Thursday, September 16, 2021
Your Ads Here
HomeNot-to-be-missedभिडियो बनाउन नसकेर गीत थन्क्याएको रामकृष्णको गुनासो

भिडियो बनाउन नसकेर गीत थन्क्याएको रामकृष्णको गुनासो

डब्बु क्षत्री,
sharethis

काठमाडौं । गायक रामकृष्ण ढकालले आजकाल जति राम्रो गीत गाए पनि राम्रो भिडियो नबनाउँदा गीत नचल्ने बताएका छन् । मंगलबार काठमाडौंमा एक समारोहबीच आफ्नो स्वरमा रहेको नयाँ गीत ‘तिमी मेरी हुन सकिनौ’को भिडियो विमोचन समारोहमा उनले यस्तो गुनासो गरेका हुन् ।

गायक ढकालले राजधानीसँगको कुराकानीमा भने, ‘एक समय यस्तो पनि थियो कि मैले गाएका हरेक गीतका क्यासेट बिक्री हुन्थे । तर अहिले राम्रो भिडियो बनाएर बजारमा नपठाएसम्म नयाँ गीत श्रोताले सुन्न पनि छाडेका छन् ।’

डेढ दशक अघिसम्म गायक रामकृष्णको क्यासेट तथा सिडी भनेपछि बजारमा श्रोताले खोजी खोजी किन्ने गर्थे । त्यतिबेला गीत सार्वजनिक गर्न भिडियो बनाउन आवश्यक थिएन । गीत चलेपछि फुर्सदमा भिडियो बनाएको अनुभव उनले सुनाए । तर, अहिले गीत ल्याउनु पहिलो राम्रो भिडियो बनाउनुपर्ने अनिवार्य जस्तै भएको पनि उनले बताएका छन् ।

नयाँ गीतलाई बजारमा ल्याउन म्युजिक भिडियो मात्र बनाएर नहुने उनको भनाइ छ । त्यो गीतलाई राम्रो कम्पनीबाट रिलिज गर्नुपर्ने अनिवार्य जस्तै भएको पनि उनले बताएका छन् । विगतमा आफ्ना गीतका भिडियो राम्रो बनन्दा तथा राम्रो कम्पनीबाट त्यो भिडियो रिलिज नुहँदा गीतलाई असर परेको पनि यी गायकले बताएका छन् ।

गायक गायकले केही राम्रा गीत गाएर तयार गरेका छन् । आफैंले रेकर्ड गरेका ती गीतको भिडियो बनाउने पैसा आफूसँग नभएका कारण राम्रा गीतलाई थन्क्याएर राख्नुपरेको पनि उनले गुनासो छ, ‘दुई वर्षयता चार-पाँचवटा राम्रा गीत रेकर्ड गरेर राखेको छु । ती गीतको म्युजिक भिडियो बनाउन नसक्दा बिस्तारै गीत पुरानो हुँदै छन् ।’ उनले भने, ‘अहिलेको अवस्थामा जस्तो पायो त्यस्तो भिडियो बनाएर पनि काम छैन । राम्रो भिडियो बनाउन महँगो बजेट लाग्ने र त्यो भिडियोका लगानी उठन पनि गाह्रो पर्ने भएकाले गायकलाई अहिले गीत गाएर मात्र सुख छैन ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

गायक ढकालको भनाइमा गीतको भिडियो बनाएर त्यसलाई दर्शकसम्म पु-याउनु विभिन्न सामाजिक सञ्जालबाट बुस्ट गर्नुपर्ने अर्को बाध्यता छ । आजकाल म राम्रो गाएक हुँ र मैले गीत गाएपछि चल्ल भन्ने अवस्था नरहेको पनि गायक ढकालको भनाइ छ । राम्रो गीतको राम्रो भिडियो बताएपछि त्यसलाई प्रचारप्रसारमा ल्याउन बुस्ट गर्नुका साथै टिकटकका कलाकारलाई पारिश्रमिक दिएर गीतको छुट्टै भिडियो बनाउन लगाउनुपर्ने पनि उनले बताए । आफूले एउटा गीत गाउँदा लिने पारिश्रमिकभन्दा गीतको भिडियोलाई टिकटक बनाइदिनेले बढी पारिश्रमिक लिने गरेको पीडा पनि उनले राजधानीलाई सुनाए ।

गत वैशाखमा निषेधाज्ञा हुनुअघि अमेरिका गएका गायक ढकाल यो हालै मात्र नेपाल आएका हुन् । अमेरिका बसाइको क्रममा एक दर्जनभन्दा बढी म्युजिक कन्सर्ट र विभिन्न कार्यक्रममा आफ्नो गीत प्रस्तुत गरेको उनले बताए । सो क्रममा करिब १८ लाख रुपैयाँ संकलन गरेर उनले काठमाडौंको आविष्कार केन्द्रलाई प्रदान गरे ।

मंगलबार उनले नयाँ गीत ‘तिमी मेरी हुन सकिनौ’को भिडियो सार्वजनिक गरेका हुन् । यो गीतलाई रामकृष्ण ढकालको स्वरमा छुट्टै र बुनु श्रेष्ठको स्वरमा छुट्टै रेकर्ड गरेर भिडियो बनाइएको छ । कार्यक्रममा यी दुवै गीतको भिडियो सार्वजनिक गरियो । गीतलाई नरेश प्रधानले लेखेका हुन् । जसमा दीपक शर्माको संगीत छ । भिडियोलाई मनोजराज राजभण्डारीले निर्देशन गरेका हुन् । गीतमा निराजन प्रधान र करुणाले अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 177 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कमेडी शोको दुनियाँमा आयो 'सेलिब्रेटी ज्याम अप', दर्शकले प्रत्यक्ष हेर्न पाउने

आजको समाचार

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

साताका लोकप्रिय समाचार

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

राष्ट्र बैंकले बाँड्न थाल्यो नयाँ नोट

काठमाडौं । कोरोना महामारिको जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आगामी २१ असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि अहिलेदेखि नै बैंक तथा...

संसदीय दलको नेतामा पाण्डे , मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने

  मकवानपुर । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको औपचारिकता पाएपछि आइतबार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ । प्रदेशका...

चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेस

  काठमाडाैं ।  अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अध्यादेश बजेट ०७८ लाई...

ट्रेन्डिङ

तीज सकिएलगत्तै दसैं–तिहार गीतको चटारो

काठमाडौं । यो वर्षको तीज पर्व सकिएको छ । तीजमा व्यस्त भएका कलाकारहरू तीजपछि यतिबेला फेरि दसैं–तिहार पर्व गीत गायनतर्फ लागिसकेका छन् । गायिका राधिका...

राजा प्रताप मल्लको पालामा बनेको रानी पाेखरी केपी ओलीको पालामा पुर्ननिर्माण (फाेटाेफिचर)

काठमाडौं । विनाशकारी भूकम्पपछि पूर्ननिर्माण गरिएको रानी पोखरीमा आज साढे ३ करोड लिटर पानी जम्मा गरिएको छ । आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)