राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने दाउमा केन्द्रित छ । अनि, उही गुटकै पगरीभित्र घुमिरहेको छ । सानो देश नेपालले ठूलो समस्यालाई विगतबाटै सुल्झाउन सकेन । तानाशाह, प्रजातन्त्रमा अस्थिरता र अप्ठ्यारा, पञ्चायती शासन, विभिन्न आन्दोलन र अप्ठ्यारा, बहुदलीय योजनामा पनि विमतिकै चक्करमा अडिएको गुटबन्दीको लप्काले मुलुक अन्योलै अन्योलमा छ । मुलुक उही तानाबानाको गोलघरभित्र घुमिरहेको छ । गणतान्त्रिक सोचभित्र पनि दलगत स्वार्थकै सोचसम्म हामीले भुलेको एउटै विषय हो ः जमिन, जल, जनशक्ति, जंगल र जडीबुटीबारे अहं योजनाको अभाव । स्वार्थ साँध्ने शीतयुद्धभित्र देश र जनता नराम्ररी फसेको छ ।

एउटा नेताको गल्ती वा इगोका कारण लाखौं कार्यकर्ता अनि करोडौं जनताको भाग्य र भविष्यमा ठेस पुग्छ । गुटको खेतीले परिणामतः द्वन्द्व मच्चाउँछ अनि विभाजन हुन्छ । मिलिहाले पनि तन मिलेर मन नमिले त्यो देखाउने दाँत र चपाउने दाँतको अन्तरमा अडिन्छ । पेटमा दाह्रा हुनेले मुखमा लिपिस्टिक, पाउडर वा श्रीखण्ड लाएर देखाउँदा भुसको आगो त धुवाँइरहन्छ । मूलतः भुइँ मान्छेलाई त्यही अस्थिरताको चपेटाभित्र राखेर संगठन विस्तारका नाममा, भोटका नाममा या त अन्य कुनै बहाना खोजेर उपभोग गरिन्छ । तिनीहरूको भाग्य र भविष्य स्वाहा † तसर्थ, नेतृत्वले गुटलाई होइन राष्ट्रिय स्वार्थलाई बोक्न सकोस् र त्याग गर्न पनि ।

नेपाली राजनीतिले अहिले सिद्धान्तको आडमा जनतालाई बौद्धिक भ्रष्टाचार गरिरहेको छ । अवसरका लागि पछि लाग्ने, राजनीति र सिद्धान्तका कुराभन्दा बढी कुर्सीको कुरा बुझ्ने मान्छेलाई होहल्लाले नै डो¥याएको छ । कुरा विकासको तर काम ओहोदाको तहमा अल्झियो । ठूला योजनाले गति नलिएसम्म परिवर्तनको आभास हुँदैन । विपन्न देशमा एउटा जनता नबुझी समर्थन वा विरोध गर्छ, एउटा लहैलहैमा लाग्छ अनि एउटाचाहिँ बुझ्छ तर स्वार्थको पोयोलाई समात्छ । जनतामा गुलामी प्रवृत्तिमा लिप्त हुने शैली नसुध्रिनु एक त बाध्यता र अर्को पुरानो आदतको अनुसरण हो । नेतृत्व लडिरहँदा कर्मचारीतन्त्र मौलाउन र अवसरको फाइदा उठाउन सक्रिय रहन्छ । फलतः उही घुसखोरी प्रवृत्तिले ढिलासुस्ती र अड्को थापिरहने जटिल समस्याले निरन्तरता पाउँछ ।

हामी त श्रम बेच्नेभन्दा सपना बेच्नेतिर विश्वास गर्छौं । सहरमुखी विकास र सहरकै समृद्धि नियाल्नमा मग्न भयौं । परिणामतः विकासको गति अहिले पनि एककाँधे भइरहँदा यहाँ करोडपति र रोडपतिको खाडल ज्युँकात्युँ हस्तान्तरण भइरहेकै छ । तब, ‘पैसा कहाँ कमिन्छ’भन्दा ‘विदेशमा’ भन्ने विकल्प नै युवा पुस्ताको दिमागमा गढेर बस्नैपर्ने भइदिन्छ ।

चाकडीबाज पद्धति
बजारमा होहल्ला गरेर लहडी व्याख्यामा लहसिने स्वार्थभित्र हाम्रो नेपाली राजनीति अल्मलिएको छ । वास्तवमा माक्र्सवादी मान्यताको समाजवादलाई संविधानका पानामा कोरिएको भए पनि पछिल्लो राजनीतिमा त्यो संस्कार रत्तिभर पनि छैन । क्षमता र योग्यताभन्दा चाकडी र गुलामीपनको बढोत्तरी गराउने शैलीको कूटनीति हावी छ । फलतः क्षमतावान् मान्छे पनि स्वार्थका लागि भन्दै उही गुलामीमा लम्पसार हुँदा तिनको बौद्धिकता देशका लागि खर्च भएन । शीतयुद्धले उही राजनीतिक चक्रको दलदलमा विकास र समृद्धिका सपनालाई गाडिदिएको छ ।

हामीले हाम्रो नेपालीपनको समाजवाद सोचेनौं भने त्यो भोलिको पुस्ताका लागि पनि ठूलो भुल हुन सक्छ

परिणामतः सबैले दलदललाई मात्रै साथ दिए अनि थाहा भएरै, बुझेरै ‘राजनीति नगरे काम छैन’ भन्ने भावना जन्मियो र सबैमा यही साझा सिद्धान्त बनेर मज्जासँग मौलायो । यसै मैदानमा हामी सबै यतिखेर घुमिरहेका छौं । यसमा खलनायक देखिँदैन तर देश र जनता सबै हारिरहेको छ । हामी नेपाली यतिखेर विचार र व्यवहारको संक्रमणकालीन अवस्थाको स्तरमै रुमल्लिरहेका छौं । विकास र समृद्धिको राष्ट्रिय स्वार्थ किञ्चित अणु मात्रै पनि देखिन्न । परिणामतः व्यावहारिक विकासवाद अबको आवश्यकता हो ।

राजनीतिलाई फोहोरी खेल भनिनुको मूल कारण गुटतन्त्रको स्वार्थवाद नै हो । जनताले गुण र दोषको पहिचान गर्न नजान्नु र नचाहनु समस्या हो । गलत कर्ममा लहसिनेले पनि साथ पाइरहने पद्धति हाबी भयो । वास्तवमा अब त राष्ट्रिय स्वार्थबाहेकका झगडिया पद्धतिलाई जनताले मिलेरै बहिष्कार गर्ने शान्तिपूर्ण क्रान्तिको खाँचो छ । दोषलाई दोषै भन्ने र गुणलाई गुणकै रूपमा स्वीकार गर्ने संस्कारको खाँचो छ । बौद्धिक जगत्ले राजनीतिक बागडोरमा छाता बनेर नियन्त्रण र निर्देशन गर्ने पद्धति आवश्यक छ ।

यो अद्यापि शान्तिपूर्ण ढाँचाबाट सम्भव छ । यसमा मापदण्ड र तह स्पष्ट हुनुपर्छ जसले सामान्य वर्गलाई उकास्न माथिल्ला वर्गलाई नदबाए पनि मुलुकमा द्रुत परिवर्तन सम्भव हुन सक्छ । यसमा समर्थन ज्यादा र विरोध न्यून हुन्छ । यसको अर्थ गुटलाई साथ नदिने तर, विकासमा सधैं एक बन्ने हो । यसले सानो ठूलोको पदीय लालसाको चक्करलाई तोड्नुपर्छ ।

नेपालमा अहिले अमूर्त र अपरिभाषित समाजवादी सोच हाबी छ । अलिकति समाजवाद अलिकति तानाशाहको प्रभुत्व हुँदै नवसामन्तवादको प्रभाव भनौं । राजनीतिमा जबसम्म तल्ला तहका मानिसमा वितृष्णा र अभाव भइरहन्छ । गुफामा, रोडमा, पुलमुनि मान्छे मागेर, ढुकेर, लुटेर खान विवश हुन्छ भने त्यहाँ समाजवाद कसरी आउँछ ? वास्तवमा वाद, सिद्धान्त, नियम, नीतिका कुरा किताबका पानामा अडिने गणेश थापना गरिएका विषय मात्रै हुन् । व्यवहार र नैतिकता त भावना नै हो । किनकि, सबै दर्शन र सिद्धान्त समाजद्वारा बन्धित हुन्छन् र समाज भनेको व्यक्तिको समूह हो त्यो भावनामा अडिएर हरेकको मस्तिष्कबाट चल्छ ।

यसर्थ, पनि जातवाद, बिचौलियावाद, माफियातन्त्र, नश्लवाद, तरमारा वर्गदेखि एउटा धर्मको विषय बोकेर हिँडेसम्म पनि त्यहाँ कतै न कतै विभेद हुन्छ नै । भ्रष्टाचार गर्ने र बचाउने हतियार यिनै विषय हुन्छन् । तब मानिस फासीवादकै शरणमा जाक्किन्छ । किनभने, हामी श्रम र श्रम बजारको सम्बन्धमा सधैं कमजोर छौं । गाउँलेहरू सहरतिर र सहरीया विदेशतिर होमिने प्रथामा हामी होमिएका छौं । यसविपरीत ग्रामीणीकरण, लघु उद्योग, लघु कारखाना, सूक्ष्म बजारको मूल्यमा बढोत्तरी, माटो सुहाउँदो खेतीमा जागरुक गराउने योजना हुँदो हो त देश र नागरिक दुवै आर्थिक उन्नतिमा आपैंm जुट्न सक्छ ।

शिक्षा र स्वास्थ्य निःशुल्क होओस् !
निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवासँगै कृषि र रोजगारका योजना गाँसिने हो भने अन्य सबै विकासका बाटा फराकिला हुन्छन् । देश गरिब पनि हुँदैन र जनतामा निराशा तथा पीडा ह्वात्तै घट्ने सम्भावना बढ्छ । तब समृद्धिका सपनाले व्यावहारिक आकार पाउने सम्भाव्यता बढ्ला । मानिसले स्वच्छ र स्वस्थ खाना खान पाउनु उसको आवश्यकता हो रहर होइन । यस कुरालाई राज्यले मानवीय कोणबाट सोच्नुपर्छ । यसर्थ विपद् व्यवस्थापन, बस्ती व्यवस्थापन, नमुना बस्ती निर्माण, शिक्षा र स्वास्थ्यलाई सरकारी मातहतमुखी बनाउनेजस्ता कार्यमा सामाजिक सरोकारवालाको हक बढी रहन्छ ।

नेपाली राजनीति विगतदेखि प्रतिरोध र प्रतिशोध साँध्ने दाउमा केन्द्रित रहेकाले गुटको पगरीभित्र घुमिरहेको छ

यसमा कमाउधन्दाले उब्जाउने घुसखोरीउन्मुख सोच समस्या हो, स्थानीय तहदेखि नियमन गरौं । तब, अपनत्वको भावले पनि स्थान पाउँछ । भावनात्मक पक्ष र नाफाखोरीबीचको अन्तर केलाउनु चाहिँ राज्यको दायित्व हो । घुसखोरी प्रवृत्तिको नियन्त्रणमा समाज र सरकारको सहभागिता हुनुपर्छ ।

विकास निर्माणका योजनालाई ढिलासुस्ती गर्ने र अल्झाएर राख्ने ठेकेदारबाट कारबाहीको संयन्त्र बलियो हुनु आवश्यक छ । तथापि, राम्रो गर्नेलाई सम्मान गर्न नजान्नु पनि समस्या नै हो । कामको मूल्यांकनका विषयमा आग्रह र पूर्वाग्रहको शैलीबाट मुक्त हुनेगरी कडा शासनको व्यवस्था हुनुपर्छ । फितलो र झन्झटिलो कानुनी प्रक्रियाका कारण विकासका काममा बाधा पु¥याउने तह, तप्का र निकायसँग उपभोक्ता वा सरोकारले प्रतिवाद गर्न सक्दैन ।

बरु उपभोक्ताहरू त पर्ख र हेरको आधारमा फकाउनुपर्ने बाध्यतामा परिरहन्छन् । ठेकेदारको बदमासीका विषयमा सरकार सधैं कमजोर देखिन्छ । परिणामतः विकासको गतिमा बाधा बढिरहेकै छ । यसर्थ प्रजातान्त्रिक व्यवस्था र कडाइ गरिने क्षेत्रको तहलाई सैनिक नियमले जसरी बाँध्नु पनि पर्छ । व्यावहारिक विकासवादी पद्धतिलाई चुस्तदुरुस्त राख्न सक्नुपर्छ ।

समृद्धिका लागि अब शिक्षा र स्वास्थ्यमा निजीकरणलाई रोकौं । गुणस्तरीय सम्पादन पद्धतिमा दण्ड र पुरस्कारको सबल नीति बनाऔं । हो, गुणस्तरीय विकासमा निजीकरणले बढी भूमिका खेलेको छ तर जनताको स्तरलाई वर्गीय खाडलमा जाक्ने काम पनि भइरहेको छ । फलतः अर्को पुस्ता पनि वर्गीय खाडलभित्र फस्ने भय जन्मिरहन्छ । हाम्रो देशमा त नेपालीपन मिसिएको समाजवाद आवश्यक छ । यसमा विकास हुँदा समाजको न्याय र मानवताको सम्बन्धको विनास हुनुहुँदैन ।

त्यो कदापि यथास्थितिवाद होइन, त्यो नेपालीपनको समाजवाद हुनेछ । यहाँ राष्ट्रिय स्वार्थको अठोट हुन्छ र यस्तै नेतृत्वको अपेक्षामा अब नेपाली जनताले स्वीकार कि बहिष्कार भन्ने निर्णय लिन सक्नुपर्ने देखिन्छ । अर्थात्, हामीले हाम्रो नेपालीपनको समाजवादलाई सोचेनौं भने त्यो भोलिको पुस्ताका लागि पनि ठूलो भुल हुन सक्छ । मूलतः एसिया महादेशभित्रका नेपालजस्ता मुलुकले मौजुदा युवापुस्ताको दक्षतालाई उपयोग गर्ने हो भने मात्रै व्यावहारिक विकासवादतर्पmको समृद्धि यात्रालाई पक्रन सक्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारको निर्णय
एम्बुलेन्स चालकलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक
पर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन
इंग्ल्यान्ड–पाकिस्तान सिरिज हुने दाबी
महाधिवेशन सार्दै कांग्रेस
दर्शक निदाउने चलचित्रलाई मौलिक भनिएको दीपकराजको आरोप

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी