहुँचमा पु¥याउने जमर्को गरेको छ । जनताको सन्तुष्टिलाई उच्च प्राथमिकता दिएको छ । सार्वजनिक प्रशासनले जनतालाई आवश्यक सेवाहरू नियमित, गुणस्तरीय पारदर्शी रूपमा उपलब्ध गराउनु मुख्य जिम्मेवारी हो । राज्य शासन प्रणाली र सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायिता, सहभागिता विकेन्द्रीकरण र विधिको शासनको खोजी भयो । सुशासनको अवधारणाको विकास भयो । यस पृष्ठभूमिमा बेलायतका प्रधानमन्त्री जान मेजरले सन् १९९१ मानागरिक बडापत्रको अवधारण अगाडि ल्याए । जसले बेलायतको सार्वजनिक सेवाप्रवाहको क्षेत्रमा आमूल सुधार र प्रभावकारिता ल्यायो । त्यसपछि संसारका धेरै देशमा नागरिक बडापत्र अपनाउन थालियो ।

नगरिक बडापत्र सुशासनको आधारभूत तŒव हो । नागरिक बडापत्रको प्रमुख उद्देश्य सरकारी सेवा प्रवाहलाई पारदर्शी, जिम्मेवार र सरल बनाउनु र जनतालाई प्रभावकारी रूपमा प्रवाह गर्नु हो । सार्वजनिक निकायहरूले आफूले प्रदान गर्ने सेवा तथा सुविधा स्पष्ट रूपमा सेवाग्राहीले देख्न सक्नेगरी लिखित रूपमा राखिएको प्रतिबद्धतालाई नागरिक बडापत्र भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा, सार्वजनिक सेवा तथा वस्तुको उपलब्धता र प्राप्तिको विषय उल्लेख गरी सेवाग्राहीको जानकारीका लागि सेवा प्रदायक निकायमा सबैले देख्ने गरी टाँसिएको सूचनालाई नागरिक बडापत्र भनिन्छ । सेवा प्रदायक निकायहरूले सार्वजनिक सेवा प्राप्त गर्न नागरिकले पु¥याउनुपर्ने कागजपत्र, प्रक्रिया, सेवाको गुणस्तर, सेवा प्राप्त गर्न लाग्ने समयावधि र लागत सम्बन्धमा एकपक्षीय रूपमा गरिएको प्रतिबद्धता हो, नागरिक (सार्वजनिक÷उपभोक्ता, ग्राहक) बडापत्र । नागरिकहरूलाई सेवासम्बन्धी सुसूचित गर्ने औजार नै नागरिक बडापत्र हो । बडापत्रमा गरिएको प्रतिबद्धताहरू पूरा गर्नु सेवाप्रदायक निकायको मुख्य कर्तव्य मानिन्छ । यसकारण नागरिक बडापत्र नवीन व्यवस्थापन अवधारणाको एउटा पाटो हो ।

उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८ ले नेपालको सार्वजनिक प्रशासनमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिक बडापत्र कार्यान्वयनमा ल्याउन गरेको सिफारिस र सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन २०६४ जारी भएपछि निजामती सेवामा नागरिक बडापत्रको वैधानिक प्रवेश भयो । सुशासनसम्बन्धी नियमावली २०६५ मा नागरिक बडापत्रसम्बन्धी कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण, सेवाप्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको विवरण, पेस गर्नुपर्ने आवश्यक कागजात प्रस्ट हुनुपर्ने उल्लेख गरिएको छ ।

सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई जवाफदेही र विश्वसनीय तुल्याई सेवा प्रदान गर्ने निकाय र व्यक्तिलाई बढी जिम्मेवार, कामप्रति उत्तरदायी बनाउँदै सार्वजनिक निकायले नागरिक बडापत्र राखी बडापत्रमा प्रतिबद्धता गरिएबमोजिम सेवाप्रवाह नभएको भनी सेवाग्राहीले उजूरी गरेमा क्षतिपूर्ति प्रदान गर्नेगरी २०६९ साल माघ १५ गतेदेखि क्षतिपूर्तिसहितको नागरिक बडापत्रसम्बन्धी निर्देशिका, २०६९ पनि कार्यान्वयनमा आएको छ । निर्देशिकाअनुसार सार्वजनिक निकायहरूले आफूले प्रदान गर्ने सेवामा क्षतिपूर्ति प्रदान गर्ने र नगर्ने सेवाहरू छुट्याइ नागरिक बडापत्रमा उल्लेख गर्नुपर्नेछ । निर्देशिकाअनुसार कार्यालयले आफ्नो सेवासम्बन्धी सबै कुरा प्रकाशन गरी नागरिक बडापत्र कार्यान्वयनमा ल्याएका छन् ।

नागरिक बडापत्रको आवश्यकता देशमा सुशासन कायम गर्न महŒवपूर्ण हुन्छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिक बडापत्रको उच्च महŒव रहन्छ । नागरिक बडापत्रको सफल कार्यान्वयनले सरकारको इमेज राम्रो देखाउँछ । नागरिक बडापत्रको व्यवस्थाले सार्वजनिक निकायको कार्यसञ्चालन र कार्यविधिमा पारदर्शिता हुने, सेवाग्राहीलाई सार्वजनिक सेवा प्राप्त गर्न हकअधिकार सुनिश्चित भएको हुने, सेवाप्रदायक निकायले प्रदान गर्ने सेवासम्बन्धी प्रक्रिया तथा आवश्यक कागजपत्रको विषयमा जानकारी हुने, सेवाको प्रकृति, सेवा दिने जिम्मेवार पदाधिकारी, सेवाग्राहीलाई सेवा प्राप्त गर्न लाग्ने समय, तिनुपर्ने शुल्क, सेवा प्राप्त गर्दा भएको ढिलासुस्तीको गुनासो सुन्ने अधिकारीको सम्बन्धमा अग्रिम जानकारी हुने व्यवस्था गरेकाले सेवाप्रवाह राम्रोसँग हुने वातावरण निर्माण भएको हुन्छ । यसर्थ, नागरिक बडापत्रले सार्वजनिक सेवाबारे नागरिकलाई सुसूचित गरेको र जनअसन्तुष्टि बढाएको हुन्छ । यसले सार्वजनिक सेवा प्राप्त गर्नुलाई जनताको हकका रूपमा स्थापित गराएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वर्तमान सरकार र जनअपेक्षा

नागरिक बडापत्रले लोकतन्त्रका लाभको उचित वितरण गर्न सहयोग पु-याएको, सार्वजनिक सेवालाई वैज्ञानिकीकरण गरेको तथा सेवा प्रवाहमा पारदर्शिता ल्याएको छ भने सेवाग्राही नागरिकलाई सशक्तीकरण पनि गरेको छ । सेवा प्रदायक र सेवाग्राहीबीच हार्दिक सम्बन्ध विकास गरेको पनि छ । कर्मचारीतन्त्रको कार्यदक्षता र प्रभावकारिता बढाएको देखिन्छ भने कर्मचारीतन्त्रलाई उत्तरदायी र नैतिकवान् बनाउन बल पु-याएको पनि पाइन्छ । सार्वजनिक सेवाप्रवाहको बडापत्र यस्तो माध्यम हो जसले सरकारको छविलाई नागरिकको बीचमा र जनताका आवश्यकता र चाहनालाई सरकारको नजरमा पु-याउने गर्छ । साथै, नागरिक बडापत्रले सार्वजनिक सेवाको प्रभावकारिता तथा सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व, गुणस्तरीयता बढाई सुशासन कायम गर्न बल पु-याएको पनि हुन्छ ।

