Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३लाङटाङ निकुञ्ज मुद्धाकाे सुनुवाइ अब पूर्ण इजलासमा

लाङटाङ निकुञ्ज मुद्धाकाे सुनुवाइ अब पूर्ण इजलासमा

निराजन पौडेल,
sharethis

काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विद्युत् उत्पादन गर्न दिने केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । संरक्षित क्षेत्र निकुञ्ज क्षेत्रमा निजी क्षेत्रको व्यापारिक कम्पनी यति समूहलाई तत्कालीन ओली सरकारले गत १३ जेठमा जलविद्युत् बनाउन दिने निर्णय गरेको थियो ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले सो विवादसम्बन्धी रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने आदेश गरेको छ । सरकारको निर्णयविरुद्ध अधिवक्ता विज्ञानसिंह विष्टसमेतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । विष्टको रिटमा यसअघि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले संरक्षित क्षेत्रमा जलविद्युत् बनाउने कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी भएको थियो ।

सरकारले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालन कार्यनीति गत जेठ १३ गते संशोधन गरेको थियो । ‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरूको निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति २०६५’को ५ मा राष्ट्रिय निकुञ्ज र आरक्षभित्र स्थानीय उपभोक्ताको हितका लागि १ मेगावाटभन्दा कम क्षमताको मात्र (राष्ट्रिय प्रसारण लाइनमा जोड्न नपाउने सर्तमा) विद्युत् उत्पादन गर्न सहमति दिन सक्ने व्यवस्था थियो । त्यस्ता विद्युत् आयोजना निर्माण गर्दा पानी वहाव ५० प्रतिशत प्राकृतिक रूपमै छाड्नुपर्ने व्यवस्था कार्यनीतिमा थियो । सो कार्यनीतिलाई सच्चाउँदै सरकारले ठूला जलविद्युत् आयोजना निर्माण गर्न पाउने निर्णय गराएको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

गत जेठमा उक्त कार्यनीति संशोधन गर्दै १ मेगावाटभन्दा कम क्षमताको जलविद्युत् आयोजनाका लागि ५० प्रतिशत, १ देखि १० मेगावाटसम्मका लागि ३५ प्रतिशत, १० देखि २५ मेगावाटसम्मका लागि ३० प्रतिशत, २५ देखि १०० मेगावाटसम्मका लागि २० प्रतिशत र १०० देखि २५० मेगावाटको जलविद्युत् आयोजनाका लगि १० प्रतिशत प्राकृतिक प्रवाह कायम हुनेगरी पानीको प्रवाह निर्वाध खुला छाडे पुग्नेगरी कार्यनीति संशोधन गराएको थियो ।

सरकारले यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिलाई सजिलोका लागि कार्यनीति संशोधन गरेको थियो । यतीले लामटाङ निकुञ्जको भित्री भागमा पर्ने स्याफ्रु, बृद्धिम, टिमुरे र लामटाङबाट ३१० मेगावाट क्षमताको (लामटाङखोला रिजर्भवायर) विद्युत् उत्पादन गर्न प्रक्रिया अघि बढाएको छ । यतीले आयोजनाका लागि रोजेको ठाउँ वन्यजन्तु र जैविक विविधताका लागि उपयुक्त क्षेत्रभित्र पर्छ । सो क्षेत्रमा जलविद्युत् आयोजना बनाउने विषयमा विवाद भइरहेका बेला यतीको सहज बनाउन कार्यनीति संशोधन गरिएको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 44 times, 1 visits today)

आजको समाचार

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

साताका लोकप्रिय समाचार

नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ...

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल

  अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह...

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

बर्दियामा छिमेकीले बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँमा शुक्रबार राति जंगली जनावरलाई थालेको विद्युत्तीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई...

बागलुङमा राजनीतिक गतिविधि चलायमान

बागलुङ । बागलुङमा राजनीतिक गतिविधि चलायमान भएका छन् । कोरोना त्रासको कारण लामो समयदेखि बन्द गरिएको सामुहिक भेला, गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रम कोरोनाका...

ट्रेन्डिङ

खाद्यान्नमा परनिर्भरता कम गर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको दुई वर्षका उपलब्धिहरू सार्वजनिक गर्दैगर्दा खाद्यान्न उत्पादनमा उल्लेखनीय वृद्धि भएको आँकडा प्रस्तुत गरे पनि यी दुई वर्षमा खाद्यान्नमा...

पश्चिमी वायुको प्रभाव : तीन दिन वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)