Thursday, September 16, 2021
Your Ads Here
Homeभर्खरैको हुन् ६ जनाको हत्या गर्ने लोकबहादुर ? किन लखेटी-लखेटी हत्या गरे...

को हुन् ६ जनाको हत्या गर्ने लोकबहादुर ? किन लखेटी-लखेटी हत्या गरे ?

राजधानी समाचारदाता,
sharethis

 

संखुवासभा । संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो ।

लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए । तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दुरीमा छ ।

यसैबीच गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे । र, आक्रमण गरेर हत्या गरे ।

तेजबहादुरको हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए । घरनजिकै रहेको खोलाछेउमा उनीहरूलाई पनि लोकबहादुरले ह्यामरले हिर्काएर हत्या गरे ।

हत्या गरेको प्रमाण मेटाउन लोकबहादुरले आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई समेत बारीमा लखेटी-लखेटी हत्या गरे । त्यसपछि पनि लोकबहादुरले तेजबहादुरको घरमै पसेर कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरे ।

यो रहस्य भने लोकबहादुर प्रहरीले पक्राउ गरेपछि बाहिरिएको हो । आफन्तसमेत रहेका लोकबहादुरले सपरिवारकै हत्या गरेको स्वीकार गरेको प्रदेश नम्बर १ का डिआइजी अरुणकुमार बिसीले जानकारी दिएका छन् ।

६ जनाको ज्यान जाने गरी भएको गत सोमबारको घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । लोकबहादुरले पनि व्यक्तिगत रिसीबीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन् । हत्या गरिएका तेजबहादुरले केहि गर्न नसकेको भन्दै ‘हेपेका कारण’ आफूले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् ।

त्यसो त २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर नाताले काका-भतिज हुन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको उनले स्वीकारेको प्रहरीले जनाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट ‘होलिडे’ : दोषी को ?

लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढाइ छोडेका थिए । छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने लोकबहादुर मलेसिया र कतार काम गर्न गए पनि वर्षदिन नपुग्दै गाउँमा फर्किएका थिए ।

६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे । तर, त्यहाँबाट पनि नौ महिना नपुग्दै घर फर्किए ।

गत सोमबार तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियो भने श्रीमती मनमाया र बुहारी रन्जनाको शव घरनजिकै खोल्सामा भेटिएको थियो। नाति-नातिनी दीपक र गोमाको शव पनि घरमाथि मकै बारीमा भेटिएको थियो ।

निर्दोष देखिनका लागि लोकबहादुरले छिमेकीलाई हत्याको खबर सबैभन्दा पहिले पुर्‍याएका थिए । तर, लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएकोजस्तो देखिने हतियार प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरेको थियो ।

घटनामा संलग्नलाई आइतबार चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनले भने, ‘घटनामा संलग्नलाई नियन्त्रणमा लिइसकेका छौ, भोलि बिहान १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी लोकबहादुर संकाको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा शंकास्पद केही ब्यक्तिको ‘डिएनए’समेत परीक्षण गरिएको थियो । तर, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिएसपी लालध्वज सुवेदी नेतृत्वको संयुक्त अनुसन्धानबाट लोकबहादुर बच्न सकेनन् ।

तपाइको प्रतिक्रिया

(Visited 1,853 times, 3 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट ‘होलिडे’ : दोषी को ?

आजको समाचार

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

साताका लोकप्रिय समाचार

प्रतिपक्षको विरोधका बीच संसद् सञ्चालन

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा शुक्रबार तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । तर, सभामुख...

पाल्पा खस्यौलीको खुदो संस्कृति

गुल्मीमा एउटा प्रसिद्ध उखान छ, ‘दिगाम जानु खुदाको पाहुर ।’ दिगाममा प्रशस्त खुदो उत्पादन हुने हुँदा त्यहाँ खुदोको कोसेलीप्रति रुचि हुँदैन भन्ने अर्थमा यो...

चरी जेलैमाकाे नयाँ रेकर्ड

  काठमाडाैं । गायिका विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युवमा नयाँ कीर्तिमान कायम गरेकाे छ ।  रिलिज भएको एक महिना नपुग्दै उक्त गीतले...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै...

ट्रेन्डिङ

सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा : विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सबभन्दा बढ्ी भ्रष्टाचार सिंहदरवारमा भएको बताएका छन् । ...

नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा प्रभु साहकाे क्षेत्रमा दिपावली

गौर । नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहको निर्वाचन क्षेत्रसहित रौतहटका विभिन्न स्थानमा दीपावली गरिएको छ । आइतबार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)