Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशसंसदीय दलको नेतामा पाण्डे , मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने

संसदीय दलको नेतामा पाण्डे , मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने

राजधानी समाचारदाता,
sharethis

 

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको औपचारिकता पाएपछि आइतबार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ ।

प्रदेशका ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले धादिङ–१ को (प्रदेश १) बाट प्रतिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो ।

दलको पहिलो बैठकमा एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदको उपस्थिति रहेको प्रदेशसभाका सदस्य एवं एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

बैठकले बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो पार्टीको समर्थन नभएको निर्णय पनि गरेको छ । सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बारेको जानकारी प्रदेशसभा सचिवालय र सरकारको मुख्यमन्त्री कार्यालयलाई आजै जानकारी गराउने निर्णय पनि एकीकृत समाजवादीले गरेको छ ।

एकीकृत समाजवादीको प्रदेश संसदीय दलको विधान पारित गरेको छ भने पार्टीका लागि कार्यालय उपलब्ध गराउँन बागमती प्रदेशसभा सचिवालयलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

आइतबार निर्वाचन आयोगबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरूको नामावलीसहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा प्राप्त भई दर्ता भएपछि बैठक बसेको हो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बालुवाटारमा गठबन्धनकाे बैठक जारी

बागमती प्रदेशसभामा निर्वाचन आयोगले समाजवादीलाई आधिकारिता दिएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या पनि आठ पुगेको हो ।

बागमती प्रदेशसभामा एमाले ४३ सांसद्का साथ पहिलो, २३ सांसद्का साथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसद्का साथ नेपाली कांग्रेस तेस्रो, १३ सांसदसहितको नेकपा एकीकृत समाजवादी चौथो, तीन सांसद् भएको विवेकशील साझा पार्टी पाँचौं, दुई÷दुई सांसद रहेका राप्रपा र नेमकिपाका क्रमशः छैटौं र सातौं स्थानमा छन् । प्रदेशसभामा एकजना सांसद स्वतन्त्र हैसियतमा रहेका छन् ।

प्रदेशसभा सचिवालयमा नेकपा एमालेको विभाजनपछि बनेको एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदले पनि आधिकारिकता पाएका छन् ।

एमाले परित्याग गरी एकीकृत समाजवादीमा सनाखत गरेका राजेन्द्र पाण्डे, बसन्त मानन्धर, बसुन्धारा हुमागाई, रामा आलेमगर, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाद पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुसुम कुमार कार्की र मीना ज्ञवालीलाई निर्वाचन आयोगले आधिकारिता प्रदान गरेको हो ।

तपाइको प्रतिक्रिया

(Visited 58 times, 2 visits today)

आजको समाचार

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

साताका लोकप्रिय समाचार

प्रतिनिधिसभाबाट बजेट पारित, बैठक ७ असोजसम्म स्थगित

काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस...

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास...

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले...

नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

ट्रेन्डिङ

विभाजित नेकपाका दुबै समूहको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक आज बस्दैछ । केपी ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र...

संखुवासभामा पहिरोले नौ घर बगायो, ११ सम्पर्कविहीन, खोजी कार्यमा संलग्न राईलाई हृदयघात

सङ्खुवासभा । जिल्लाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)