जलमग्न बजार : एक हातमा छाता, अर्काेमा जुत्ता चप्पल

 

सप्तरी, राजविराज । तीन दिन देखी परेको निरन्तरको वर्षाले नगरको अधिकांश सडक, संघसंस्था र कार्यालय जलमग्न भएको छ ।

पानी निकासको उचित प्रबन्ध हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा पर्ने सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, रुपनी रोड लगायतमा पानी जमेको हो ।

जसकारण आवागमन निकै कष्टकर बनेको छ । अत्यावश्यक कामले बाहिर निस्कदा एक हातमा छाता र अर्को हातमा चप्पल जुत्ता बोकेर सर्वसाधारण हिड्न बाधय भएका छन् ।

वर्षाको पानीले सडक मात्र होइन् यहाँस्थित बृहत जनाधार व्यवस्थापन कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् । जसकारण सेवाग्राही सास्ती भोग्न बाध्य भएका छन् ।

वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका ५ स्थित मिथिला टोलको घर घरमा पानी पसेको छ । जथाभावी फ्यालिएको फोहर अहिले सडकमा जमेका पानीमा मिसिएर फैलिएका छन् ।

ग्रामिण क्षेत्रको अवस्था त झन बेहाल छ । सडकभरी हिलो नै हिलो छ । हिलाम्मे बाटोमा काम नपरि कोही निस्किदैनन् । बाध्यता प¥यो भने मात्र घर बाट निस्कन्छौं स्थानिय जिवछ दासले भने, बाटोभरी हिलो भएकै कारण जरुरी काम परे एक हातमा छाता र अर्को हातमा चप्पल जुत्ता बजार निस्किने गरेका छौं ।

सडक र आसपासमा भएको डुवानले सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको कुरा नौलो होइन । हरेक वर्ष हामीले यस्तो समस्या भोग्दै आएका छौं स्थानिय रामपृत मण्डलले भने सम्बन्धित निकायबाट ढल निकासलाई व्यवस्थित गर्ने आश्वासन पनि प्रत्येक वर्ष पाउँदै आएका छौं । तर अहिलेसम्म आश्वासन बाहेक केही पाइएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग