Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशवीर अस्पतालका कर्मचारी आन्दोलनमा

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडवरीका अनुसार प्रहरी हस्तक्षेपमा ४ जना कर्मचारी घाइते भएका छन् । वार्ताकै क्रममा प्रहरीले चार जना महिला कर्मचारीमाथि हातपात गरेको आन्दोलनकारीले बताएका छन् ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले कर्मचारीको हकहितमा काम नगरेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीले ८ महिनादेखि नपाएको कोभिड—१९ जोखिम भत्ता पाउनुपर्ने, औषधी उपचार भत्ता, सेवा विस्तार भत्ता पाउनुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् । स्वास्थ्यकर्मीले अस्पताल सुधारको माग गर्दै आएका छन् । कर्मचारीले डा.गौतमले गैरकानुनी रूपमा स्वास्थ्य सामग्री प्रक्रिया अगाडि बढाएको आरोप लगाएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुवराज आचार्यले अस्पतालमा कार्यरत कर्मचारीले खाइपाई आएको सुविधा लामो समयदेखि नपाएको बताए । उनले भने, ‘कोभिड भत्ता, सेवा विस्तार भत्ता, औषधि खरिद खर्च, रेडियोलोजी तथा प्याथोलोजी हाजार्ड भत्ता विगत लामो समयदेखि पाउन सकेका छैनौं । तर, प्रमुख प्रशासकीय अधिकृतले म तपाईँहरूको माग सम्बोधन गर्न सक्दिनँ जे गर्न सक्नुहुन्छ गर्नुस्, भन्नुभयो ।’

वीरका कर्मचारीले माग सम्बोधन नहुँदासम्म आन्दोलन नरोकिने बताएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 100 times, 1 visits today)

आजको समाचार

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

साताका लोकप्रिय समाचार

मिटर ब्याजको जालो : न जमिन रह्यो, न पैसा

  इटहरी । सप्तरीको खडक नगरपालिका–८ का बच्चालाल साहले गाउँकै महाजन रामदेव साहबाट २०६६ साउन ३० मा ४ लाख २९ हजार ऋण लिए । ७...

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब नजिक

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ५२ करोड रूपैयाँ...

उपाध्यक्ष फातिमा भइनन् ढुक्क

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले...

पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

पन्जशिर । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक...

तालिबानमा देखिएको लचकता

काबुलमा तालिबानको पुनारागमनसँगै पश्चिमासहित पूर्वीय देशहरूले पनि तालिबान पुरानै छन् वा फेरिएर आएका छन् भनी जिज्ञासा प्रकट गरिरहेका थिए । एकआपसमा तालिबानबारे विभिन्न धारणा...

ट्रेन्डिङ

नारायणी र राप्ती नदीमा भेटिए पाँच शव

चितवन । जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको...

माटोको ढिस्कोले पुरिएर एक बालकको ज्यान गयो, एक घाइते

बर्दिया । माटोको ढिस्कोले पुरिएर एक जना बालकको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारका १० वर्षीय संगम थारुको ढिस्कोमा पुरिएर ज्यान गएको प्रहरीले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)