Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशदार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

निराजन पौडेल,
sharethis

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन । तुइनको भरमा भारतको बाटो हुँदै जिल्ला सदरमुकाम जान बाध्य नेपाली युवा बेपत्ता भएको विषयमा सरकार आन्तरिक छानबिनमै छ । घटना कसरी भयो छानबिनमै रहेको भन्दै सरकार अझै मौन छ ।

भारतीय सीमा सुरक्षा बलकै कारण नेपाली युवा महाकालीमा बेपत्ता हँुदासमेत भारतलाई ध्यानाकर्षण गर्न सकिरहेको छैन । न्यूनतम मानवीय संवेदना पनि नराखी गराएको यो घटना लुकाउन प्रयास भएको भन्दै स्थानीय बासिन्दाले सत्यतथ्य अनुसन्धान गर्न र एसएसबीका सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेका छन् । नदी तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

स्थानीयले कारबाही गर्न माग गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र पठाउँदै घटनाको छानबिन गर्न आग्रह गरेको छ । प्रशासनले पनि तुइनको डोरी खोल्न खोज्दा दुर्घटना भएको बेहोराको पत्र पठाएको छ । जबकि एसएसबीले तुइन काटेको फोटो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

तुइनबाट महाकाली नदीमा खसेर युवक बेपत्ता भएको घटना छानबिन गर्न तीनवटा सुरक्षा निकायका अधिकारी घटनास्थलमा गएका छन् । सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

आन्तरिक छानबिन सुरु

दार्चुला घटनाबारे छानबिन गर्न सरकारले गृहचसचिवको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको छ । तर, परराष्ट्र मन्त्रालय तहबाट अहिलेसम्म घटनाबारे छानबिनका लागि भारतसँग आग्रह नभएको परराष्ट्रका एक अधिकारीले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

घटनाको विषयमा विस्तृत छानबिन गरेपछि मात्रै भारत सरकारसँग वा दिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारसँग कुराकानी गर्ने तयारी भइरहेको ती अधिकारीले जानकारी दिए । ‘घटनाबारे सत्यतथ्य यकिन पत्ता लागेपछि मात्रै भारतसँग संवाद गर्ने तयारी छ,’ ती अधिकारीले भने, घटनाको विषयमा छानबिनपछि मात्रै सरकारले धारणा राख्नेछ ।’ घटनाको विषयमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावाससँग हालसम्म छलफल नगरेको बुझिएको छ । हाल परराष्ट्रमन्त्री नभएकाले त्यसको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले लिने गरेका छन् । घटना लगतै गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री देउवालाई जानकारी गराएपछि गृह सचिवको नेतृत्वमा छानबिन समिति बनेको हो । छानबिन समितिले प्रधानमन्त्रीलाई घटनाको यथार्थ प्रतिवेदन नबुझाएसम्म सरकार सो घटनामा मौन बस्ने देखिएको छ ।

महाकाली घटनामा दलहरू माैन

महाकाली नदीमा बेपत्ता युवाको विषयमा राजनीतिक दलहरू अझै मौन देखिए पनि नेताहरूले भने आफ्नो व्यक्तिगत धारणा राखेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर भत्र्सना गरेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न भनेका छन् ।

त्यस्तै, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाको सरकारले छानबिन गर्नुपर्ने बताएका छन् । उनले भारत सरकारलाई सो घटनाको संलग्नलाई कारबाही गर्नका लागि ध्यानाकर्षण गराएका छन् । सरकारले भारतसँग सो विषयमा कुरा उठाउन र ध्यानाकर्षण गर्न भनेका छन् ।

 

तपाइको प्रतिक्रिया

(Visited 63 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

आजको समाचार

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

साताका लोकप्रिय समाचार

प्रम र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास...

एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप तीव्र

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आइपुगेकी छिन् । नेपाल आएलगतै उनले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता...

दिल्लीबाट झलनाथको सनाखत नजिर देखाउँदै सर्वोच्चले माधवका सम्धीलाई खोल्यो नेकपा एस रोज्ने बाटो

  काठमाडौं । सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलेको छ । पाण्डे समाजवादी पार्टीका...

१४८६ संक्रमित थपिए, १६ जनाको निधन

  काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ४८६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४...

देउवाविरुद्ध पौडेल समूह आक्रामक

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा...

ट्रेन्डिङ

बायर्नको स्पष्ट अग्रता

म्युनिख । साबिकको विजेता तथा उपाधि दाबेदार बायर्न म्युनिखले कोभिड–१९ को महामारीबीच सुचारु भएको जर्मन बुन्डेस लिगामा सहज जित हात पार्दै उपाधि यात्रालाई थप...

ब्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्रीले राखिन् बोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकामा व्यक्तिले हडपेको सरकारी जग्गामा भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाडेकी छन् । आइतवार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)