Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsलाखौंको चामल कुहाउने कर्मचारीलाई बचाउन खेलै खेल

लाखौंको चामल कुहाउने कर्मचारीलाई बचाउन खेलै खेल

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन अनेक प्रयास गरिरहेको पाइएको छ ।

कर्मचारीको चरम लापर्बाहीका कारण कम्पनीको थापाथली कार्यालयको गोदाम नम्बर २४ मा ३ सय २३ क्विन्टल बढी र ३० नम्बर गोदाममा १ सय ६४ क्विन्टल बढीको ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको छ । ती कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनीका कर्मचारीले अनेक प्रयास गर्दै आएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार गोदाममा कुहिएको लाखौं रुपैयाँबराबरको बास्मती चामल नष्ट गर्नुपर्दा चामल कुहाउने कर्मचारीले भर्पाइ गर्नुपर्ने भएकाले कर्मचारीलाई बचाउन कम्पनीले अनेक प्रयास गरिरहेको हो ।

स्रोतका अनुसार कम्पनी कुहिएको सो बास्मती चामल ‘रि पोलिसिङ’ गरी राम्रो चामलमा मिसाएर काठमाडौंबाहिर पठाउने खेलमा लागेको जनाएको छ । कुहिएको चामललाई खानयोग्य छ भनी दाबी गर्न मनपरी चामलको नमुना लिएर परीक्षण गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यको गोदाममा कुहिएको बास्मती चामल नमुना परीक्षण गरी यसअघि नै नष्ट निर्देशन दिइसकेको छ । विभागको निर्देशनलाई अटेर गर्दै लापर्बाही गर्न कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनी अनेक तिगडम गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

कम्पनीले चामलको पोलिसिङ’ गरी बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा परीक्षण गरेर ल्याएको हो । खाद्य प्रविधि विभागले सो चामल विभागको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालामा १० वटा नमुना परीक्षण खानयोग्य नभएको पुष्टि गरिसकेको थियो । ३ मंसिर २०७६ मा राजधानी दैनिकमा ‘खाद्यका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममै कुहियो लाखौं मूल्यको चामल’ शीर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि छानबिन गरिरहेको थियो ।

अख्तियारले चामल छानबिन क्रममा विभागमा १० पुस २०७६ मा १० वटा नमुना जाँच परीक्षण गरेको थियो । छानबिनका लागि अख्तियारले विभागलाई परीक्षणका लागि दिएको १० वटा नै नमुना जाँच परीक्षण गर्दा सबै नमुना फेल भएका थिए । विभागले २८ माघ २०७६ मै गोदाममा रहेको ४ सय ८७ क्विन्टल २२ किलो चामल नष्ट गरी व्यवस्थापन गर्न निर्देशन दिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बोधार्थ दिई परिपत्र गरिसकेको थियो ।

अहिले करिब दुई वर्षपछि फेरि खाद्य व्यापार कम्पनी कर्मचारीलाई बचाउन नष्ट गर्न भनेको गोदाममा कुहिएको चामलको पोलिसिङ’ गरी बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा नमुना लिई परीक्षण गर्ने काम गरेको हो ।

कार्यालयको निर्देशनअनुसार सो नमुना बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा परीक्षण गरेर ल्याएको खाद्य कम्पनीका फुड प्राविधिक विशेष कट्टेलले जानकारी दिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

प्राविधिक कट्टेलले आप्mनो मनले नभएर कार्यालयको निर्देशनअनुसार चामल नमुना परीक्षण गर्न भनेपछि परीक्षण गरेको बताए ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले अख्तियारको निर्देशनअनुसार कम्पनीको गोदाममा कुहिएको बास्मती चामलको व्यवस्थापन गर्न ‘पोलिसिङ’ गरेको जानकारी दिइन् । उनले चामल ‘पोलिसिङ’ गरेको भए पनि केका लागि प्रयोग गर्ने भन्ने निर्णय भइनकेको बताइन् ।

