बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न कठिन भइरहेको थियो तर अब भने स्थिति सहज बन्दै गएको छ तर यसलाई छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्छ । प्रतिस्थापन विधेयक सोमबार प्रतिनिधिसभाबाट पारित भएपछि मंगलबार राष्ट्रिय सभामा पेस गरिएको छ । यो पारित हुन समय लाग्ने देखिएको छ । पहिलेको बजेट निष्क्रिय बनाइएको र नयाँ बजेट कार्यान्वयनमा आउन समय लाग्ने भएकाले बजेट होलिडेको समस्या उत्पन्न हुन गएको थियो । राष्ट्रिय सभामा पेस भएको प्रतिस्थापन बजेट त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधिसभामा आउने प्रावधान रहेको छ । प्रतिनिधिसभाका सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेर प्रमाणीकरण भएपछि मात्र बजेट कार्यान्वयनमा आउनेछ । त्यसअवधिसम्म दैनिक कार्य सञ्चालनका लागि वर्तमान सरकारले संवैधानिक दायित्वबाहेकका अन्य क्षेत्रमा खर्च गर्न नपाउने प्रावधानले गर्दा दैनिक खर्चमा समस्या उत्पन्न भएको छ ।

बिरलै देखापर्ने बजेट होलिडे चलिरहेको समयमा राष्ट्र प्रमुखहरू, सरकारी सर्वोच्च निकायका प्रमुखहरू र संवैधानिक निकायका प्रमुखको सेवासुविधा भने चालू नै रहन्छ । यस अर्थमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य तथा संवैधानिक निकायका प्रमुख र पदाधिकारीको पारिश्रमिक र सेवासुविधा रोकिँदैन । योसँगै राष्ट्रपतिको प्रत्यक्ष अधिकार क्षेत्रभित्र पर्ने प्रदेश प्रमुखको पारिश्रमिक र सेवासुविधा तथा तिनको मातहतमा रहेका कार्यालयको प्रशासनिक खर्च पनि रोकिँदैन । बजेट होलिडेका कारण रोकिएका ३१ भदौपछि भएका सबै खर्चले भने बजेट विधेयक पारित हुनेबित्तिकै वैधानिकता पाउनेछन् । अघिल्लो सरकारले चालू आर्थिक वर्षमा ल्याएको अध्यादेश बजेटमा व्यवस्था गरिएको चालू खर्चमा केही कटौती गरी पुँजीगत खर्च बढाउँदै वर्तमान सरकारले प्रतिस्थापन विधेयक ल्याएको हो । बजेट होलिडेका अवधिमा वा बजेट पास नभएको अवस्थामा पनि संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम सरकारले निरन्तर खर्च गर्न भने पाउने व्यवस्था रहेको छ ।

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्नुपूर्व वर्तमान देउवा सरकारले घोषित बजेटको ३ प्रतिशतजति कार्यक्रम सञ्चालनमा ल्याएको थियो । त्यतिबेला प्रतिस्थापन विधेयक ल्याउने कुरा पनि निकै चलेको थियो । यसै क्रममा वर्तमान सरकारले २५ भदौमा प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरी सो विधेयक सोमबार प्रतिनिधिसभाबाट पारित गरेलगत्तै मंगलबार राष्ट्रिय सभामा पेस गरिसकेको छ । राष्ट्रिय सभामा यो पारित हुनेबित्तिकै सबै काम अघि बढ्ने देखिएको छ । तर, प्रतिनिधि सभामा होहल्लाकाबीच बजेट प्रतिस्थापन विधेयक पारित भइसकेकाले फेरि प्रतिनिधि सभामा गएपछि यो पारित हुन खासै समस्या छैन । यस कार्यमा अब प्रतिपक्षी दलले पनि कुनै प्रकारको अवरोध गर्नुहँुदैन किनकि बजेट व्यवस्थापन सिंगो मुलुकको सफलता र असफलतासँग समेत जोडिने भएकाले मुलुकमा संकट आउन नदिन सत्तापक्ष र प्रतिपक्षीले संवेदनशीलता अपनाउनैपर्छ । सत्तापक्षले पनि बजेट व्यवस्थापनका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ भने प्रतिपक्षी दलले यस्तो संवेदनशील विषयमा कुनै प्रकारको भाँजो हाल्नुहँुदैन ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – २ साउन
फौजी कीराको प्रकोपले बसन्ते मकै नष्ट
भक्तपुरका अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली
पूर्खाको विरासत थाम्न खुट्टा नकमाऔं
प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी
रिचार्लीसनको ह्याट्रिक

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी