पार्टी आधार निमार्णमा महाधिवेशन अपरिहार्य

रोमन या ऐथेन्स नगरराज्यबाट सुरु भएको जनताको सहभागिताको शासन पद्धति (नाम जे दिए पनि लोकतन्त्र गणतन्त्र प्रजातन्त्र)ले यहाँसम्म आइपुग्दा धेरै आरोहअवरोह पार गरिसकेको छ । विभिन्न आरोह अवरोहका क्रममा विभिन्न अभ्यास पनि हँुदै आएको छ । यस क्रममा प्रजातन्त्र शब्दको पुनर्बाेध गरी जनतालाई वास्तविक रूपमा सार्वभौम बनाउने शासन पद्धतिको आग्रहका साथ लोकतन्त्रको अविष्कार भएको हो भन्ने गरिन्छ । वास्तवमा लोकतन्त्र भनेको विचार दर्शन मूल्य र मान्यता अनुरूपको व्यवहारमा फस्टाउने पद्धति हो । विचार दर्शन र मूल्य मान्यता छ भनेर मात्र हुँदैन त्यसअनुसारको व्यवहार चाहिन्छ ।

यसै मान्यतालाई आत्मसात् गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १६ले गरेको कानुनी व्यवस्थाअनुसार ‘संघीय प्रदेश तहका समितिसम्बन्धी व्यवस्थाअन्तर्गतको उपदफा १ मा केन्द्रीय समिति तथा प्रदेश समितिमा प्रत्येक पदधिकारीको निर्वाचन विधानमा व्यवस्था भएबमोजिम प्रत्येक पाँच वर्षमा कम्तीमा एकपटक गर्नुपर्नै र उपदफा २ मा यदि विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा त्यस्ता पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा विधानमा व्यवस्था भएबमोजिम आयोगलाई जानकारी गराई त्यस्तो अवधि पूरा भएको मितिले ६ महिनाभित्र त्यस्ता पदाधिकारीको निर्वाचन गर्नुपर्ने रहेको छ । सोही कानुनी र सँवैधानिक व्यवस्थाअनुसार नै अहिले महाधिवेशन हुँदै छ ।

जसअनुसार नेपाली कांग्रेसको नयाँ कार्यतालिकाअनुसार मंसिर ९ गतेदेखि १३ गतेसम्म १४आंै महाधिवेशन गर्दै छ भने नेकपा एमालेले पनि यही असोज ५, ६ ७ गते विधान महाधिवेशन गरी मंसिर महिनामा नै १०आंै महाधिवेशन गर्दै छ र अन्य दलको पनि हुँदै छ । पार्टीको महाधिवेशन भनेको पार्टी जीवनलाई जीवन्त राख्ने लोकतान्त्रिक मूल्यमान्यताअन्तर्गत नै पर्छ । हाम्रो बोली व्यवहारमा मूल्य र मान्यतालाई समनार्थी शब्दका रूपमा लिए पनि सारका रूपमा यी दुईबीच पनि भेद वा भिन्नता रहेको हुन्छ । मान्यता भनेको धेरै हदमा संरचनात्मक पक्षसँग सम्बन्धित हुन्छन् भने मूल्य भनेको आन्तरिक गुण जसले खास प्रकारको पद्धतिको लागि उत्साह, आदर, विश्वास, जिम्मेवारी, आत्मानुशासन र निष्पक्षता बोध गराउँछ । लोकतन्त्रका मूल्यहरूले लोकतन्त्रका सँरचना र कार्यपद्धतिका लागि आधार दिन्छ ।

