दलित हुनुका दुःख : काम गर्छन् ज्याला पाउदैनन्

 

हुम्ला । पुस्तौदेखि चल्दै आएको हुम्लाको लगी प्रथा २१ औं शताब्दीसम्म पनि जस्ताको तस्तै छ । देशमा संघिय गणतन्त्र शासन व्यवस्था लागू भए पनि यहाँका दलित समुदायहरु खाना, नाना र छानाका लागि यो प्रथा अगाल्न विवस छन् । क्षेत्री बाहुन ठकुरीहरुको दिनभरि काम गरेर विहान बेलुका छाक टार्न ज्याला स्वरुप केहि अन्नपात लिएर गरिने ब्यवसाय नै हो लगी प्रथा ।

जमिनदारले जग्गा जमिन भाइहरुको अंश बण्डा गर्ने गरेको भए पनि सोहि जमिन्दारहरलाई दलित समुदायले लगी भनेर ब्यक्तिलाई भाग बण्डा गरि उनीहरुको काम गरेर छान टार्ने चलन छ । दलित समुदायहरुको जग्गा जमिन नहुँदा लगी प्रथामै रमाउन विवस छन् । ‘नापी हुँदाको बेला ठकुरी बाहुन, क्षेत्रीले गतिलो जग्गा लिए हामीलाई भिर पाखो जंंगलका केहि भाग दिए ।’ जीवित कामीले भने । हुम्लामा अधिकाँस गाउँपालिकामा अझैे लगिप्रथा कायमै रहेकोहो स्थानिय जस बहादुर परियाले बताए ।

जनस्तरमा चेतनाको स्तर बढे पनि आर्थिक अभावले पछौटे अवस्थामा रहेको समुदायलाई सधैँ दबाउने चलन रहेको स्थानिय दलित समुदायको भनाई छ । अहिले पनि टाठा बाठाले पढ्न नदिने हलिया राख्ने प्रवृत्ति कायमै रहेको दलित अगुवा पर्वत सुनारको भनाई छ । मुक्त हलिया घोषण गरी मुक्त भए पनि यहाँका दलित समुदायहरुको गरि खाने अन्य कुनै उपाय नहुँदा बाध्य भएर लगी प्रथा सम्हाल्दै छाक टार्न वाध्य भएको उनको भनाई छ ।

हुम्लाका नाम्खागाउँपालिका बाहेक छ वटा गाउँपालिकामा करिब ५हजार बढी घरपरिवार अझै पनि लगिप्रथामै संलग्न छन् । जिल्ला भरि ७ हजार जनसंख्या रहेको हुम्लामा अधिकाँस घरपरिवार लगिकै घरमा (मालिकै घर वा माथिल्लो जातिकै)आरन चलाएर जीवन गुजार्न बाध्य छन् । खार्पु नाथ गाउँपालिका वडा नम्बर ५का बाम्टा गाउँ निवासी बजीरे सुनारले लगिकै घरमा आरन चलाएर आफना घरपरिवार एक छाक खानको लागि श्रम बेच्न बाध्य भएको बताउछन् । खार्पुनाथा गाउँपालिका–५का निवासी बजिरे सुनार मात्र नभए जिल्लाभरि अधिकाँस यस्ता लगिप्रथाका उदाहरण छन ।
हुम्लाको खार्पुनाथ गाउँपालिका ५ बाम्टा गाउँ निवासी ५५ बर्षिय बजिरे सुनारले लगिकै घरमा आरन पेशाबाट आफनो गुजारा चलाउनु परेको बताए । १२ बर्षको उम्मरदेखी आरन चलाउँदै आएका अहिले ४३ बर्षमा यो पेशामा निरन्तर लागेको बताए ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ र सिमकोट गाउँपालका १र २ वडाबाट करिब ५ सय घरधुरी बाट भाँडावर्तन बनाउन आफु कहाँ लिएर आएको बताउछन् । ‘विहान ५ बजे देखि बेलुका ८बजे सम्म आरानमा समय विताएको हुन्छु ।’ सुनारले भने । आरन पेसाबाट परिश्रम गरेअनुसारको फल पाउन नसकिएको उनको गुनासो छ ।

आरन पेसा गरेर जीवन धान्न मुस्किल भएपछि यो पेसामा पछिल्लो पुस्ताको चासो घट्दै गएको छ । युवा जनशक्तिले यसलाई हेयको दृष्टिले हेर्ने तथा वृद्धवृद्धाले समेत (खलो) श्रमबापत बाली मात्रै पाउँदा आरन पेसा राम्रो संग आम्दानी दिन नसकेको बताएका छन् । खाना, नाना र छाना आफ्नो स्वामित्वमा नहुँदा वृद्धाअबस्थामा समेत यो पेसा अँगाल्नुपरेको सुुनारको गुनासो छ । राज्यले जति समावेशीका कुरा गरेपनि हुम्लाका दलित समुदायलाई कागलाई बेल पाक्यो हर्ष नविस्मात भने झै छ भएको स्थानिय हंश लोवारले बताए ।

 

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका