मेलम्ची खानेपानी फेरि अनिश्चित

मेलम्चीको शिरमा गएको डरलाग्दो पहिरोको कारण काठमाडौंमा भर्खरै मात्र सञ्चालनमा आएको मेलम्चीको भविष्य फेरि अनिश्चित बनेको छ । अब मेलम्ची फेरि दीर्घ रोग र सपना मात्रै हुने त होइन भन्ने प्रश्न उब्जन थालेका छन् ।

नदीमा आएको लेदोसहितको बाढीले मेलम्ची खानेपानी सुरुङको मुहानमा ढुंगा, माटो, बालुवा तथा कंक्रिट र मुढा थुपारिदिएपछि पानीको सतह पनि देखिन छाडेको छ । लेदोसहितको भेलले नदीसतह कटान गरी खानेपानी सुरुङको मुहानको सतहभन्दा निकै तल पु¥याएको छ । त्यही कटान गरिएको सतहमाथि हप्तैपिच्छे थपिने बाढीले पानी नै नदेखिने गरी माटो, बालुवा र पत्थर थोपरिदिएको छ । यो माटो, बालुवा र ढुंगामुढा वर्षमा एकपटक सफा गरेर मात्र हुने अवस्था पनि छैन । सानोतिनो लगानी र औजारले सोहर्न र सफा गर्न सकिनेजस्तो पनि छैन । सफा गरेर केही समयसम्म खान सकिने सम्भावना पनि कमै छ । तर, ल्याइने पानीबाट आउने लेदो र यसले पु¥याउने क्षतिको भने कल्पना गरेर साध्य छैन । सरुङभित्र लेदो फोहोर सोहोर्न र त्यसको व्यवस्थापन गर्न निकै गाह्रो छ । अर्कोतिर यस्तो लेदो बोकेर बग्ने पानी खानका लागि उत्तम हुन सक्छ वा सक्दैन त्यो पनि सोचनीय बनेको छ ।

अहिले बाढीले सबैभन्दा ठूलो क्षति हेडवक्र्समा पु¥याएको छ । यो वर्षायामको अन्त्य हुन त कुर्नैपर्छ । तर वर्षायाम सिद्धिएपछि निरन्तर सरसफाइ र पुनर्निर्माणमा लाग्यौं भने पनि अबको ५÷६ महिनापछि आउँदो हिउँदको माघ–फागुनमा मात्र सम्भावना हुन सक्ने देखिन्छ । त्यही पनि सरकारी निकायको सुस्त काम र कमजोर व्यवस्थापनले यो समय अझै पर धकेलिने निश्चित छ ।

त्यहाँ अहिले पनि ढुंगामुढा, कंक्रिट, माटो, बालुवा त अझ थुप्रने क्रमजारी नै छ । त्यसमा पनि अबका दिनमा निरन्तर बगिरहने लेदोसहितको भेलले यो समस्या र अनिश्चिततालाई कति लम्ब्याउने हो । त्यो भने आँकलन गर्न निकै गाह्रो हुने भएको छ । मेलम्चीमा कार्यरत कर्मचारी पनि यसको व्यवस्थापन छिट्टै हुने सम्भावना न्यून रहेको कुरा खुलेरै स्वीकार गर्ने गरिरहेका छन् । मेलम्चीमा आउने भेल बाढीजन्य समस्याको निदान र निराकरणका लागि अस्थायी, सापेक्ष स्थायी र वैकल्पिक विकल्पको लेखाजोखा गरिरहेका उनीहरू अबका दिनमा मेलम्चीको पानी काठमाडौंका लागि ‘दीर्घरोग’ हुन जाने त होइन भन्ने आशंका गरिरहेका छन् । कामको थालनी अहिले नै गरिहालौं भने पनि मौसमको साथ, औजारको उपलब्धता, काम गर्ने टिम तथा सरकार एवं मेलम्ची समितिले बनाइहाल्ने कार्यक्रममाथि सबै कुरा निर्भर गर्छन् । तत्काल आयोजना स्थलमा गएर काम गर्न नसकिने देखिएपछि सरकार नै आयोजनाको भविष्य अन्योलपूर्ण देख्न थालिसकेको छ । नेपालको भौगोलिक बनोटका हिसाबले मेलम्ची खानेपानीको मुहान तल्लो तटीय इलामा पर्छ । हाल यो मुहान मेलम्ची नदीको उपल्लो तटीय इलाकामा गएको विशाल पहिरो र त्यसबाट बगिरहेको भेलका कारण पुरिन र भासिन पुगेको छ ।

ढिलो पनि भयो, अबेर पनि । तर, मेलम्चीको तल्लो तथा माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्था अध्ययनका लागि मेलम्ची आयोजना समितिले जसरी सोचेको छ । यसले थप जोखिमका लागि तयारी गर्न सहयोग पु¥याउनेछ । २१ वर्षदेखिको निरन्तर प्रयासपछि बल्लतल्ल काठमाडौं पसेको मेलम्ची खानेपानी अबका दिनमा अनिश्चित भविष्यको घेराभित्र पर्न पुगेको छ । अबका दिनमा अहिलेको जस्तो अस्थायी बाँध बाँधेर मेलम्चीको पानी सिंधै सुरुङमा हाल्न र काठमाडौं ल्याउन सकिने अवस्था छैन । यसलाई आजकै कमजोर अवस्थामा राखियो भने सिंगो सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम बढेर गएको छ । त्यसैले समयमा नै सम्बन्धित निकाय सचेत र संवेदनशील बन्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