अफगानिस्तानबाट कुवेत हुँदै काठमाडौं

काठमाडौं । तालिबान शक्तिले सत्ता कब्जा गरेको विकसित घटनाक्रमपछि अफगानस्तानबाट मंगलबार मात्रै २ सय ११ जना काठमाडौं आइपुगेका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार बिहान जरिरा एयरलाइन्सबाट १ सय २७ तथा राति १० बजे सोही एयरलाइन्सबाट ८४ जना गरी २ सय ११ जना अफगानिस्तानबाट कुवेत हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्र ाष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

मंगलबार नेपाल आएकामध्ये नौ जना भने नेपाली मूलका भारतीय नागरिक छन् । यसरी आउनेहरू सबै अमेरिकी राजदूतावासमा कार्यरत सुरक्षा गार्ड रहेको बताइएको छ । भारतीय नागरिकलाई भने भारतीय दूतावासको रोहवरमा उनीहरूकै जिम्मा लगाइएको छ । अफगानस्थानबाट आएकालाई सरकारले स्वास्थ्य जाँचका लागि विमानस्थलबाट नेपाली सेनासँगको समन्वयमा सिधै सामाखुसीमा रहेको राधास्वामी होल्डिङ सेन्टरमा लगेर राख्ने व्यवस्था मिलाएको छ ।

होल्डिङ सेन्टरमा पु¥याएपछि पीसीआर परीक्षण तथा एन्टिजेन विधिमार्फत कोरोना परीक्षणलगायत स्वास्थ्य जाँच गरिएको छ । मंगलबार आएका मध्ये १ सय २७ जनाको परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूसँगै रहेका अन्य २३ जनालाई कन्ट्याक ट्रेसिङमा राखिएको गृह मन्त्रालयले जनाएको छ । तर, स्वास्थ्य अवस्था ठीक रहेको पाइएकालाई भने जाँचपछि घर पठाइने व्यवस्था मिलाइएको छ ।

‘स्वास्थ्य जाँच गर्दा खराबी देखिए त्यही राख्छौं, समस्या नभए घर पठाउँछौं,’ गृह प्रवक्ता पोखरेलले राजधानीसँग भने । होल्डिङ सेन्टरमा रहँदाको खाने बस्ने खर्च भने सरकारले नै बेहोर्नेछ । सरकारले हाल के कति संख्यामा अफगानस्तानमा नेपालीहरू रहेका छन् भन्ने तथ्यांक संकलन गरेर स्वदेश फिर्ता ल्याउने प्रयास गरिरहेको छ ।

त्यसका लागि सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन भनिसकेको छ । सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट अफगानस्तानमा रहेका नेपालीहरूको सकुशल उद्धार गर्ने निर्णय गरेको थियो । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि उब्जिएको परिस्थितिमा त्यहाँ रहेका नेपालीहरूको स्वदेश फिर्तीका लागि आफ्ना सबै संयन्त्र परिचालन गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।

सो कार्यका लागि परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर अघि बढ्ने काम भइरहेको हो । परराष्ट्र मन्त्रालयले करिब १५ सय मन्त्रालयसँग सम्पर्कमा आइसकेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन् । विभिन्न दूतावास, विदेशी नियोग र संघसंस्थामा काम गर्ने नेपालीहरूलाई सम्ब िन्धत संस्थाहरूले अफगानिस्तानबाट बाहिर निकालिरहेको छ भने त्यहीँ रहेका नेपालीहरू पनि सुरक्षित रहेको जनाइएको छ । उनीहरू क्रमिक रूपमा अफगानिस्तानबाट बाहिरिनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने