निषेधाज्ञासँगै गरिनुपर्ने थप तयारी

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएपछि यसले अरू केही महिना निषेधाज्ञा लम्बिने संकेत गरेको छ । यस अवधिमा कोरोना महामारीको संक्रमण जारी नै रहने देखिन्छ । पछिल्लो समयमा निषेधाज्ञा केही खुकुलो बनाइँदै लगिए पनि कोरोना महामारी संक्रमणमा कमी भने आउन सकेन । यसै कारणले पनि स्थानीय प्रशासन निषेधाज्ञालाई थप केही समय निरन्तरता दिने सोच बनाएको देखिन्छ । प्रशासनको तर्फबाट महामारी नियन्त्रणका लागि गरिएको यो पहल एउटा सबल पक्ष बनेर रहेको छ । तथापि, राजधानीलगायत देशका सबै भागमा महामारी संक्रमण र त्यसको निदान तथा उपचारका लागि स्वास्थ्य सतर्कता पनि यहीबेला पु¥याउनु आवश्यक छ । यसका साथै जनचेतना र तदनुरूपको व्यवहार पनि अति आवश्यक छ । जनजीविकालाई मध्यनजर गरेर खुकुलो पारिएको निषेधाज्ञाका कारण सार्वजनिक गतिविधिमा केही बढोत्तरी हुन गएको छ । यातायातका साधन भरिभराउ चलिरहेका छन् । आवश्यक सामाजिक दूरी कायम र सेनिटाइजरको प्रयोगमा कमी आएको देखिएको छ । मास्क सबैले लगाएको देखिए पनि दूरी कायम हुन नसक्दा जोखिम बढेर गएको छ ।

व्यावहारिक बनाउँदै लगिएको निषेधाज्ञा, खुला वातावरण बन्दै जाँदा बनेको जनताको मनोविज्ञान र कोरोना महामारीको तेस्रो लहर प्रवेशको सम्भावनाले हरेक चुनौतीको सामना गर्न तयार हुनुपर्ने अवस्थामा ल्याइपु¥याएको छ । उता दोस्रो लहर पनि घटेको छैन । सामुदायिक तथा निजी अस्पताल भरिभराउ छन् । अस्पतालले महामारी संक्रमित उपचारका लागि छुट्टयाइएका कक्ष भरिइसकेको जानकारी गराइरहेका छन् । यसको अर्थ हो, योभन्दा बढी संक्रमित बिरामीको चाप थेग्न उनीहरू सक्षम छैनन् । तर, महामारी संक्रमण तेस्रो लहर लिएर देशको सबैभन्दा ठूलो हिस्सा रहेको बालबालिकामाथि आक्रमण गर्ने चुनौती लिएर प्रवेश गर्दै छ । यसको पूर्वतयारी जनस्तरसम्म गरिनु जरुरी छ । परिमाणको हिसाबले यो संक्रमण निकै भयावह हुने देखिएको छ । एक मामुली परिवारमा तीनदेखि चार जनासम्म केटाकेटी रहने गरेका छन् । ठूलो तथा संयुक्त परिवारमा त यो संख्या एक दर्जनसम्म हुने गरेको देखिन्छ । यो संख्याको संक्रमणको कल्पनासम्म पनि आफंैमा निकै अत्यासलाग्दो छ । यसले विकल्पसहितका धेरै उपचार कक्षको परिकल्पना र तदनुरूपको तयारी गर्न परोक्ष निर्देशित गर्छ । यसको तयारी मूलतः सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हैसियतसहितका ठूला निजी अस्पतालले समयमै गम्भीरतापूर्वक गर्नैपर्छ । किनकि, महामारी संक्रमण आफंैमा फेस गर्नुपर्ने यथार्थता नै हो ।

हाल सरकार र सरकारी निकायहरूले निषेधाज्ञा जारीसहित सबै प्रकारका सामूहिक गतिविधि जस्तै सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा लगाइएको रोकलाई निरन्तरता दिएको छ । यसका साथै, खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेरसहित धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न लगाइएको रोकलाई पनि निरन्तरता दिइएको छ । यसका साथै सरकारले खोपको आपूर्ति र विस्तार, अस्पतालमा वैकल्पिक सेवा तथा उपचारकक्षको विस्तार गर्न सरकारी सहयोगसहितको अफर सबै स्वास्थ्य निकायसमक्ष पु¥याउनु जरुरी छ । यस्ता कार्यमा सरकार कहीँकतै नचुकोस् ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी