Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३‘आमाको दूध नै पहिलो खोप'

‘आमाको दूध नै पहिलो खोप’

प्रशान्त वली,
sharethis

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् ।

जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएको भन्दै उनीहरूले शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा पर्याप्त हुने बताएका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व स्तनपान सप्ताह २०७८ को अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोषण शाखा प्रमुख केदार पराजुलीले शिशु जन्मेको ६ महिना पूरा भएपछि पोषिलो थप खानाका साथसाथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनुपर्ने बताए ।

पोषण शाखा प्रमुख पराजुलीले भने, ‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । आमाको दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ । त्यो बट्टाको दूधमा पाइँदैन ।’ उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रवद्र्धन गर्न नहुने बताए ।

नेपाल मल्टिइन्डिकेटर क्लस्टर सर्वे २०१९ अनुसार नेपालमा शिशु जन्मेको १ घण्टाभित्रै स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत रहेको छ । यस्तै, पूर्णस्तनपान गराउनेको संख्या ६२ प्रतिशत रहेको छ । सर्वेक्षणअनुसार दुई वर्षसम्म स्तनपान गराउनेको संख्या ८७.६ प्रतिशत रहेको छ ।

– प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिने
– आमाको दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व

बट्टाको दूध सेवन गर्ने शिशुमा रोगसँग लड्ने क्षमतामा कमी हुँदै भविष्यमा मोटोपना, मधुमेहलगायतका रोग लाग्न सक्ने अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ को तथ्यांकअनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत र शिशु जन्मेको एक घन्टाभित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ ।

यस्तै, शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ८९ प्रतिशत रहेको छ । नेपालमा शिशु जन्मेदेखि एक महिनासम्म आमाको दूध मात्र खुवाउनेको संख्या ८० प्रतिशत रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यद्यपि शिशु दुईदेखि तीन महिनासम्मको हुँदा आमाको दूध मात्र खुवाउनेको संख्या घटेर ७२ प्रतिशत मात्र रहेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका बालरोग विशेषज्ञ डा.कृष्ण पौडेलले शिशुलाई आमाको दूध नै पहिलो खोप रहेको बताए । डा.पौडेलले भने, ‘आमाको स्वास्थ्यका लागि पनि स्तनपान प्रभावकारी मानिन्छ । शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अस्पतालमा स्तनपानलाई प्रवद्र्धन गर्ने कार्य भइरहेको बताए । उनले भने, ‘स्तनपानको महत्वबारेमा ग्रामीण तहका जनतालाई समेत उजागर गराउनुपर्छ ।

स्तनपानलाई प्रवद्र्धन गर्न मातृ शिशुमैत्री अस्पतालका रूपमा विकास गर्ने अभियान पनि विस्तार भइरहेको छ ।’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलले स्तनपानलाई संरक्षण र प्रवद्र्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको बताए ।

स्तनपान सप्ताहको अवसरमा सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदारराज पराजुलीले थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको बताए । पोषण शाखा प्रमुख केदारराज पराजुलीले भने, ‘प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्न लागिएको छ ।

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने हुन्छ । शाखाले ह्युमन मिल्क बैंकमा दूध राख्नका लागि करिब १ करोड रुपैयाँ लागतमा मेसिन खरिद गर्ने तयारी थालेको जनाएको छ ।

आमाको दूध तत्काल नआउने वा कमी हुने बच्चाका लागि सो बैंकमा राखिएको दूधको व्यवस्था गरिने योजना छ । स्तनपान संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउँदै आइएको छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानको कार्यान्वयन गरी स्तनपानलाई संरक्षण र सम्वद्र्धन गर्ने कार्य हुँदै आएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

सरकारले यो वर्ष ‘ हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ । परिवार कल्याण महाशाखाले स्तनपान सप्ताहको अवसरमा मातृ शिशुमैत्री अस्पताल कार्यक्रम लागू भएका अस्पतालसँग छलफल गर्ने, स्तनपानबारे बृहत वेभिनार, समुदाय तथा बर्थिङ सेन्टरमा स्तनपानबारे अनुगमन गर्ने लगायतका योजना बनाएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 128 times, 1 visits today)

आजको समाचार

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

साताका लोकप्रिय समाचार

सत्ता गठबन्धनका नेताहरुसँग देउवाले मागे मन्त्रीहरुको नाम

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली माग गरेका छन् । आज (शुक्रबार) बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा...

आमा बनेकी ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने

काठमाडौं । हास्यव्यंग्य नेपाली रियलिटी सो ‘कमेडी च्याम्पियन’को यो साता फाइनल हुँदै छ । यस अघि कमेडी च्याम्पियनमा निर्णायक बस्दै आएकी अभिनेत्री ऋचा शर्मा...

प्रधानमन्त्रीलाई विप्लवको जवाफ : एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्

  काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोध सभालाई सम्बोधन...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

ट्रेन्डिङ

समाज, सत्ता र सदाचार

जब समाजमा मेलमिलाप , भाइचारा , सहयोग, स्थिरता र एकता हुन्छ, समाज स्वतःसंगठित हुन्छ । जुनबेला स्थिर राज्यप्रणाली, सुदृढ सरकार, सफा र स्वच्छ राजनीति,...

कोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ : सभापति देउवा

धनगढी । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताए । नेपाल प्रेस युनियन कैलालीले आज...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)