नेपालको पहिलो प्रतिद्वन्द्वी फिलिपिन्स

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

छनोटको समूह ‘एफ’मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल १८ सेप्टेम्बरमा हुनेछ । हङकङविरुद्धको दोस्रो खेल २१ सेप्टेम्बरमा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल २४ सेप्टेम्बरमा हुनेछ । छनोटका सबै खेल उज्वेकिस्तान तासकेन्टस्थित जेएआर स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ । यसअघि यो छनोट खेल नेपालमा हुने तालिका थियो ।

तर, नेपालमा कोरोना महामारी बढेको भन्दै एएफसीले प्रतियोगिता उज्वेकिस्तानमा सारेको थियो । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप २० जनवरीदेखि ६ फेब्रुअरीसम्म हुनेछ । सोही छनोट खेलको लागि विगत एक महिनादेखि नेपाली टोलीले प्रशिक्षण गरिरहेका छन् ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रारम्भिक चरणमा ४५ खेलाडीबाट दोस्रो चरणमा आइतबार मात्रै बन्द प्रशिक्षणमा २८ खेलाडी छनोट गरेका छन् । युवा खेलाडी प्रीती राई, अमिशा कार्की, सविता रानामगर, सिर्जना सिंह र हेमा चौधरीले दोस्रो चरणमा स्थान बनाउन सफल भइन् । सविता र अमिशाले पहिलोपटक बन्द प्रशिक्षणको दोस्रो चरणमा स्थान बनाएकी हुन् । प्रीति भने यसअघि १३औं साग गेम्सको अन्तिम छनोटबाट बाहिरिएकी थिइन् ।

२८ सदस्यीय टोली
अञ्जना रानामगर (गोलरक्षक), एन्जिला तुम्बाप्पो सुब्बा (गोलरक्षक), उषानाथ (गोलरक्षक), अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हिराकुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मञ्जली तामाङ (योन्जन), निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मिकुमारी घिसिङ, रेनुका नगरकोटे, सविता रानामगर, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेपाली ब्रो’द्वारा श्रीमती हत्या प्रकरणमा थप तीन जना पक्राउ