कोरोनाले थलिएको अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवद्र्धन आवश्यक

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को नयाँ अध्ययनले कोरोनाले थलिएको मुलुकको अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवद्र्धन र पूर्वाधार विस्तार आवश्यक भएको बताएको छ । नेपालका होटल व्यवसायीले अपांगमैत्री पूर्वाधार र सेवामा लगानी गर्न सके विश्वव्यापी रूपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवद्र्धन हुने र त्यसले देशको आर्थिक वृद्धिदरसमेत उकास्न सक्ने सो अध्ययनले औंल्याएको छ ।

‘सबैका लागि खुला नेपालका होटेलमा अपांगता भएका व्यक्तिको पहुँचसम्बन्धी’ एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न सके देशको अर्थतन्त्र उकासिने बताएको हो । यो अध्ययन प्रतिवेदन नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपांग महासंघ नेपालसँगको सहकार्य र आईएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरेको हो ।

आईएफसीले यस अध्ययनका लागि देशको मुख्य–मुख्य सहरका ९० वटा तारे होटल र त्यसमा संलग्न उद्यमी÷व्यवसायीलाई समावेश गरेको बताएको छ । जसअनुसार अध्ययनमा सहभागी भएका ९५ प्रतिशत होटल व्यवसयीले पहुँचयोग्य पर्यटनको अवधारणा’bout आफूहरू जानकार रहे पनि त्यस किसिमका पूर्वाधार निर्माण गरी पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी भने नगरेको प्रतिक्रिया दिएका छन् ।

आईएफसीको अध्ययनले अहिले सञ्चालनमा रहेका अधिकांश होटलमा अपांगता भएका व्यक्तिहरूको आवतजावतका लागि लिफ्ट र भिराला ¥याम्प मात्रै रहेको, अध्ययनमा समावेश भएका १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिह्न राखेको देखाएको छ । बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपि वा संकेत चिह्नको प्रयोग गरेका छैनन् । अध्ययनले ९ प्रतिशत होटलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुना’bout प्रशिक्षित रहेका र ३३ प्रतिशत होटलमा अपांग अतिथिका लागि अतिरिक्त ह्वीलचेयरको व्यवस्था रहेको देखाएको छ ।

यसैगरी, सो अध्ययनले नेपालका अधिकांश होटलले व्यवसायिक प्रयोजनका लागि पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचना दुर्गम स्थानमा रहेका र तिनमा अपांगमैत्री सेवासुविधासमेत नहुने गरेको र त्यस्ता अपायक स्थानमा अपांगता भएका पाहुना पनि एकदमै कम जाने गरेको उल्लेख गरेको छ । त्यक्ति मात्र नभई यस अध्ययनमा समावेश भएका अधिकांश होटलले अपांगता भएका व्यक्तिको आवतजावतका लागि चाहिने भिराला ¥याम्प निमार्ण गर्न, ह्वीलचेयर खरिद गर्न तथा अन्य पूर्वाधार बनाउन अतिरिक्त लगानी चाहिने र त्यस्तो लगानी नै समावेशी पर्यटन प्रवद्र्धनको बाधक रहेको उधृत छ ।

पछिल्लो समयमा सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको चर्चा गर्दै आईएफसीको भुटान, बंगलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले भएका पर्यटन गन्तव्यमा अपांग, अशक्त वा अरू सबै उमेर समूहको पहुँच विस्तार गर्न सके मात्रै पनि पर्यटन क्षेत्रको दिगो विकास हुने बताएकी छन् । उनका अनुसार सुलभ पर्यटनले मानव अधिकारको सुनिश्चिततासँगै व्यावसायिक अर्थ राख्छ ।

विश्व स्वास्थ्य संगठनको अध्ययनले पनि संसारभरका करिब १ अर्ब मानिसहरू कुनै न कुनै प्रकारको अपांगताबाट प्रभावित हुने गरेका देखाएको छ । नेपालका अपांगता अधिकारकर्मीले शारीरिक सीमितता भएका र अपांगता भएका व्यक्तिले पनि संसारभरका पर्यटकीय गन्तव्य भ्रमण गर्ने गरेका र यस्ता पर्यटकको सुविधाका लागि होटलहरूले विशिष्ट खालको पूर्वाधार तयार गर्ने गरेको बताएका छन् । विश्वका आकर्षक पर्यटकीय गन्तव्यस्थलमा सुलभ पहुँचका पूर्वाधार भएका होटल हुन्छन्, जसले स्वदेशी तथा विदेशी पाहुनालाई सेवा दिन्छन् र यस्ता ठाउँमा पर्यटकको चाप हुन्छ ।

प्रतिवेदनमा राष्ट्रिय अपांगता महासंघ नेपालका अध्यक्ष मित्रलाल श्रेष्ठले अहिले बर्सेनि रूपमा विश्वभरबाट देशबाट करिब २ हजार अपांगता पर्यटक नेपाल भ्रमण गर्न आउने गरेको भन्दै सुलभ पर्यटनका सुविधा र अपांगमैत्री पूर्वाधार बन्नसके यस्ता पर्यटकको संख्या सहजै बढेर १ हजारसम्म पुग्न सक्ने दाबीसमेत गरेका छन् ।

होटल एसोसिएसन नेपालकी अध्यक्ष सिर्जना राणाले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्ने अवधारणा नेपालका लागि नयाँ प्रयोग हुने भए पनि पर्यटन व्यवसायीले अपांगमैत्री पूर्वाधार तयार गरी यसबाट प्रशस्त फाइदा लिन सक्नेमा आफू विश्वस्त रहेको बताएकी छन् । पर्यटन बजार विस्तार हुनेगरी हाम्रा होटलमा सुविधा थप्न हामी व्यवसायी तत्पर नै छौं, थप छलफल गरेर नीतिगत रूपमै सुलभ पर्यटनको अवधारणालाई कार्यान्वयनमा लैजाँदा ठीक होला भन्ने हो,’ उनले भनिन् ।

यसैगरी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले सरकार, सरोकारवाला र होटल व्यवसायीले सहकार्य गरेर सुलभ पर्यटनको अवसरबाट फाइदा लिनुपर्नेमा जोड दिए । सहकार्यबाटै सुलभ पर्यटनका लागि अवसर प्राप्त गर्न र ती अवसरले दिने प्रतिफल लिन सकिन्छ जसका लागि सरकारले नीतिगत सहयोग र अरूले आवश्यकताअनुरूपका पूर्वाधार निर्माण गर्न सकिनेमा पनि उनले जोड दिए ।

यूएनडीपीका सहआवासीय प्रतिनिधि बर्नर्ड कोकोले कोरोना महामारिले अर्थतन्त्र धराशायी भएको बेला अब त्यसलाई पहिलेको अवस्थामा पु¥याउने तत्परतासँगै सुलभ पर्यटनको ढोका खोल्नेगरी अध्ययन अनुसन्धान हुनु सकारात्मक विषय भएको भन्दै प्रशंसा गरे । उनले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउन पहुँचको विकास आयश्यक हुने भन्दै उनले नेपालले सुलभ पर्यटनको अवशरबाट लाभ लिन उपयुक्त पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले पहुँच बढ्न सक्दा पर्यटन विस्तारित हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने दाबी गरिन् ।

पत्रकार गजेन्द्र बुढाथोकीले अर्थतन्त्र सकारात्मक बाटोमाजान पर्यटन विस्तार हुनुपर्ने र त्यसका लागि होटल तथा रेस्टुरेन्टमा अपांगमैत्री पूर्वाधार हुनुपर्ने बताए । ‘सक्रिय जीवनबाट अवकाश पाएका, शारीरिक रूपमा अपांग भएका, होचापुड्काले अरूको तुलनामा बढी खर्च गर्छन्, त्यसैले यस्तो समूहलाई आवश्यक पर्ने सेवा विस्तार गर्न सके त्यसले पर्यटन क्षेत्र फस्टाउन सक्छ,’ उनले भने । राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले अपांगले नेपालका होटलमा सुलभ सेवा र आवश्यक पूर्वाधार नभएकै कारणले असमान व्यवहार भोग्नुपरेको बताए ।

अध्ययनले यस्तो पर्यटन प्रवद्र्धन गर्न सरकार, निजी क्षेत्र र दातृ निकायले सहकार्य गरी विश्वव्यपी रूपमा अभ्यासमा आएको पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न अपांगता भएका व्यक्तिसमेतलाई सहभागी गराई त्यस अनुकूलको नीति निमार्ण गर्न सुझाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न