क्षतिपूर्तिसहितको नागरिक बडापत्रमार्फत् जनताले सार्वजनिक निकायसँग प्रश्न गर्न र सेवा प्राप्त गर्ने आफ्नो हक भएको दाबी गर्न सक्ने र सार्वजनिक निकायले पनि जवाफ दिन सक्ने वातावरण बन्नुपर्छ ।

नागरिक बडापत्रको प्रभावकारिता नागरिकको सन्तुष्टिमा उद्घाटित हुन्छ । क्षतिपूर्तिसहितको बडापत्र आएपछि कार्यालयका कर्मचारी केही सर्तक भए पनि सेवाग्राहीको चेतनामा वृद्धि भएको र कर्मचारीलाई काम भएन भन्न चाहने र सक्ने सोचको विकास भएको भने पाइँदैन । सामान्य सर्भे गर्ने हो भने र खोज्दै जाँदा सबैजसो कार्यालयमा नागरिक बडापत्र आमनेसामने, कुनाकाप्चाका भित्तामा लेखिएको वा ल्फेसमा लेखेर टाँगिएको भेटिन्छ । तर, सो नागरिक बडापत्रमा के लेखिएको छ स्वयं सोही कार्यालयका कर्मचारीलाई जानकारी भएको पाइँदैन । सेवाग्राहीले त सुरुमा नागरिक बडापत्र हेरेका हुँदैनन् । हेर्नेले सोअनुरूप काम हुन्छ भनेर पत्याउँदैनन् । पत्याएर कर्मचारीलाई भन्यो भने कर्मचारीले सेवाग्राहीलाई टेर्दैनन्। गुनासो गर्न गयो गुनासोको छिनोफनो तुरुन्तै हुँदैन । कर्मचारी चिढ्याउन मात्रै किन गर्ने गुनासो भन्ने पनि सेवाग्राहीको मनोभावना रहेको देखिन्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

सेवाग्राहीलाई नागरिक बडापत्रमा भएबमोजिम क्षतिपूर्ति भराउने भन्ने आँट र चाहना दुवै देखिँदैन । सरकारी कार्यालयमा नागरिक बडापत्रबारेमा जनतालाई जानकारी दिन फ्रन्टडेस्क छैन । कुनै कार्यालयमा फ्रन्ट डेस्क भए कर्मचारी हँुदैनन् । कर्मचारी भए नागरिक बडापत्रबारे सेवाग्राहीलाई चित्त बुझ्ने गरी बताउन सक्दैनन् । नागरिक बडापत्रअनुसार सेवा दिने लिने संस्कृतिको अभाव छ । महŒवपूर्ण सार्वजनिक सेवाप्रवाह बिचौलियामार्फत हुने कारण पनि नागरिक बडापत्रको व्यवस्था महŒवहीन बन्न पुगेको हो । बडापत्रको कार्यान्वयनमा उच्च सरकारी प्रतिबद्धताको सदैव कमी देखिन्छ । नागरिक बडापत्र कार्यान्वयन भएको छ छैन् कसैले अनुगमन गर्ने व्यवस्था छैन् । नागरिक बडापत्रको कानुनी हैसियत पनि अस्पष्ट छ र क्षतिपूर्तिको व्यवस्था कर्मचारी तर्साउने खेलो मात्र बन्न पुगेको छ । यसकारण नागरिक बडापत्रको कार्यान्वयनमा अपेक्षित उत्साहको कमी रह्यो । नागरिक बडापत्र झारा टार्ने वा बच्ने हिसाबमा मात्र रह्यो सफल कार्यान्वयन हुन सकेन । कार्यान्वयन र जनताको सन्तुष्टि मापन गर्ने कुनै सूचक छैन । परिणामस्वरूप नागरिक बडापत्र भित्तेपर्चाको रूपमा सीमित हुन पुग्यो र सार्वजनिक सेवाप्रवाहको स्थितिमा खासै सुधार आउन पनि सकेन ।

नागरिक बडापत्रको प्रभावकारिता मुख्य रूपमा सार्वजनिक निकाय, कर्मचारीको व्यवहार, सेवाग्रही चेतना, कार्यप्रणाली र कार्यवातावरणमा निर्भर गर्छ । सार्वजनिक सेवा प्रदायक निकायहरू केन्द्र, प्रदेश र स्थानीय तहसम्म फैलिएका छन् । सार्वजनिक निकाय नागरिक बडापत्रबमोजिम सेवा दिन र व्यवहार गर्न तत्पर हुनुपर्छ । ती निकायले नागरिकलाई उपलब्ध गराउने सेवा प्रक्रियाको हिसाबले सरल, समयको हिसाबले छिटो, परिणामको हिसाबले गुणस्तरीय, खर्चको हिसाबले मितव्ययी र कर्मचारीको व्यवहारका दृष्टिले नागरिकमैत्री हुनुपर्छ । नागरिक बडापत्रको कार्यान्वयनले सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन्छ । यसका लागि नागरिक बडापत्रलाई जनतालाई जानकारी हुनेगरी विद्युतीय माध्यममा प्रर्दशन गर्ने, अनलाइन सार्वजनिक सेवा दिने व्यवस्था गर्नुपर्छ भने कर्मचारीको कार्यसम्पादन मूल्यांकनसँग यसकोे कार्यान्वयनलाई आबद्ध पनि गर्नुपर्ने देखिन्छ ।

सार्वजनिक सरकारी कार्यालयमा नागरिक बडापत्रको विषयमा सेवाग्राहीलाई जागरुक बनाई उनीहरूलाई नागरिक बडापत्रअनुसार सेवा प्राप्त गर्न सक्रिय बनाउनुपर्छ । साथै निजी क्षेत्रका कार्यालयमा पनि नागरिक बडापत्र राख्ने व्यवस्था गर्नु गराउनु आवश्यक देखिन्छ । प्रशासकीय समाजमा रहेका तालुक अड्डा, राजनीतिज्ञ, समाजसेवी, बिचौलिया र सरोकारवालाले सार्वजनिक सेवा प्रवाह नागरिक बडापत्रअनुरूप भए नभएको अनुगमन गर्ने र पक्षपोषण गर्ने वातावरण निर्माण गर्नुपर्छ । क्षतिपूर्तिसहितको नागरिक बडापत्रको माध्यम जनताले सार्वजनिक निकायसँग प्रश्न गर्न र सेवा प्राप्त गर्ने आफ्नो हक भएको दाबी गर्न सक्ने र सार्वजनिक निकायले पनि जवाफ दिन सक्ने वातावरणको निर्माण भयो भने त्यो नै नागरिक बडापत्रको सफल कार्यान्वयनको सूचक हुनेछ ।

तपाइको प्रतिक्रिया

(Visited 105 times, 1 visits today)

आजको समाचार

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

साताका लोकप्रिय समाचार

नेपालले आज अमेरिकासँग आईसीसी विश्वकप लिग–२ खेल्दै

काठमाडौं । सोमबारबाट सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकासँग खेल्दै छ । खेल...

नयाँ लुक्समा देखिए कोरियाली नेता किम, एक वर्षमा घट्यो २० किलो तौल

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मक रुपमा ‘स्लिम’ देखिएका छन् । प्योङयाङमा आयोजित एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो...

कक्षा १२ को परीक्षा आजबाट, ३ लाख ७४ हजार परिक्षार्थी सहभागी

  काठमाडौं । कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको...

गैंडाकोट दुर्घटनाका २० घाइतेको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)

  चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार...

१६ जना सीडीओकाे सरुवा (को कहाँ ?)

  काठमाडौं । सरकारले १६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । हिजो (मंगलबार) ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको...

ट्रेन्डिङ

प्रदेश २ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न प्रभु साहको विशेष प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले प्रदेश–२ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)