उनले कम्पनीले चामल व्यवस्थापनका लागि ‘रि पोलिसिङ’ परे पनि कम्पनीले आप्mनो मनपरी एक्लै बजारमा बिक्री वितरणमा गर्ने कुनै उद्देश्य नरहेको दाबी गरिन् । सम्बन्धित निकायको निर्देशनबिना कम्पनीले सो चामल बजारमा बिक्रीका लागि नपठाउने बताइन् । सम्बन्धित निकायको छलफल निर्देशन र निर्णयअनुसार चामलको व्यवस्थापन गर्ने सूचना अधिकारी न्यौपानेको भनाइ छ ।

विभागले कम्पनीलाई सो चामललाई नष्ट गर्न निर्देशनसमेत दिएको विभागको प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । प्रवक्ता महर्जनले विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कम्पनी स्वयंको रोहवरमा सिल गरेको चामलको गोदामबाट मनपरी नमुना लिएर परीक्षण गरेको रिपोर्टले कुनै मान्यता नपाउने बताए । उनले कम्पनीले जेजस्तो गरे पनि गोदाममा भएको जति परिमाणको चामल छ सबै नष्ट व्यवस्थापन गरी विभागलाई जानकारी गराउनुपर्ने बताए ।

कम्पनीका अनुसार आव २०७२÷७३ को जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टल चामलमध्ये ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहिएको छ । कम्पनीको धान किन्दा र कुटाउँदासम्मको लागत खर्च प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो । सो चामल काठमाडौं आइपुग्दा प्रतिकिलो ३ रुपैयाँले ढुवानी भाडा जोड्दा ७१ रुपैयाँ प्रतिकिलो पर्न जान्छ । कम्पनीले निजी व्यापारीजस्तै उपभोक्ताबाट बढी नाफा असुल्न चामलको प्रतिकिलो १ सय ३० रुपैयाँ मूल्य निर्धारण गरेको स्रोतको दाबी छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

यदि, कम्पनीले थोरै मुनाफा राखेर बिक्री गरेको भए यति ठूलो परिमाणको चामल गोदाममै कुहिने अवस्था नआउने स्रोतको भनाइ छ । कम्पनीले २०७२÷७३ मा बिक्री गरेको प्रतिकिलो १ सय ३० रुपैयाँका दरले हिसाब गर्ने हो भने हाल थापाथली गोदाममा ६३ लाख ३३ हजार ८ सय ६० मूल्यको चामल कुहिएको स्रोतको भनाइ छ ।

थापाथलीस्थित गोदाम नम्बर २४ मा ३ सय २३ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४ क्विन्टलभन्दा बढी बास्मती चामल कुहिएको पाइएको छ । कम्पनीले सो बास्मती चामल २०७६ मा प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्ने गरेको थियो । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँको चामल गोदामै कुहिएको अवस्थामा छ ।

तपाइको प्रतिक्रिया

(Visited 175 times, 1 visits today)

आजको समाचार

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

साताका लोकप्रिय समाचार

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

  बुटवल । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार...

असोज तीन,कालो दिन भन्दै सडकमा उत्रिए लोसपाका नेता कार्यकर्ता

  सप्तरी, राजविराज । संविधान प्रति असन्तुष्टी जनाउदै आएको लोकतान्त्रिक समाजवादी पार्टीले आईतवार सप्तरीमा विरोधका कार्याक्रमहरु आयोजना गरेको छ । मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका...

इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि . . .

  सुनसरी । गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास...

ट्रेन्डिङ

विद्युतका सहायक प्रबन्धक घुससहित पक्राउ

सिन्धुली । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक प्रवन्धक इन्जिनियर शेरबहादुर सुनार शुक्रबार घुस सहित पक्राउ परेका...

काठमाडौँमा आज वर्षकै सबै भन्दा चिसाे

काठमाडौँ । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री मापन गरिएको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)