Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksपाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै

पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महŒवपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो ।

सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन् । मंगलबार पुनः एक जना सचिवमा बढुवा भएपछि अतिरिक्त समूहमा रहने सचिवको संख्या पाँच पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे र किरणराज शर्मा रहेका छन् । मंगलबार सचिवमा बढुवा भएका हरि मैनालीलाई पनि हाललाई अतिरिक्त समूहमा नै राखिएको छ ।

प्रधानमन्त्री कार्यालयमै आठ सचिव

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले आठ जना सचिव छन् । जबकि, सो कार्यालयको सचिवको दरबन्दी संख्या नै चार मात्र हो ।

सरकारले आफूनिकट बाहेकका अन्यलाई तान्नुपर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अतिरिक्त समूहमा राख्ने परम्परा रहँदै आएको छ । त्यहाँ रहेका प्रायः सचिवले आफूलाई अपहेलित महसुस गर्छन् ।

अहिले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयलगायतका निकायमा सचिव छैनन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

अहिले प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्, संवैधानिक निकाय तथा प्रशासन, सामाजिक विकास तथा प्रादेशिक समन्वय, राष्ट्रिय सुरक्षा, सुशासन तथा नतिजा व्यवस्थापन, आर्थिक तथा पूर्वाधार विकास र कानुन तथा मानव अधिकारमा एक-एक जना गरेर पाँच सचिवको दरबन्दी छ ।

अहिले कार्यालयमा शिशिरकुमार ढुंगाना, लक्ष्मण अर्याल, डा. बैकुण्ठ अर्याल, धनराज ज्ञवाली छन् । सचिवै सचिव हुँदा पनि कार्यालयमा एक जना सचिवको दरबन्दी खाली छ । अर्कातिर कार्यालयमा अतिरिक्त सचिवको संख्या नै चार पुगेको छ । सचिव कृष्णहरि पुष्कर कर्ण, खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा र रामप्रसाद घिमिरे अतिरिक्तमा छन् ।

कार्यालयमै एक जना, कृषि तथा पशुपन्छी मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र महालेखा नियन्त्रक कार्यालयमा अहिले सचिव रिक्त छन् ।

सरकारले केही दिनअघि अर्थ सचिव र स्वास्थ्य सचिवको सरुवा गरेर तिनलाई प्रधानमन्त्री कार्यालय नै ल्याएको थियो । तर, रिक्त रहेका स्थानमा पूर्ति गर्नेतर्फ भने अझै निर्णय गरेको छैन ।

तपाइको प्रतिक्रिया

(Visited 206 times, 2 visits today)

आजको समाचार

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

साताका लोकप्रिय समाचार

कोमल वली भन्छिन् : दुईजिब्रे अग्नि सापकोटालाई सभामुखकाे कुर्चिमा बस्ने अधिकार छैन

  काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताएकी छन् । राष्ट्रियसभा बैठकमा बोल्दै वलीले कसैलेको स्वार्थका लागि...

सत्ता गठबन्धनका नेताहरुसँग देउवाले मागे मन्त्रीहरुको नाम

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली माग गरेका छन् । आज (शुक्रबार) बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा...

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

  काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार...

नेपालको हित विपरित भए एमसीसी स्वीकार्न सकिदैन : अध्यक्ष नेपाल

  नेपालगन्ज । एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

ट्रेन्डिङ

ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू विशेष अदालतबाट धरौटीमा छुट्दै

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अभियोग लागेका प्रतिवादीहरू विशेष अदालतमा धमाधम उपस्थित हुन थालेका छन् । प्रतिवादीहरू लकडाउनको अवधिमा अदालतमा उपस्थित हुँदै अदालतबाट...

स्वागतयोग्य साउदीको श्रमसुधार

नेपालका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबले काफला प्रणालीमा सुधार ल्याएपछि श्रमिकका लागि यो निकै सहज बन्न पुगेको छ । यो सुधार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)