Thursday, September 16, 2021
Your Ads Here
HomeBreaking Newsसक्रिय संक्रमित एक महिना यताकै उच्च

सक्रिय संक्रमित एक महिना यताकै उच्च

प्रशान्त वली,
sharethis

काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित हुने १२ वटा जिल्ला छन् । जसमा प्रदेश १ का मोरङ र सुनसरी बाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर, गण्डकी प्रदेशका नवलपरासीपूर्व रहेका छन् । यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको रूपन्देहीलगायतका रहेका छन् ।

पाँच दिनयता लगातार कोरोना संक्रमितको संख्या ३ हजारमाथि रहेको छ । गत सोमबार ३ हजार ४ सय २१, मंगलबार ३ हजार ८ सय ९९, बुधबार ३ हजार ८ सय ४०, बिहीबार ३ हजार ३ सय ६५ र हिजो शुक्रबार ३ हजार ६ सय ११ जना संक्रमित थपिएका थिए ।

हेलचेक्र्याइँका कारण कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन हुन नसक्दा जोखिम पुनः बढेको जनस्वास्थ्य विज्ञले बताउँदै आएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणबाट बच्न स्वयं व्यक्ति आत्मानुशासित हुनुपर्ने बताउँछन् । उनी मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता आंैल्याउँछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर तथा एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा ९ हजार ७ सय ८३ जनाको आरटी–पीसीआर विधिबाट र ४ हजार ८ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

शुक्रबार देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ । केही दिनयता गम्भीर संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ । देशभरका अस्पतालमा ६ सय ८६ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत छन् । हाल देशभर ३ सय ९० जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म ३५ लाख ९४ हजार २ सय २ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंमा छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८ सय ५० खोप नेपालले प्राप्त गरेको छ । प्राप्त भएको खोपमध्ये १६ लाख २१ हजार ७ सय ५४ जनाले कोरोनाविरुद्धको पूर्ण खोप र ३७ लाख ७९ हजार ९ सय ३२ जनाले खोपको दोस्रो मात्रा लगाएका छन् । सरकारले आगामी असोजसम्म खोप लगाउन योग्य ३३ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 107 times, 1 visits today)

आजको समाचार

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

साताका लोकप्रिय समाचार

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले...

संसदमा सभामुख सापकाेटाकाे सुरक्षामा तीन मर्यादापालक

  काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी हुन थालेपछि सभामुख अग्निप्रसाद सापकोटालाई तीनजना मर्यादापालकले सुरक्षा दिन थालेका छन् । गत शुक्रबारको बैठकमा सभामुख सापकोटालाई एमाले सांसद...

प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी हुन्, तर उनी धोकेबाज र छट्टु नेता हुन् : ओली

  काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन...

ट्रेन्डिङ

भारतमा कोरोनाबाट एकैदिनमा झण्डै २० हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी...

नेफ्टा अवार्ड रोकियो

काठमाडौं । चैत २२ मा आयोजना हुने भनिएको १०औं नेफ्टा फिल्म अवार्डसँगै अवार्डको मनोनयन स्थगित गरिएको छ । आयोजक नेपाल चलचित्र प्राविधिक संघले शनिबार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)