Thursday, September 16, 2021
Your Ads Here
Homeभर्खरैएमसीसी सम्झौता राष्ट्रहितमा छैन, राष्ट्रघाती छ : भीम रावल

एमसीसी सम्झौता राष्ट्रहितमा छैन, राष्ट्रघाती छ : भीम रावल

राजधानी समाचारदाता,
sharethis

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उनले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गरे ।

‘पहिला अनुमोदन होस् अनि पो कार्यालय खोल्ने र अन्य काम अघि बढाउने भन्ने कुरा हुन्छ’, डा रावलले भने, ‘एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाँझिने खालका छन्, राष्ट्र हितमा छैन ।’ उपाध्यक्ष डा रावलले एमसिसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसक्ने जिकिर लिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

उनले कुनै पनि देशसित कूटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धि गर्दा देशको हितमा छ की छैन भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिए । उनले सबै सांसदले एमसिसीको अध्ययन गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गरे ।

उनले देशको हितलाई शर्तका रुपमा राखेर मुलुकको स्रोतको सदुपयोग गर्नतर्फ लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । देशको स्वाधीनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उनले एमसिसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर पनि गरे । ‘अनुदान हो भने त्यो कुरा स्पष्ट पार्नुपर्छ’ उनले भने ।

तपाइको प्रतिक्रिया

(Visited 40 times, 1 visits today)

आजको समाचार

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

साताका लोकप्रिय समाचार

एमसीसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष

  काठमाडौं । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’...

नयाँ लुक्समा देखिए कोरियाली नेता किम, एक वर्षमा घट्यो २० किलो तौल

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मक रुपमा ‘स्लिम’ देखिएका छन् । प्योङयाङमा आयोजित एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो...

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

हुण्डी कारोबारीकाे हेल्मेटभित्र पाँच लाख रुपैयाँ भेटियाे

  काठमाडौं । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा ४३ वर्षीय...

युवतीकाे शंकास्पद मृत्यु, हत्या आशंका

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा...

ट्रेन्डिङ

ललितपुरमा एकै परिवारका ४ जनामा कोरोना संक्रमण

ललितपुर । ललितपुरमा हिजो सोमबार एकै परिवारका ४ जनासहित ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गोदावरी नगरपालिकामा एक र ललितपुर महानगरपालिकामा–४...

सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिना असन्तुष्ट

काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)