‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको ‘देउन माया सुन्तला’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर सुन्न सकिन्छ।

यस्तै दिनेशराज बाहले एरेन्ज गरेको गीतलाइ एचबिएन किस्मतले फाइनल गरेका हुन । चेतबहादुर बुढाथोकीकै निर्दशन रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी, विजय पुन, बिना बिस्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ।

माधब श्रेष्ठकाे कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायांकन पदम सुबेदीको सम्पादन मिलन बिस्वकर्माको कलर र सरोज बुढाथोकीको मेकप समाबेस रहेको छ। गायक बुढाथोकीले यस अघि एक मनले मन पराउने, डाडै कटी जाउँला, छोडी जानु रहर होइनलगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता