वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रममा सफलता नपाउनु र उत्पादन भएका सामान निर्यात हुन नसक्नु र आयातीत सामान गुणस्तर नभए पनि अन्धाधुन्ध बढ्दै जानुले व्यापार घाटा बढ्दै गएको छ ।

अघिल्ला वर्ष झंै अगाडिका वर्ष निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हुँदै गएको देखिन्छ । व्यापार घाटा कम गर्न समयसमयमा धेरै नीति उद्घाटन गरे पनि उपलब्धि हुन सकेन । आयात प्रतिस्पर्धाका १२ वस्तुका निर्यात पनि निराशाजनक अवस्थामा भएका छन् । हरवर्ष निर्यात बढाउने भनी नयाँनयाँ स्याम्पुलका रूपमा नयाँ कार्यक्रम ल्याई हल्ला फिजाइन्छ तर हर वर्ष कार्यक्रम कार्यान्वयन हुन नगई निर्यात अद्योगतिमा जाँदै छ ।

भारतसँगको व्यापार हिस्सा ६० देखि ६७ प्रतिशत जति भए पनि भारतसँगको व्यापार घाटा पनि चुलिँदै छ । त्यसैगरी चीनसँग बाटोघाटो सामान्य भएको अवस्थामा नेपालको व्यापार घाटा ८६ अर्ब ७९ करोड भइसकेको छ । चिनियाँ विभिन्न गुणस्तरका सामान आयात भएको छ । बाटोघाटो सामान्य अवस्थामा नेपालको चीनमा निर्यात भने लाज लाग्ने रूपमा ३ अर्बभन्दा माथि जाँदैन । व्यापार घाटा भएका देशहरूमा इन्डोनेसिया, अर्जेनटिना, थाइल्यान्ड, भियतनाम, साउथ कोरिया, मलेसिया, फ्रान्स र जापानलगायत अरू देश छन् ।

नेपालको निर्यात व्यापार भारत, चीन, अमेरिका, टर्की, जर्मनी, बंगलादेश, क्यानडा, जापानलगायतका देश छन् । नेपालबाट चालू सात महिनामा मुख्य रूपमा चिया, अलैंची, अदुवा, कार्पेट, तयारी पोसाक, चाउचाउ, जुसलगायतका वस्तुहरू छन् ।

निकासी प्रवद्र्धनसँग सम्बन्धित परियोजना सञ्चालनका लागि सरकारले आर्थिकलगायत अन्य सुविधा प्रदान गरी उत्प्रेरित र प्रोत्साहित गर्नुपर्छ

सर्वसाधारणको स्वास्थमा गम्भीर असर पर्ने विषादीयुतm तरकारी, फलपूmल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल अर्थात् टीबीटी र एसपीएस माध्यमबाट आायात व्यवस्थापन गरिने कुरा प्रकाशमा आएको छ । यसका लागि हरेक प्रदेशमा प्रविधियुतm नाका तोकिने कुरा प्रकाशमा आएको छ ।

देशको व्यापार घाटा कम गर्न र देशको निकासी बढाउन सरकारले विभिन्न योजना तथा कार्यक्रम अघि सारे पनि देशको व्यापार घाटा बढ्दै गएकाले सरकारको कार्यक्रम सफल भएको देखिएन । निकासी बढ्न् नसक्नु र आयात तीव्र गतिमा बढनु देशको व्यापार घाटा बढ्दै जानुमा कारक तŒव भएको थियो । नेपालबाट निर्यात हुने केही हरेक वस्तुहरू अर्बमा र धेरैजसो आयातीत वस्तुहरू खर्बाैंमा आयात हुँदै आएकाले देशको व्यापार घाटा बढ्दै आएको थियो ।

नेपालबाट मुख्य रूपमा निर्यात हुने वस्तुहरूमा कपडा, तयारी पोसाक, गलैंचा, अदुवा चिया, चाउचाउ, अलैंचीआदि रहेका थिए । अघिल्लो वर्षभन्दा अगाडिका आर्थिक वर्षमा गलैंचाको निकासी घटेको थियो । तर, तयारी पोसाकको निर्यात बढेको थियो । कुनै वर्ष निर्यात वृद्धि हुने वस्तुमा अलैंची परेको थियो भने आयात वृद्धि भएका वस्तुहरूमा पेट्रोलियम पदार्थ, गाडी र पार्टपुर्जाहरू मोबाइल सेट मुख्य थिए ।

वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पति घिउ, तयारी पोसाकलगायतको कुनै वर्ष निर्यात बढेको छ भने जुस, अलैंची, जीआई पाइप, उनी गलैचासहितको कुनै वर्ष निर्यात घटेको छ । समग्रमा वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, यायताका साधन, पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुयल्सलगायतका वस्तुका आयात बढेको छ । तर, कृषि औजार, पार्टपुर्जा, विद्युतीय सामान, सेनेटरी वेयर्स, खाने तेल, ब्याट्रीलगायतका वस्तुहरूको आयात घटेको बढेको छ । पशु आहार, तयारी पोसाक, पिना, वनस्पति घिउलगायतको वस्तुको निर्यात बढेको छ । तर, जुस, अलैंची, उनी गलैंचा, पाइप, टुथपेस्टलगायतका वस्तुका निर्यात घटेको देखिन्छ ।

भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापार घाटा पनि बढेको देखिन्छ । करिब २ दशक अगाडिसम्म नेपालले चामल निर्यात गथ्र्यो । हालका वर्षमा ३० अर्ब रुपैयाँका भन्दा बढी विदेशी चामल नेपालमा आयात हुँदै आएको छ । नेपालमा इन्धन मात्रै बर्सेनि १ खर्ब ४० अर्बका खपत भई आएको छ । बर्सेनि ३२ अर्बको सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाइल सेटको आयात भइराखेको छ ।

नेपालमा बढी आयात भएका वस्तुहरूमा फलाम तथा स्टिल, पेट्रोलियम पदार्थ, सवारी साधन र पार्टपुर्जा छन् भने नेपालको निर्यात दयनीय भई नेपालबाट बढी निर्यात भएका वस्तुहरूमा चिया, कफी, म्यान मेड स्टेपल फाइबर, कार्पेट, कपडा तथा कच्चा पदार्थ, फलाम तथा स्टिल मुख्य थिए ।

अघिल्ला वर्षमा झैं यसपटक पनि निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हुँदै गएको देखिन्छ

अघिल्ला वर्षसम्म पनि भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापार घाटा पनि बढेको देखिन्छ । विदेशमा प्रशस्त माग भएका र सहजै निकासी बजार पाउन सकिने भनी पहिचान भइसकेका कृषि वस्तुहरूका लागि सम्बन्धित जिल्लालाई सो वस्तुहरूको निकासी जिल्ला भनी घोषित गर्नुपर्ने देखिन्छ । यसैगरी, विभिन्न निकासी वस्तुहरूको उत्पादन र प्रशोधनमा विशिष्ट स्थान रहेका अन्य जिल्लालाई पनि क्रमशः निकासी प्रदेश क्षेत्र घोषित गरी निकासी प्रवद्र्धनमा ध्यान दिनुपर्ने देखिन्छ । निर्यात प्रवद्र्धन कोष फलदायी र प्रभावकारी निकासी विकास तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नसके मात्र निकासी प्रवद्र्धनमा सघाउ पुग्न जाने हुन्छ ।

निकासी गर्न तोकिएका कृषि वा वनजन्य वस्तुहरू उत्पादन गर्न चाहिने जग्गा प्राप्त हुन नसकेमा सरकार र व्यवसायीबीचको समझदारीका आधारमा दीर्घकालीन रूपमा लिजमा व्यवसायीलाई जग्गा भाडामा उपलब्ध गराउन पहल गर्नुपर्ने देखिन्छ । उच्चतम मूल्य प्राप्त हुने तर चाँडै सडीगली जान सक्ने कृषिका वस्तु पनि बाह्य देशमा निकासी हुन थालेको वा जान सक्ने सन्दर्भमा यस्ता वस्तुका निकासीकर्तालाई थप प्रोत्साहन प्रदान गर्न र सामान बिग्रन वा बिक्री नहुन जाने जोखिम कम गर्न सुरक्षाका लागि विमानस्थलमा अत्याधुनिक शीत गोदाम र रेफ्रिजरेसन ल्पान्ट राख्न भन्सार क्षेत्रमा निजी क्षेत्रको सहयोगमा सञ्चालन गरी निजी क्षेत्रको उपयोगका लागि सुविधा दिइनुपर्ने देखिन्छ ।

तोकिएका कृषि वन वस्तुहरूको बाली कटान गरी प्रशोधन, सुरक्षा, प्याकिङ, ढुवानी, आदि कार्यमा सूचना, जानकारी, तालिम तथा अन्य सहयोगका साथै विभिन्न देशमा आयोजना हुने अन्तर्राष्ट्रिय कृषि मेलामा भाग लिन सहयोग एवं पहल गरी निकासी बढाउन सघाउ गर्न सकिन्छ । नेपाल कृषि देश भएर पनि नेपालबाट बाह्य मेलामा गैरकृषि वस्तुमा बढी ध्यान दिएको देखिन्छ । निकासीसँग सम्बन्धित परियोजनाका सञ्चालनमा वा लागि आर्थिक तथा थप सुविधा दिनुपर्ने देखिन्छ । नेपालले बाह्य कृषि मेलामा भाग लिएको देखिँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – १ बैशाख
भिडियोको छायांकन बढेपछि उपकरण व्यवसायीलाई राहत
नयाँ दिल्लीमा कोठी सञ्चालन गर्ने रुकमाया पक्राउ
गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी
रुपन्देहीमा थप कोरोना संक्रमितको मृत्यु
अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी