Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३विवादित स्थानमा पुरानै सदस्य कायम राख्नुपर्ने पौडेल समूहको निष्कर्ष

विवादित स्थानमा पुरानै सदस्य कायम राख्नुपर्ने पौडेल समूहको निष्कर्ष

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह एक मतसाथ उभिने भएको छ । ठमेलस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा मंगलबार भएको पौडेल समूह बैठकले नयाँ सदस्यता विवाद देखिएका स्थानमा १३औं महाधिवेशनका पुरानै सदस्यताबाट मात्रै अधिवेशन गर्नेगरी अघि बढ्ने निर्णय गरेको हो ।

‘जहाँ विवाद छन्, ती स्थानमा नयाँ छाडेर पुरानामात्रै सहभागी गराऔं भन्ने हाम्रो निष्कर्ष रह् यो, यो विषयमा सभापतिलाई ध्यानाकर्षण गराउँछौं,’ बैठकपछि नेता अर्जुननरसिंह केसीले भने । पौडेल समूहले नयाँ सदस्यता वितरणका नाममा तल्लो तहबाट सिफारिस नभई प्रक्रियाविपरित सिफारिसबिनै आएका सदस्यतामा धेरै विवाद देखिएको भन्दै प्रक्रियाबिना नै आएका सदस्यता नस्वीकार्ने निर्णय गरेको हो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभरका १ सय २१ वटा वडाको सदस्यता विवाद स्थगित गरिसकिएको छ भने बारा र सप्तरीमा विवाद भएपछि नयाँ सदस्यता शीर्ष तहको जिम्मामा छाडिएको छ । त्यस्तै, सर्लाही, धनुषा, रसुवा र सिन्धुपाल्चोकका केही निर्वाचन क्षेत्रका नयाँ सदस्यतामा विवाद देखिएको छ ।

बैठकमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, नेताहरू केसी, रामशरण महत डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया

(Visited 97 times, 1 visits today)

आजको समाचार

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

साताका लोकप्रिय समाचार

‘बिपी पुष्पलालसँग नमिल्दा पञ्चायत आयो, मदन भण्डारीले गणेशमान र किसुनजीलाई कन्भिन्स गरेर पञ्चायत ढाले’

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लाद्न पाएको दाबी गरेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक...

उद्योगी व्यवसायी कसले कुन पदक पाउँदै ?

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले विभिन्न उद्योगी–व्यवसायी र बैंकरहरू विभूषण र पदकबाट विभूषित हुनेको नाम छनोट गरेको छ । संविधान दिवसको दिन आइतबार...

काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानू

  काबुल । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

ट्रेन्डिङ

मेलम्ची बजारमा पहिरो : आठको मृत्यु, बरुवामा पहिरोले पुर्दा दम्पतीको मृत्यु

मेलम्ची । अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरीएका नौ कामदार मध्ये आठ जनाको शव फेला परेको छ । सोमबार बिहान आएको पहिरोले नौ कामदार...

पुस पहिलो सातादेखि बन्चरेडाँडामा फोहर विसर्जन गर्न सकिने

काठमाडाैं ।  अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)