सोही कार्यपद्धतिका आधार निर्माणका लागि महाधिवेशन गर्ने गरिन्छ । पार्टीको सिद्धान्त मार्गदर्शन विधिविधान निर्माण परिमार्जन संशोधन नीतिनिर्देश समीक्षा योजना निर्माण सफल कार्यान्वनसँगै पार्टी नेतृत्व निर्माण गर्ने महत्वपूर्ण थलो हो महाधिवेशन । जहाँ लाखौं कार्यकर्ताले विधान तहः .प्रतिनिधि छनोट गरी आफ्ना भावना विचारको प्रतिनिधित्व गराएका हुन्छन् । तदनुरूप बृहत् छलफल गरी विधि प्रक्रियाबमोजिम सर्वसम्मत रूपमा या बहुमत अल्पमत मत विभाजनद्वारा पाँच वर्षका लागि विधान र नेतृृत्व निर्वाचित हुन्छन् । यी निर्वाचित पदाधिकारीहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा २० मा निर्दिष्ट गरिएको प्रतिस्पर्धात्मक बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिको सुदृढीकरणसम्बन्धी कार्य गर्ने, मुलुकको सामाजिक आर्थिक सांस्कृतिक विकासका नीति योजना र कार्यक्रम जनसमक्ष ल्याउनुपर्नै र मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समृद्ध अर्थतन्त्र निर्माण गर्नुपर्नेलगायतका दायित्व कर्तव्य निर्वाह गर्नुपर्नै हुन्छ ।

हरेक दलहरूको बहुमूल्य सम्पति भनेको नै फलामे अनुशासन हो । त्यो अनुशासनले कसैलाई शासनमा राख्नेभन्दा पनि बरु आफंैलाई शासित गर्नै हो । यसको सौन्दर्यले समग्र संस्था उजिल्याउने काम गर्छ ।

जसअनुसार लोकतन्त्रलाई वैधता दिने र नागरिक अभिमत परिचालन गर्नै कार्यमा यी नै राजनीतिक दलहरू क्रियाशील हुन्छन् भने राजनीति चाहिँ विचार दर्शन र सिद्धान्तका आधारमा प्रतिस्पर्धामा रहन्छ । राज्यका विभिन्न संरचना र तहहरूमा जनताको समान सहभागितालाई सहज पार्नु र लोकतान्त्रिक संस्थाहरूलाई जनताप्रति प्रत्यक्ष उत्तरदायी वनाउनु नै लोकतन्त्रको प्रमुख उद्देश्य हो । तर, लोकतान्त्रिक प्रक्रियाको अभ्यासमा यी कुराहरू कसरी साँचो अर्थमा जनस्तरमा पु¥याउने भन्ने खोज अहिले पनि गर्नुपरिरहेको अवस्था छ । वास्तवमा लोकतन्त्रको सफलता भनेको समृद्धि, स्वाभिमान, समानता, शान्ति, सुरक्षा र स्वतन्त्रतामा देखिन्छ । यी कुराहरू प्राप्त गर्न दलका नेता पदाधिकारीहरूका व्यवहार लोकतान्त्रिक आदर्शअनुरूप क्रियाशील हुन सक्नुपर्छ । अनि मात्र लोकतन्त्रलाई जनजीवनमा पु¥याउन सकिन्छ । विडम्बना नै भन्नुपर्छ कि अहिले पनि नेता पदाधिकारीका आचरण व्यवहार त्यो अनुकूलका छैनन् ।

अब त्यस्तो अवस्था अन्त्य हुुनुपर्छ । पार्टी भनेको सँगठन हो र जसलाई परिचालन गर्ने मानिसले नै हो जसलाई नेतृत्व भनिन्छ । नेतृत्व गर्नै नेतृत्व टिम २१औं शताब्दीअनुकूलको गतिशील हुने आउनुपर्छ । पानी जमेर बसेको तालजस्तो नभई निरन्तर बगिरहने नदीजस्तो हुनुपर्छ । संगठन मानिसहरूको सामूहिक संलग्नताको स्वरूप हो जसको उद्देश्य र त्यहाँसम्म पुग्ने प्रक्रिया पनि साझा हुन्छ । त्यसैले संगठनले साधन प्रविधि मानिस र वातावरणलाई समान आकांक्षामा परिचालन गर्न सक्छ । अब पिरामिड स्वरूपको संगठन हुनु हँुदैन जतिजति माथिल्लो पद उति थोरै संख्या तर अधिकार र शक्ति माथितिर बढ्दै जाने हुनु युगसापेक्ष हुुन सक्दैन । अब अहिलेको युग सुहाउँदो इल्टन मायोले सन् १९२४ देखि १९३२ सम्म अनुसन्धान गरी प्रचलनमा ल्यायको मानव सम्पर्क उपागमबाट सुरुवात भएको आधुनिक सिद्धान्तलाई अपनाउँदा राम्रो हुने देखिन्छ ।

लोकतन्त्रका उद्देश्य पूरा भएनन् भने जनतामा लोकतन्त्रप्रति वितृष्णा आउन थाल्छ, फलतः विद्रोह हुने सम्भावना भई राजनीतिक अस्थिरता निम्तिन्छ । राजनीतिक अस्थिरता भित्र विभिन्न देशीविदेशी शक्तिहरूले खेल्ने मौका पाउँछन्

यस सिद्धान्तले मानिसलाई यन्त्रको रूपमा होइन मानिसकै रूपमा व्यवहार गरिनुपर्छ भन्ने मान्यता राख्छ । यसले ‘काम गर्ने भावना मानिसभित्र लुकेर वसेको हुन्छ, जसलाई बाहिर ल्याउन प्रेरणा चाहिन्छ भन्ने कुरामा जोड दिन्छ । यसका प्रमुख विशेषताहरू सकारात्मक वातावरण, मानिसमाथि जोड, उत्प्रेरणामा जोड, मानवीय सहयोग रहेका छन् । यस सिद्धान्तले काम, कार्य समूह, नेतृत्व र कार्य वातावरणबीच आपसी सम्बन्ध र अन्तक्र्रियाबाट नै संगठनले दक्षतापूर्वक काम गरी लक्ष्य प्राप्त गर्न सक्छ भन्ने मान्यता राखेको छ । यो सिद्धान्त निश्चित हदसम्म स्थिर, गतिशील र खुला प्रणाली, स्वचालित पृष्ठपोषण र नियन्त्रण प्रणाली, जैविक सामाजिक प्रणाली र बहुआयामिक प्रणालीका रूपमा रहेको पुष्टि भएको छ । तसर्थ हामीले हाम्रा महाधिवेशनलाई पुरानो शैलीको संगठन संशोधन गरी गतिशील बनाउने, परिमार्जित गर्ने अवसरका रूपमा लिन सक्नुपर्छ । अन्यथा अहिलेका सांगठनिक जीवनप्रणाली नसच्याएमा लोकतन्त्रका उद्देश्य पूरा हँुदैन । लोकतन्त्रका उद्देश्य पूरा भएनन् भने जनतामा लोकतन्त्रप्रति वितृष्णा आउन थाल्छ । फलतः विद्रोह हुने सम्भावना भई राजनीतिक अस्थिरता निम्तिन्छ । राजनीतिक अस्थिरताभित्र विभिन्न देशी विदेशी शक्तिहरूले खेल्ने मौका पाउँछन् ।

यो विषयमा अफगानिस्तानको वर्तमान अवस्थावाट पनि पाठ सिक्न सक्छांै । जहाँ राजनीतिक नेतृत्व र राज्यप्रति बहुसंख्यक जनताको विश्वास थिएन र राज्यसंयन्त्रको कदमलाई जनताले साथ दियनन् । फलतः राज्यशक्ति कमजोर साबित हँुदै अन्तत राज्य संयन्त्र फेल हुन पुग्यो र तालिवानले राज्यसत्ता हत्याउन सफल भयो । यस घटनाबाट हामीले शिक्षा लिनुपर्छ, त्यो के भने राज्यशक्ति वास्तवमा शक्ति होइन, शक्ति त विचारमा हुन्छ, तलतल जनजनमा भिजेको र सामाजिक अन्तरघुलन भएको संगठनमा हुन्छ । जनताका हितमा ल्याइएका कार्यक्रममा हुन्छ । अनि त्यो जनशक्ति नै अजेय शक्ति हो । जसलाई केहीले पनि हराउन सक्दैैनन् । आज अफगानिस्तानमा सो साबित भएको छ । दिगो शान्ति दिने भनेर बसेको अमेरिकासमेत नसकेर आफ्नो देशमा फर्किनुप¥यो । यो कटु सत्यको हेक्का दलका नेता तथा भावी पदाधिकारीले राख्न सक्नुपर्छ । हरेक दलहरूको बहुमूल्य सम्पति भनेको नै फलामे अनुशासन हो । त्यो अनुशासनले कसैलाई शासनमा राख्नेभन्दा पनि बरु आफंैलाई शासित गर्नै हो । यसको सौन्दर्यले समग्र संस्था उजिल्याउने काम गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति