Thursday, September 16, 2021
Your Ads Here
Homeबिचारसंखुवासभा हत्या घटनाले उब्जाएको प्रश्न

संखुवासभा हत्या घटनाले उब्जाएको प्रश्न

राजधानी समाचारदाता,
sharethis

संखुवासभाको उम्लिङ खोलागाउँमा आङ नै सिरिंङ हुनेगरी घट्न पुगेको सामूहिक हत्याकाण्डले सबैलाई सोच्ने बनाएको छ । त्यसमा पनि हत्याको कारण खुल्न जाँदा यसले सबैलाई आश्चर्यमा पारेको छ । अभियुक्तले आपसी भनाभन र हेपाइका कारणले यो घटना घट्न गएको भनी दिएको बयान सार्वजनिक भएपछि त घरेलु हिंसा आखिर हत्याको कारक किन बन्न जान्छ भन्ने कुरा गम्भीरताका साथ लिनुपर्ने अवस्थामा पु¥याएको छ । अभियुक्तले धारिलो हतियार नै प्रयोग नगरी चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको स्वीकार गरेपछि यसले साँचै नै सोच्ने बनाएको छ । अहिलेसम्म भएका हत्याका कारणहरूमा सुरा, यौन, द्रव्य सबैभन्दा बढी कारकका रूपमा देखिए पनि घरेलु हिंसा र उत्पीडनका कारण पनि कम हत्या भएका छैनन् । छरछिमेक र पारिवारिक रूपमा हुने हत्याका घटनाहरूका कारक भनेको घरेलु हिंसा र उत्पीडन नै मुख्य रहने गरेको छ । धन, सम्पत्ति, आँठो साँध, बोलीवचन, अभद्र व्यवहार यसमा कारक हुने गरेका छन् । कतिपय स्थानमा संस्कारगत रूपमा हुर्किएको सामाजिक दुव्र्यवहारले जानअञ्जानमा यसो हुने गरेको पाइन्छ ।

यथास्थितिमा रहेको नेपाली समाजलाई पछिल्लो समयमा समतामा आधारित समाजतर्फ अघि बढाउनका लागि नियम कानुनका साथै विविध संहिता जारी गरिएका छन् । विज्ञान तथा प्रविधिको विकास र विस्तारका कारण धेरै जनतामा थोरबहुत चेतना पनि आइसकेको छ । यो चेतना सापेक्षतामा नयाँ पुस्तामा धेरै र पुरानो पुस्तामा कम रहन गएको छ । सामाजिक विभेद, गालीगलौज, हेपाइ, छेडकानी, सार्वजनिक गाली बेइज्जती तथा सांकेतिक मनोवैज्ञानिक असर पार्ने खालका व्यवहार अबका समाजमा स्वीकार्य देखिँदैनन् । मानिसले समताको व्यवहार आशा गरिरहेका हुन्छन् । तर, कतिपय पुरानो ढर्राका समाजमा आनीबानी र बोली व्यवहारका साथै काम गराइमा पुरानै ढोंग अभिव्यक्त भइरहेका हुन्छन् । संखुवासभाको सामूहिक हत्याको घटनामा यदि अभियुक्तले भनेको कुरा सही हो भने त्यो अपाच्य भएर बदलाको भावनामा परिणत हुन गएको देखिन्छ । यसमा हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने अति सर्वत्र वर्जयते भनेझैं त्यो बदलाभावमा परिणत हुन गएको अनुभूत हुन्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वर्तमान सरकार र जनअपेक्षा

यद्यपि अभियुक्त लागि कानुनी बाटोहरू सबै खुला थिए नै । उनले कानुनी उपचारका लागि आफूलाई मानसिक रूपमा तयार पारेनन् । बरु बदला नै अन्तिम उपाय भएको देखे । रिसका बेला कसैले वेद नपढ्ने उखानलाई हामीले बिर्सनुहुँदैन । साथै, एउटा अपराध लुकाउन १०औं अरू अपराध गर्नुपर्छ जसका कारण त्यो अपराध झन् अक्षम्य हुँदै जान्छ । त्यसैले समाज रूपान्तरणका क्रममा समाजमा व्यापक रूपमा थाती रहेका विभेदजन्य व्यवहारहरू संक्रमणकालीन समाजमा अपाच्य हुन पुग्छन् । पुराना र नयाँ पुस्ताका साथै पुराना र नयाँ व्यवहारका बीचमा पनि एकखाले द्वन्द्व सिर्जना हुन जान्छ । यसले नसोचेको परिणाम निम्त्याउने पनि गर्छ । हाम्रो सामाजिक अवस्था र समाजमा विद्यमान शोषण उत्पीडनका कारण पनि नसोचेका घट्नाहरू घट्न पुगिरहेका छन् । स्थानीय र प्रदेश सरकारहरू यस विषयमा त्यति धेरै संवेदनशील भएको पाइँदैन् ।

यस घट्नामा पनि दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही त हुनुपर्छ तर आगामी दिनमा समाजमा यस प्रकारका दुःखद घटनाहरू घट्न नदिन संघ, प्रदेश र स्थानीय तहले आवश्यक समन्वय गरी सरकारीस्तरबाटै सामाजिक विभेदविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ ।

तपाइको प्रतिक्रिया

(Visited 147 times, 3 visits today)

आजको समाचार

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

  लहान । पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् । बिहिवार लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

साताका लोकप्रिय समाचार

राजनीतिक अन्योलताबीच प्रशासनको बढ्दो जिम्मेवारी

स्थायी सरकारका रूपमा रहेको ब्युरोक्रेसीले व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ नाराका साथ २२ भदौमा निजामती सेवा दिवस मनायो । हरेक वर्ष...

तालिबानमा देखिएको लचकता

काबुलमा तालिबानको पुनारागमनसँगै पश्चिमासहित पूर्वीय देशहरूले पनि तालिबान पुरानै छन् वा फेरिएर आएका छन् भनी जिज्ञासा प्रकट गरिरहेका थिए । एकआपसमा तालिबानबारे विभिन्न धारणा...

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

काठमाडौँ । सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको...

अर्थमन्त्री र एमसीसी उपाध्यक्ष बीच भेटवार्ता

  काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको बिच भेटवार्ता भएको छ । शनिबार अर्थमन्त्री शर्मा र उपाध्यक्ष...

मुकुन्द सम्मानित, गोविन्द पुरस्कृत

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आफ्नो २६औं स्थापना दिवसको अवसर पारेर अग्रज खेलपत्रकारिता सम्मानबाट मुकुन्द दाहाललाई सम्मानित तथा सुमन भोम्जन युवा खेल...

ट्रेन्डिङ

ट्राफिक प्रहरीको सई हुँ भन्दै पैसा उठाउने पक्राउ

लहान । सिरहाको बरियारपटी गाउँपालिका ५ स्थित जिझौलमा ट्राफिक प्रहरीको सई हुँ भन्दै सवारी चालकसँग पैसा उठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वर्तमान सरकार र जनअपेक्षा
...

कांग्रेसको नयाँ नारा : प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ताका लागि दबाब बढाउन सत्ताइतर दलसँग छलफल गर्ने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)